रित्ता बट्टाहरु

रित्ता बट्टाहरु
अस्ति घर आउदा म भरी थिए
तिनीहरूले जतन गरी राखे!
खसेर म फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की,
म भित्रको “म” पोखिएला भनेर,
जतन गरी राखे!
एक दिन दुई दिन गर्दै ….
एक एक चम्चा ..एक एक मुठी म भित्रबाट झिकी रहे,
म रित्तिदै गए…खाली भए,
म त बट्टा न हु
तिनीहरूले फाली दिए,
अर्कैले उठायो!
राम्रो देख्यो,पुछ पाछ गर्यो
अनि आफ्नै रोजाईको “म ” भित्र राख्यो.
जतन गरी राख्यो.
खसेर फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की.
म भित्रको त्यों “म” पोखिएला की भनेर!
फेरी त्यसै गरी एक एक चम्चा..एक एक मुठी
म भित्र बाट झिकिरहे!
म रित्तिए ..म बट्टा न हु…तिनीहरूले फेरी फालिदिए..
यो क्रममा म कोत्रिए,कुचिए!
लाग्यो अब त जीबनमा प्वाल पारिदिउ
अनि कसैले केही राख्नै नसकोस !
तर रित्ता बट्टाहरुमा सानो प्वाल परे तिनीहरु प्वाल भन्दा ठुलो “म” राखी दिन्छन!
फेरी तेसै गरी सजाउछन रित्ता बट्टाहरु !
सायद रित्ता बाट्टाहरुको आफ्नो खुशी छैन!
आफ्नो पन छैन!
आफ्नो भन्ने त शुरुकै “तिनीहरूले”
एक एक गरी रित्ताई सके ,
अब त केबल कच्याक कुच्चुक हुनु छ.
थोत्रो हुनु छ…पुरानो हुनु छ…प्वाल पर्नु छ.
अनि मात्र तिनीहरूले आफ्नो “म” राख्न पाउने छैनन,
सजाउन पाउने छैनन् !
तर सुनेको छू…
रित्ता बट्टाहरु प्वालै परे पनि कच्याक कुच्चुक परे पनि
पुन प्रयोग गरिन्छ रे….नया बनाईन्छ रे!
र फेरी भरी पूर्ण गरेर जतन साथ नरित्तिउनजेल सजाइन्छन रे!
रित्ता बट्टाहरु !

Leave a comment