मेरो प्यारो अमेरिका

मेरो प्यारो अमेरिका

तिम्रा ठुला ठुला भवनहरुमा
तिम्रा फराकिलो सडकहरुमा
तिम्रै रुखो बछ्यस्थलमा
यो नेपालीको यौबन काल बित्यो
काम गर्यो, खायो, मर्यो मोज् गर्यो
मेरो प्यारो अ्मेरिका

जब म चडेर रैल् र बस्
सैर् गर्छु म्यानह्ययाटन अनि सेन्ट्रल् पार्क्
स्वप गगनमा छन् चिन्ताको जल्
एक्लै बस्दा बग्छ आशुको भल्
सुख स्मृति अनि डलर् बर्सन्छ रिमझिम
मेरो प्यारो अ्मेरिका

कालि,मेक्सिकन् अनि चाईनिज केटीको आँचल पक्री
मैले कति खोजि’ रहेछु मेरी मायालु
सपना चुस्नेहरू उफृ उफृ
होमलेस्स् ,लफङगा अनि ज्यानमाराहरू हल्लि हल्लि
आतंक छर्छन् बादि’हरु
मेरो प्यारो अ्मेरिका

ति अबिरल् परिश्रमी हात अनि बुद्धिहरु
थाके पनि नथाकेको जस्तो गर्नु पर्ने शरीर
एउट कुनाबाट आर्को कुनामा,
एउट ठाउबाट अर्को ठाउमा खोज्दै छु
म मेरो सपना
मेरो प्यारो अ्मेरिका

हड्सन् रिभर् त्यो लेडि लिबर्टि
त्यो एम्पैयेर स्टेट बिल्डिंग अनि त्यो कोनि आइलैंड
तर मेरो हृदयमा नेपालको चित्र
आइ रहन्छ हरदम पबित्र

भाग्य लहरमा लहरि लहरि
आइपुगे म यस् गजब थलमा कसरि
तर खेद् छैन् तिम्रो आकृति
लेखिएको छ यो भाग्य भरि
मेरो प्यारो अ्मेरिका
by Sahadev Poudel at http://www.nepaliradio.org

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s