मेरो बिम्ब-मेरो प्रतिबिम्ब

मेरो बिम्ब-मेरो प्रतिबिम्ब !

ओ हो !
आज म के देख्दै छू!
मेरो बिम्ब-मेरो प्रतिबिम्ब !
दूर दर्शी मेरा आँखाहरु,
जस्तै कोलाहल र चिच्चाहट सुन्ने मेरा कानहरु,
संघर्षको मौसममा एक्लै पाहड चढेका मेरा पैतालाहरू,
दुख सुख चपाउने मेरा दातहरू,
भाग्यमानी भनिएका मेरा निधारहरू,
यौबनले भरिएका मेरा सुडौला पाखुराहरू
संसार जित्नु छ भन्ने मेरा बल र उत्साहहरू!
ओ हो !
आज यी सबै डाडापारिका घाम भएछन!
सपना पनि चाउरिएछ!
सम्झनाहरु पनि बिर्सिएछ!
साथहरु पनी छुटेछ!

हजारौका हात बनेको म,
मेरो साथ बनेको छ एउटा नीरस लौरो..
जो न सुन्छ…न बोल्छ..
तर म संगै बगि रहेछ!
कस्तो स्वार्थी भएछ संसार!
म अझै बाटो हेरी बस्छु
कान थापी सुन्छु
सायद कोही आउलान..र
जीबन रूपी लौरो बनी देलान!

धेरै उकाली ओराली गर्नु छ अझै..
मलाई त्यो डाडा परिको घाम हुनु छैन!
के तिमी सक्छौ मलाई मध्यदिनको जोबन दिन?
सायद सक्दैनौ होला!
सक्दैनौ भने के ही छैन ….
म डाडा परिको घामनै सही!
जुन दिन म अस्ताउला ..
हरेक साँझ तारा बनेरै भएपनी
तिम्रो आकाशमाथि चम्की रहनेछु र
सकेको उजेलो मेरो धर्तीमाथि फिजाईरहने छु..
फिजाईरहने छु…….

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s