अब त परदेशी भईएछ

अब त परदेशी भईएछ

अब त बिरानो भइएछ
देश दूखे पनी मन नदुख्ने भएछ
काडै बिझेपनी नघोच्ने भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त टाढा को भईएछ
आशुं ले डाडा भीजे पनी आँखा ओभानो रहेछ
ठेसै लागेर लडे पनी आईयाsss नहुने भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त बैगुनी भइएछ
आगै लागे पनी ओ ssहो ss नपोल्ने भएछ
भेलै पसे पनी नडुब्ने भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त निस्ठुरी भईएछ
माया को फूलै फुले पनी नफक्र्ने भएछ
सारा बगैचा मा खडेरी लागेपनी केही नसुक्ने भएछ
दुइचार बर्ष गर्दा गर्दै अब त परदेशी भईएछ

साच्चै परदेशी भईएछ
देश ले सम्झे पनी आफुले बिर्सिएछ
डर र त्राश को खेल ले मन तेसै तर्सिएछ
दुई चार बर्ष गर्दा गर्दै सारा शरीर नमिठो गरी परदेशिएछ
साच्चै अब त परदेशी भईएछ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s