म गोरु! हामी गोरु!!

म गोरु! हामी गोरु!!

फोन बास्छ घडी बास्छ,
उजेलो हुन न्पाउदै कुखुरि काsssआ भने जस्तो गर्छ!
बटुवाहरु ट्या ट्या टु टु कराउछन्,
आखा मिच्दै आंग तान्दै म जर्याक जुरुक उठ्छु
नुवाइ धौवाइ गर्नु पर्यो भनि म कुवा पन्धेरा तिर लाग्छु
थाकेका गोरु गाई बाख्रा बाख्री पर्खि रहेको देख्छु
म खेतमा जान हतारिन्छु …घोडा जस्तो दौड्न्छु.

र एकबिहानै मेलोमा पुग्छु।।
हाइ हेल्लो गर्छु

मन निराश भए पनि

ओठका दुई छेउलाई बारम्बार तन्काउछु
ज्यानलाई सन्चै छ भन्छु।
यता दौड्न्छु उता दौडन्छु।
म दाइ गरिरहन्छु,

पराल जस्तो चुइगम च्पाउछु।
घास् सालद खन्छु।
लुकिछिपि कुना काप्चामा जिउ बिसाऊछु
लामो श्वास फेर्छु
फेरी दौडन्छु.
घडी दौडया जस्तै म दौडि रहन्छु!

म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा अघि
लुखुर लुखुर गोठ तिर लम्कन्छु
यात्रा भरि म थाकेको गोरु गधाहरु लाई भेट्छु
लखतरान परेक हरुको दिन सम्झन्छु
साढे झै बुरुक बुरुक उफ्रदै मातिदै
बाटमा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु
म गोठ पुग्छु।।।

गोठ मा म थाकेको आरु गोरुहरुको रमिता देख्छु।।
गोरुहरु गोरुहरुको जात्र पर्बमा रमेएको देख्छु
म एकै छिन आज को ज्याला गन्छु।।
भोलि को घडी हेर्छु।।
एकै छिन देश बिदेशको रमिता हेर्छु साथीहरुको चर्तिकला पढछु।
हेर्दा हेर्दै म भुसुक्क निदौछु ।।
बारम्बार म झुकिन्छु कुखुरा बास्यो स्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर
म भुसुक्क निदाउछु ।।
थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।

By Sahadev

New York

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s