मेरो मकवानपुर

मेरो मकवानपुर!
मेरो मकवानपुर!!
मेरो प्यारो प्यारो मकवानपुर!!!

कहिले दामन पालुंगको डाडोमा गएर शान्ति खोज्दो हो,
गढीको उकालोमा दिन भर पसिना बगाउदो हो,
फापरबारिको फाटभरी आशाको बिऊ छर्दो हो,
चेपांग र प्रजा गाऊ पुग्न सकिएन भन्दो हो ,
तर सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

मक्रानचुलि र सामरीको भन्ज्याङ्ग भन्ज्याङ्ग चहार्दो हो,
माइला काजि र तारा प्रसादहरुको कथा ब्यथा पनि सुन्दो हो,
चमेली दिदिको सफलता सबैलाई सुनाउदो हो
गाऊ गाऊबाट उठ गीत मिली जुली गुन गुनाउदो हो
तर सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

रातोमाटेमा बगेको रगत उसलाई पनि दुख्दो हो,
शहिद स्मारक गएर शहीदको सपना खोज्दो हो,
रानीबनकी चरीसंग साइनो पनि त गास्दो हो,
हुप्राको चौर होस वा तराईको गौर सबैलाई आफ्नै छातीमा स्वागत गर्दो हो
तर सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

अनिल , अनन्त, बिशे संगै कतार मलेसिया पुग्दो हो
ठूला ठूला देश पुगेकाहरु संग ठुलै आशा गर्दो हो ,
गाऊ घर छाड़ी जानेलाई नजाउ पनि त भन्दो हो
तर सबैले माया मारेको देख्दा उसको मन धुरु धुरु रुदो हो

भुटनदेबी र चुरियामाई संग हाम्रो सुरक्षाको भाकल पनि गर्दो हो,
पिपलबोटमा दिन भरी पर्खेर बस्दो हो,
राप्ती खोलामा कत्ति दुःख पीडा पखाल्दो हो ,
पदम् पोखरी होस वा हेटौडाबजार सबै तीर डुलेर सोध्दो हो,
कहिले आउला परदेशी भनि आँखा तन्काउदो हो ,
तर सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

मेरो मकवानपुर!
मेरो मकवानपुर!!
मेरो प्यारो प्यारो मकवानपुर!!!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s