माटो र मन

–माटो र मन

By Sahadev

म मनको कुरा गर्छु.
तिमी माटोको कुरा गर्छौ,
समग्रमा हामी मन भित्र ,
माटो बोकी हिड्छौ !

म किनाराको कुरा गर्छु.
तिमी छालहरुको कुरा गर्छौ.
त्यहि हजारौ छाल भित्र,
हामी आफुलाई खोज्छौ!

हामी जीबनको कुरा गर्छौ.
जीबन भित्रको जीबन खोतल्छौ
र त रुख,पात,बतास हुदै
पहाड़ भित्र बिलीन हुन्छौ.
अनि कहिले सागर मन लिएर
छाल बन्दै उन्मुक्तिको बाटो नाप्छौ,
र फेरी मन भित्रको माटो खोज्छौ!

म स्वतन्त्रताको कुरा गर्छु,
तिमी उडी हिड्ने कुरा गर्छौ.
र त्यही स्वतन्त्रता र उडी हिड्ने रहरले,
छाल बन्दै फेरी किनारामा ठोकिन्छौ!

म जीबन संघर्षको शृंखला थप्छु
तिमी भावनाले आँशु खसाली मन पखाल्छौ,
र आफुलाई त्यहि भब सागरमा मिसाउछौ
अनी छाल बन्दै फेरी उन्मुक्तिको बाटो खोज्छौ !
यहाँ,सागर र मन,मन र माटो,
तिमी र म
सबै एकै हुन!
कोही कोही किनारा सम्मको यात्रा तय गर्छन,
र किनारमा भिज्दै सुक्दै गरेको बालुवामा
पानी हराए जस्तै बिलीन हुन्छन्!
अनि थोरै कोही किनारा भन्दा बाहिरी संसारको कल्पना गर्छन,
र बादल बर्षा बनी निश्चल आकाश बाट झर्दै
धर्तिमा बिलीन हुन्छन् …..
र माटोमा मन बिसाउछन !!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s