ओबामासंगको मेरो भेट

ओबामासंगको मेरो भेट
सहदेब पौडेल

न्यूयोर्क

सन २००६ तिरकै कुरा हो ,अमेरिकाको राष्ट्रपति निर्वाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो वर्णको व्यक्ति निकै नै चर्चित थियो.टेलिभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोलि अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी राष्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो विदेशी साथीलाई सोधे.”यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ “?साथीले भन्यो “उ तिमी जस्तै हो”.मेरो साथीले बराक ओबामा “म जस्तै हो” भन्नुको अर्थ थियो युवा जोस जागर भएको ,
 
परिवर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको व्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन् ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका जीबनी,उनका पुस्तकहरू र दैनिक जसो हुने भाशणहरुलाई ध्यान दिएर सुन्न थाले….र बिस्तारै…. ओबामामा मैले आफूलाई देख्न थाले.. र म भित्र ओबामा देख्न थाले..वास्तवमा धेरै समानता थियो. अहिले त्यही व्यक्ति बाराक ओबामा अमेरिकाको राष्ट्रपति भएका छन्. विश्वको शक्तिशाली नेता बनेका छन् र म उनको सम्पूर्ण समर्थक बनी सकेको छु ,उनी मेरो प्रेरणा बनेका छन् र म मा उनको प्रभाव बढेको छ.तेसैले त जसरी भए पनि म बाराक ओबामालाई भेटन चाहन्थे.झन् उनी रास्ट्पति भएपछि त उनलाई भेटने र नजिक बसेर कुरा गर्ने उत्साह निकै नै बढेको थियो .सपथ ग्रहणको दिनमा जसरी पनि वॉशिंगटन पुग्छु भन्दा भन्दै पनि जान पाइएन.म यो नयाँ युगको नयाँ नेतालाई जसरी पनि भेट्छु. मैले दृढ निश्चय गरे र यो मेरो सपना भयो. तर कसरी भेट हुन सक्छ ? संसारका शक्तिशाली नेतालाई म जस्तो एउटा साधारण नेपालीले कसरी भेटन सक्छ?केही उपाए छ त? मैले कामना गरी रहे…उनको यो कार्यकालमा जसरी पनि भेटन पाऊ भनेर…
 
म उनको वेबसाइटको सुरुदेखिकै पाठक हु. हरेक दिन नयाँ नयाँ इमेल अथवा भिडिओहरु इमेलमा आई रहन्छ . यस्तैमा ओबामाको कार्यक्रमको बारेमा.एक दिन एउटा यस्तो इमेल आयो….ओबामाले राष्ट्रपति पद भार सम्हालेको उपलक्ष्यमा आफ्नो अनलाइनका पाठकहरू मध्ये १०० जनालाई व्हाइट हाउसमा भेट घाट गर्ने रे. र जसले चाडो इमेल मार्फ़त चाढै रेस्पोन्स गर्छ अर्थात् सुरुको सयजनाले यो मौका पाउने छ भन्ने इमेल रहेछ.मैले तुरुन्तै यो इमेलको रेस्पोन्स गरी हाले.करोडौ पाठक भएको यो साइटमा मेरो इमेल ले के मौका पाउला र….यो कुरा यत्तिकै भयो…..भोलि पल्ट बधाई भन्दै अर्को इमेल आई पुग्यो. खोलेर हेर्छु त मेरो नाम त्यो सय जनाको सूचीमा परेछ.ओ हो यो इमेल पाए पछि मेरो खुसीको सिमानै रहेन..राष्ट्रपति सँग भेट गर्ने दिनको निम्तो र मिति र समय सहित निमन्त्रणा पत्र हुलाक बाट आउदै छ रे….भने पछि त मेरो सारा शरीर खुसी ले नाच्न थाल्यो.अनेक थरी कल्पनाले म प्रफुलित भए.जे सोचेको थिय त्यही पुरा हुने भयो.मैले यो कुरा मेरो त्यही साथीलाई खुसी हुँदै सुनाए र भने म व्हाइट हाउस जादै छु राष्ट्रपतिलाई भेटन…सुरुमा उसले पत्याएन.. पछि निमन्त्रणा पत्र देखाए पछि उसले पत्यायो र के गर्ने होला…कस्तो लुगा लगाउने होला..कसरी हात मिलाउने होला जस्ता विषयमा मैले उ सँग छल फल गरे…उसलाई राष्ट्रपति मानेर मैले हात मिलाउने र छोटो कुरा गरेको जस्तो अभिनय पनि गरे..मेरो खुसीमा मेरो साथी झन् धेरै खुसी भयो.. पहिलो कुरा त के लगाएर जाने होला भनेर सोचे…राम्रो कोट किन्नु पर्ला र कोट र पाइंट नै लगाउनु पर्ला जस्तो लाग्यो तर दोस्रो बिचार आयो यो म सँग जोडिएको कुरा हो…म सँग मेरो देश नेपाल जोडिएको छ… नेपाली पन देखाउने मौका पनि त हो नि यो अन्तररास्ट्रीय स्थरमा . नेपाल छाडदा बोकेर आएको दौरा सुरुलाई सम्झिए .निकै राम्रो थियो…ढाका टोपी पनि थियो..कोट चाही नयाँ किन्नु पर्ने भयो दौराको रङ्ग सँग मिलने… यी सबै तयारी एकै दिनमा सकेर म राष्ट्रपति भेटन उग्र प्रतीक्षामा बसे .
 
भोलि पल्टै व्हाइट हाउसबाट सहभागीहरुलाई लिन लिमो कार आउने कार्यक्रम थियो. म सम्पूर्ण तयारीका साथ बसे…. साथीलाई फ़ोन गरे र उसले “good luck” भन्दै भन्यो be your self and don’t be so excited. मैले thank you भन्दै फ़ोन राखे… तल सडकमा लिमो कार आएको ख़बर आयो म मेरो डिजीटल कैमरा फोन र राष्ट्रपतिको लागी उपहार बोकेर लिमो चढे..ओ हो यो छ्ण मेरो जीवनको महत्त्व पूर्ण छ्ण थियो.जे जे अहिले भई रहेको थियो यो सबै मेरो जीवनमा पहिलो पटक हुँदै थियो. म खुसी र उत्साहले प्रफुलित थिए…लिमो कार बिस्तारै व्हाइट हाउस तीर बढ्यो.कारमा भएका विशेष सुरक्षा कर्मीहरुले मेरो उत्साह सजिलै पढे. र सोधे यो हात को के हो? मैले भने “यो राष्ट्रपति को लगी उपहार हो”. उनीहरूले मलाई कैमेरा र सेल फ़ोन लिएर जान नमिल्ने कुरा येसैबेला बताए. अब के गर्नु आफ्नै कैमेराले राष्ट्रपतिको फोटो खिचौला भनेको कस्तो नमज्जा हुने भो…तर केही छैन त्यही व्हाइट हाउसका फोटो ग्राफरले हाम्रो फोटो त खिचिदी हाल्छ्न होला नि भन्ने सोचे .लिमो कार व्हाइट हाउस नजिकैको राष्ट्रपति निवासमा रोकियो. त्यहा म जस्ता ९९ थरी व्यक्तिहरू एक दमै उत्साहित भएर बसी रहेका रहेछन्.
 
म लिमो बाट ओर्लने बित्तिकै सबैले पहिला मेरो ढाका टोपी र मेरो लवाई हेर्दै मेरो अनुहार हेरे.मैले सबैलाई मन्द मुस्कानका साथ हेरे. यो भिडमा त बाल बालिका,ब्रृद्द, महिला, युवा सबैको उत्तिकै सहभागिता रहेछ. त्यति मात्र कहा हो र? उपस्थित अनुहारहरु कोही कोरियन,चाइनीज , भारतीय,अफगानी,ईरानी,इराकी, प्यालेस्टैनी,इजराइली , मेक्सिकन सबै थिए…म विश्वको बहु भाषी बहु सांस्क्रृतिक सहरमा बसेकोले उनीहरूको घर देश ठम्याउन गाह्रो भएन….यी सबैले आफ़्नो घर देशको परिचय दिने पोशाक लगाएका थिए..आफ्नो अनुहार कालो बुर्काले छोपेकी महिलासंग मेरो आँखा जुध्यो र हेल्लो भन्दै परिचय गरे. उनको नाम त बिर्से तर उनी हालसालै प्यालेस्टाईनको गाजांबाट अमेरिका शरणमा आइपुगेकी रहिछन आफ्नो जिउ ज्यान जोगाउदै.उनको आखामा परिवार र देश घर गुमाएको भाव सजिलै पढ्न सकिन्थ्यो . उनी मसँग धेरै बोल्न चाहिनन .त्यसपछि म अलि बढी उमेर देखिने दारी जुँगा पनि नकाटेको अलि मैलो मैलो देखिने कम्बल जस्तो गम्लन्ग ओडेर बसेको मान्छेको छेउमा गएर हेल्लो भन्दै मेरो नाम बताए….उसले पनि आफ्नो नाम र देश बतायो. उ अफगानी रहेछ. उसले युद्धमा आफ्नो घर परिवार सबै गुमाएको रहेछ…अहिले बाराक ओबामालाई भेटेर येस्तै घटना अर्को परिवारलाई नहोस भन्न आएको रे! अर्को एउटा मान्छे म सँग how are u भन्दै हात मिलाउन आई पुग्यो मैले हात मिलाए र मैले उसको नाम र देश सोधे उ इराकी रहेछ मलाई उसँग धेरै कुरा गर्न मन लागेन. तर उ भने म सँग कुरा निकै गर्न उत्सुक जस्तो देखिथ्यो. मलाई त्यही घटनाको यहाँ सम्झना भयो…..जुन तपाईँ कालो दिन भनेर सम्झनु हुन्छ . उ सँग मलाई कुरा गर्न मन लागेन. त्यही भीड़मा एक बुवा आफ्नी घाइते छोरी बोकेर उभी रहेका रहेछन् आत्मघाती बम हमलामा अनाहक परेको रे पकिस्तान मा ! आफ्नो सानो अनुहार सेतो बुर्काले छोपेकी र आफूलाई ईरानी बताउने एक बालिका हातमा सेतो गुलाबको फुल बोकेर उभिरहेकी थिइन. अन्य व्यक्तिहरूमा अमेरिकन युवा युबतीहरु हातमा कागज पत्र र फाइलहरु र बोकेर उभी रहेका थिए भने रोगी र बृद्दहरु व्हील चियरमा बसी रहेका थिए. . मैले यो बाहिर उभिएको समयको राम्रै सँग सदुपयोग गरे.अहिले यहाँ भेट भएका धेरै व्यक्तिहरूको सम्पर्क ठेगाना केही टिप्न पाईएन किन भने हामीलाई कापी कलम केही लान दिएको थिएन….सम्झना भयो त केवल यी सबैको देश र परिवेश. लाग्थ्यो यी सबै सँग ओबामालाई सुनाउने धेरै कुराहरू थिए…हामी सबै उत्साहको साथ राष्ट्रपतिलाई भेटन पर्खि रहेका थियौ….
 
अबको केही मिनेट्मै बैठक कोठाको ढोका खुल्ने छ र हाम्रो भेट हुने छ आशाको साथ उदाएका ओबामासंग. बिस्तारै बैठक कोठाको ढोका खुल्यो राष्ट्रपति ओबामा स्वयम् ढोकाबाट निस्केर सबैलाई अगाडि आउन आग्रह गरे.हामी बिस्तारै लाममा बसेर अगाडी बढेऔ. राष्ट्रपतिले हसिलो पाराले भने” यसलाई आफ्नै घर सम्झनु होला र एता उता घुम्नु होला तर केही पनि सामानहरू चलाउने र फ़ुटाउने चाही नगर्नु होला “.. अबको यो दृश्य मेरो मानस पटल सदा सर्बदा रही रहने छ मेरो पालो आयो म मुसुक्क हास्दै…मैले बर्षौ देखि देखेको चिनेको जस्तो मेरो मिल्ने साथी सँग भेट्न अगाडि बढे झैँ … एउटा साधारण देखिने तर महत्त्व पूर्ण मान्छे अमेरिकाको राष्ट्रपति सँग अत्यन्त आत्मियताका साथ हात मिलाए . उनले पनि मलाई बर्षौ देखि जानेको चिनेको जस्तै गरी हात मिलाउदै भने how are you buddy ?मैले i am doing great .. we all are doing great भने..त्तेत्तिनै बेला उनले मेरो टोपी प्रति इंगित गर्दै भने “nice hat ” मैले thank you भने र i have gift for you भनेर आफ़्नो उपहार अगाडि राखे…मेरो उपहार थियो त्यही ढाका टोपी! मैले टोपी दिदै भने यो सम्पूर्ण नेपालीको तर्फ़बाट तपाईँलाई बधाई स्वरूप उपहार… म तपाईँलाई टोपी लाइदिन दिन चाहन्छु भने र उनले सहर्ष स्वीकार गरे र मैले टोपी लागाई दिए…र तुरुन्तै उपस्थित फोटोग्राफरहरुले हाम्रो फोटो पनि खिचिदिए… यो बिचमा उनले मेरो बारेमा भन्दा पनि नेपालको बारेमा सोधे..कस्तो छ आज भोलि भनेर…मैले भने…राम्रो हुँदै छ…पहिले जस्तो युद्ध छैन तर पनि जनताहरुको अनेकौ बहानामा अपहरण र हत्या भई रहेछ..तपाईँले जस्तो परिवर्तन र आशाको सञ्चार कसैले गर्न सकिरहेको छैन……नेताहरू देश कमजोर बनाएर पार्टी बलियो बनाउदै छन्… लेख्ने र बोल्नेहरुले अझै पनि डराई डराई लेख्नु परी रहेको छ… आदि आदि. यो २/३ मेनेटको समयमा मैले के के भने के के ! तर यही बिचमा ओबामालाई एक पटक नेपाल आउन निमन्त्रणा दिन भने भुलिन .मेरो निमंत्रणा सहर्ष स्वीकार गर्दै उनले हुन्छ पनि भने ..मेरो खुसीको सात समुन्द्र पारी पुग्यो …सात माहादेश डुल्यो मेरो खुसीले ..यो मेरो लागी मात्र होइन एक नेपाली भएकोले यो सम्पूर्ण नेपालको गर्वको कुरा थियो…मेरो खुसीको कुनै देश थिएन…. म अगाडी बढे..छेउमा फर्स्ट लेडी मिसाइल ओबामा र छोरीहरू हातमा डिजीटल कैमरा बोकेर उभीरहेका थिए…मैले फर्स्ट लेडी मिसाइल सँग पनि हात मिलाए र छोरीहरुलाई हेल्लो गरे….ओ हो मेरो सुद्धि!! मैले फर्स्ट लेडीलाई उपहार लान भुसुक्कै बिर्से छु…कम से कम एउटा पस्निमाको सल मात्र लिएर गएको भए पनि कस्तो राम्रो हुन्थो …के गर्नु यसरी उपहार लिएर जाने संस्कार बिस्तारै सिक्दै छु…तर मैले केही उपहार नदिए पनि उनको मन्द मुस्कानमा कुनै कमी थिएन…..उनी thank you for coming भन्दै सबैलाई ककटेल लाउन्ज तीर जान आग्रह गर्दै थिइन …
 
म विभिन्न कुराहरू मनमा खेलाउदै र त्यो ठुलो बैठक कोठाको दृश्यहरू हेर्दै अगडि बढे….र कल्पिये… .म एउटा साधारण मान्छेले आज अमेरिकाको राष्ट्रपतिलाई भेटन पाए….मेरो खुसीमा सारा नेपालीहरू कति खुसी र गर्बित भए होलान्….ओबामाले ढाका टोपी लगाएर म सँग खिचेको फोटो भोलि सारा पत्र पत्रिका, टी भि सबै तीर आउछ होला….कतिले मेरो अन्तर्बाता पनि लिन्छन होला..नेपाल सरकारले पनि सम्पर्क गरेर के के सोध्छन होला…..ओ हो म त कति महत्त्वपूर्ण व्यक्ति हुने छु.यस्तै कुरा मनमा खेलाउदै म बिस्तारै ककटेल लाउन्जमा पुगे जहा थरी थरीका पिय पदार्थ र स्नायाक्सहरु थियो. सफा र सुन्दर टेबल कुर्सीले कोठा सजिसजाऊ थियो….. साधारण भेटघाट सकिए पछि सबै ककटेल लाउन्जमा जम्मा भए …राष्ट्रपति पनि आई पुगे र सबैलाई यसरी भेटन पाएकोमा र सबैले आफ्नो समय निकालेर भेटन आएकोमा धन्यवाद भने.स्याम्पेन्को ग्लास समाउदै! म पनि उत्साहित हुँदै स्याम्पेनको ग्लास समाते………..
 
. …………तर दुर्भाग्य बस मेरो हातबाट स्याम्पेनको ग्लास चिप्लियो र भुईमा ठुलो आवाज निकाल्दै झ्यारम्मssss फुट्यो…….. …….. म झसंग भएर बिउझिए… यती खेर मेरो अलार्म घडीमा बिहान ५ बजेको घन्टी एक सुरले बजी रहेको थियो…………..
 
सहदेब पौडेल, न्यु योर्क
Advertisements

One thought on “ओबामासंगको मेरो भेट

  1. Reblogged this on Sahad3vision and commented:

    आज अमेरिकाको रास्ट्रपति बराक ओबामा दोश्रो कार्यकालको सपथ लिदै हुनुहुन्छ। करिब चार बर्ष जस्तो अगाडी पहिले पटक रास्ट्रपति निर्बाचित भए पछि मैले “ओबामा संग मेरो भेट” शिर्षकको यो लेख लेखेको थिए।यतिखेर म उहाको दोश्रो कार्यकालको सपथ हेर्दै यो लेख पुन:पढ्दै नपढ्नु भएकाहरुको लागि यहाँ “Share” गर्दै छु।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s