अरु के नै माग्या’ छु र

अरु के नै माग्या’ छु र!
@ Sahadev Poudel

जिन्दगी देखि थाकेको बेला,
तिम्रो छातिमा बिश्राम खोजेको हु.
आंशुहरुको आगमन हुदा,
तिम्रो अंगालो रोजेको हु
हारहरूले लखेटी रहदा ,
तिमी संग गुहार मागेको हु
“अरु त के नै माग्या’ छु र!

सफलताले ताली बजाउदा
तिमीसंगै मुस्कुराउन खोजेको हु
जितहरूले माला लगाईदिदा ,
तिमी संगै गीत गाउन चाहेको हु
दुनियाले शोध खोज गर्दा,
तिमीलाई आफ्नै भनी चिनाउन खोजेको हु
“अरु त के नै खोज्या छू र!

सपनीको कुरा गर्दा
तिम्रो स्पर्स नछुटोस भनेको हु
एक बार जिन्दगीमा
तिम्रो माया नगुमोस भनेको हु
हर रात तिम्रा हातहरु मेरो सिरानी बनोस भनेको हु
“अरु त के नै भन्या छु र!

जिन्दगी देखि थाकेको बेला,
तिम्रो छातीमा बिश्राम खोजेको हु
रात बीत्न लागी सक्यो जिन्दगीको,
खाली तिम्रो मनमा जीबन भरको बास मात्र मागेको हु
‘अरु त के नै माग्या ‘ छु र

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s