ढोका खुल्लै छ ..आए हुन्छ

ढोका खुल्लै छ ..आए हुन्छ

ढोका खुल्लै छ,आए हुन्छ,
मायाको  डिलमा,एकछिन सुस्ताए हुन्छ,
गीतहरु छन डायरीको ,
गुनगुनाए  हुन्छ ,
तस्बीरहरु आँखामा,
खेलाए हुन्छ,
हार्मोनिका छ ओठमा,
बजाए हुन्छ!
ढोका खुल्लै छ,अब आए हुन्छ !

थाकेकी हौली,
ज्यान एक छिन बिसाए हुन्छ..
भोक तिर्खा भए,
केही पकाए हुन्छ,
अप्ठेरो मान्नु पर्दैन,
अब मन फुकाए हुन्छ..
नभए सुस्केराले बोलाए हुन्छ..
एउटा कुनै बिन्दुमा,
बिलाउन मन छ भने,
के सोची रा’की?
मायाको आगो,
जलाए हुन्छ..
पिरतीको पानीले
भिजाए हुन्छ..
भित्र म छु..
भित्र कतै अब,
हराए हुन्छ!
*****

By Sahadev Poudel

New York City
July 1,2010

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s