कता परयो

नेपाल बन्दमा फस्यो की,
हुलदंगामा पो परयो?!
खडेरीले सुक्यो की,
न बाढी पहिरोमा पो बग्यो?!

मनबार छाड़ी बसाई सर्यो की,
बेमौशममै झरयो?!
डडेलोमा डड्यो की ,
न हावा हुन्नरी संगै उडयो?!

कतै ग्रहणले छेक्यो की,
न रावणले पो हरयो?
एउटा शान्तिको फूल फूलेको थियो,
लौन कता परयो परयो?

By सहदेव
New York City,
July28th

Leave a comment