छोटो कथा:क्षतिपूर्ति

छोटो कथा:क्षतिपूर्ति

युद्द निरन्तर चलिरहेछ|मर्नेहरु शहिद र मार्नेहरु बहादुरमा परिणत भै रहेछन र यी दृश्यहरु   हेरी रहेछन मानब अधिकार कर्मीहरु|सरकार मरिजानेहरुको नाममा क्षति पूर्ति दिन पनि पछी हटेको छैन| “गएको साता भएको हिंशामा ज्यान गुमाउनेहरुको परिवारले हालै क्षतिपुर्ति पाए” भनेर दैनिक पत्रिका,रेडियो र टेलिभिजनले ब्रेकिंग न्युज बजाई पनि  रहेका छन्||शान्ति,सुरक्षा र सुब्यबस्था  सबै देशका सबै सरकारको प्राथमिकतामा पनि परेको  छ| तर पनि युद्द जारी छ |हजुर बाको बा ले लड्नु  भो युद्द, हजुरबा ले आँखा अगाडी  देखु भो युद्द, बाले आगनमै भेट्नु भो युद्द,अहिले म भोगी  रहेछु युद्द|यसै क्रममा हिजो फेरी अर्को  भिडन्तमा परेर   ६ जनाको ज्यान गयो|सरकारले दुख मनाउ गर्यो,सरी भन्यो,अब त्यस्तो हुन्न भन्यो र यसपाली अलि थपेर क्षति पूर्ति प्रतिव्यक्ति २० लाख पुर्यायो|क्षति पूर्ति लिन आउनु पर्यो भनेर सरकारले सूचना पत्र पत्रिका  सबै तिर छाप्यो.. तर  क्षतिपुर्ति लिन कोहि  आएनन…किनभने हिजो  मर्ने सबै ६ जना एकै परिवारका थिए|

*******
सहदेव पौडेल,न्यु योर्क
Painting Allegory of war 1628
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s