प्लेब्याकका सहदेव

प्लेब्याकका सहदेव

नेपाली रङ्गमञ्चमा ‘५० को दशकलाई अध्ययनशील पुस् ता आगमनको दशक मानिन्छ । झन्डै सुतिरहेको रङ्गमञ्चलाई यस दशकको आरम्भदेखि नै ब्यँूताउने रङ्गकर्मीहरूमध्ये पर्छन्, सहदेव पौडेल, २७ ।

२०५२ सालमा सांस्कृतिक संस् थानमा नाटकको प्रशिक्षण लिँदा सहदेवले सोचेकासम्म पनि थिएनन्, थिएटरले एक दिन उनलाई अमेरकिाको ‘स्कुल अफ प्लेब्याक थिएटर न्युयोर्क’ सम्म पुर्‍याउला भनेर । अमेरकिामा अध्ययनरत सहदेव पछिल्लोपटक बिदाको समयमा नेपाल आउँदा सान, हातेमालो, पम्पकिनलगायतका नाट्यसंस्थाका झन्डै ५० जना रङ्गकर्मीहरूलाई प्रशिक्षण दिए । साथै, पीपलबोट प्लेब्याक थिएटर स् थापना पनि गरे । भन्छन्, “प्लेब्याक थिएटरमा दर्शकको कथा सुनी तत्कालै नाटक प्रस्तुत हुन्छ, जसले दर्शकको व्यक्तिगत कथालाई सम्मान गर्छ र आँशु रङ्गकर्मलाई प्रोत्साहन गर्छ ।”

सहदेवले नाचघरका केही साथीसँग मिलेर ०५३ सालमा आख्यान नाट्य समूह पनि खोलेका थिए । आख्यान समूहबाट उनले गोविन्द गोठालेको भोको घर, बालकृष्ण समको ऊ मरेकी छैन, रणदुल्लभ, प्रह्लाद लगायतका नाटकहरू गरे । सुरुवाती दिनमा उनले रेडियो सगर माथा मा लामो समयसम्म बालकार्यक्रम पनि चलाए । होटल बज्रस् िथत स्टुडियो सेभेनका अङ्गे्रजी नाटक मिलारेपा, पञ्चतन्त्र र महाभारत मा पनि अभिनय गर्न भ्याए ।

सहदेवलाई अमेरकिामा रहँदा त्यहाँ पलायन भएका धेरैजसो नेपाली कलाकारहरूले नेपालबाट थिएटर पढ्न आएको भनेपछि अनौठो मान्छन् रे ! भन्छन्, “धेरैजसो मलाई थिएटर छोडेर कमाउनतिर लाग पनि भन्छन् । तर, उनीहरूलाई आफ्नो उद्देश्य पैसा कमाउनुभन्दा पनि विभिन्न ठाउँहरूमा रङ्गमञ्चसम्बन्धी कामहरू ख्ाोज्नु हो भन्दा चकित पर्छन् ।”
News published on Nepal Weekly

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s