Monthly Archives: April 2012

Nepali Film “Highway” Releasing on June 15

सम्भबत:इन्टरनेट सामाजिक संजालमा धेरै चर्चा भएको,सामाजिक संजाल कै सहयोगमा करिब ३० हजार डलर भन्दा धेरै सहयोग रकम जुटाउन सफल भएको नेपाली चलचित्र “हाइवे” जुन १५ मा सार्बजनिक प्रदर्शन हुदै छ|बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी  भए पछी केहि बिदेशी चलचित्र समीक्षकहरुको राम्रो समिक्षाबाट पनि झनै उचाईमा पुगेको “हाइवे” कस्तो होला देश विदेशका धेरै दर्शकहरु निकै उत्साहित छन|

चलचित्रको अर्को नया ट्रेलर हिजो मात्रै रिलिज भएको छ|कस्तो होला त “हाईवे” के होला त “हाइवे”मा  यी ट्रेलरहरु  हेरेर अनुमान गर्न सकिन्छ की?

हेर्नुहोस चलचित्रका दुई भिन्ना भिन्नै ट्रेलरहरु 
Advertisements

“Change We Can Believe In”

“Change we can Believe In” was President Barack Obama’s 2008 election slogan. But, I am not campaigning any election or writing about  it on this blog. I am simply posting two photos from the same location.And want to show you the change. Now,you have to determine  the change , Change we can believe in. By the way you may understand this in any form.

This is Bowling Green Park, Down Town New York City. The top photo I captured on April 5 and the second photo I clicked on April 24.
It’s all about season, rain and change-nothing stays permanent.

Photos/Words by Sahadev

Sahadev

प्यारी चुनमुनेको सम्झनामा

प्यारी चुनमुने,
तिमी हराए देखि मेरो मन एक तमासको भएको छ|तिमी थियौ र पो सब थियो,तिमी छैनौ सबैतिर बन्दै बन्द छ|
चुने ,तिमी हराएको अनुभब राती हतार हतार घरको ढोकामा पुगेपछी मात्र भो| सधै जसो छुनमुन गर्ने तिमी त्यतिखेर तिम्रो छुन मुन न सुन्दा म ट्रेनको ट्रयाकबाट खसे जस्तो भएँ| तिमी संग बिताएको अन्तिम क्षणहरु ब्रेकिंग न्युज जसरी मेरो मनमा खेल्न थाल्यो| बिहान देखि नै तिमी म संग थियौ,काम बाट म कलेज जादा सम्म पनि तिम्रो छुनमुनको मलाई सम्झना थियो| तिमी संग हातमा हात मिलाई हिडेको संझना ताजै थियो ……त्यस पछी सोचे तिमी कतै न्यानो कुनामा बसी रहेकी हौली!

ढोकामा उभिएर तिमीलाई सबै तिर खोजे , कुना काप्चा ,दाँया बाँया सबै तिर खोजे अह तिमी थिएनौ|तिमी नभए पछी त्यो अँधेरो रात झनै अँधेरो लाग्यो | तिमी बिना म घर भित्र कसरी प्रवेश गर्न सक्थे र !तिमी संग बिताएका सम्झना संग टोलाउदै म बाहिरै बाहिरै बसे | सोचे तिमी बिना मेरो जीबन कसरी अगाडी बढ्ला….ओ हो मेरो थकान,भोक, निन्द्रा सबै सबै हरायो चूनी!घन्टौ कुरे पछी मेरो रुम मेट साथी आई पुगे |मेरो अँधेरो अनुहार देखेर थाहा पाई हाले आज मैले केहि गुमाएको छु!कोठामा त छिरे तर तिमी थिएनौ|तिम्रो चुनमुन थिएन|मेरो बेडमा अल्झेर बस्ने तिम्रो बिझाइ थिएन! तिमी बिना मेरो यात्रा भोली देखि कसरी सुरु होला भन्ने कल्पनामा डुब्दा डुब्दै म त भुसुक्क निदाएछु |

मेरो मूल्य थियौ तिमी ,मेरो मेल बक्सको माली थियौ, घर कोठाको त सर्वस्व थियौ!बिहान निकै अप्ठेरो अनुभब गर्दै काममा पुगे! तिमी मेरो साथमा नभएको खबर साथी भाईले बुझी हाले|उनिहरुको सान्त्वनाले तिम्रो कमी पुरा गरेन|मलाई त तिम्रो खाचो थियो| निकै पिरलो चूनी तिम्रो सम्झनाले!
प्यारी चुनि , म दिन भर अल्मलि रहे | तनाब बढ्यो|तिमी कतै आई हाल्छौ कि भन्ने आशाको त्राण बाकी नै थियो तर केहि खबर आएन|बारम्बार मेरा हातहरु तिम्रो खोजीमा चली रहन्थे|

तिम्रो अनुहार सम्झी रहे..त्यो मेल बक्स खोल्न हतारिने चाँदी रंगको सानी तिमी!त्यो लामो लामो पातली तिमी मेरो सेफ्टी डिपोजिट बक्स कस्तो साबधानी साथ खोल्थ्यौ,कोठाको ढोका खोल्दा मलाई एक छिन अल मलाएर मिठो रिस उठाउने मोटी तिमी,मूल गेट खोल्दा उल्टो पाल्टो परेर मलाई दुख दिने तिमी !त्यो दुख नै कति प्यारो थियो!कहिले कहिँ तिम्रो रिसले मेरो फोनको सिसा कोर्दा पनि म कहिल्यै रिसाइन!तिमी यति बिस्वासिलो थियौकी पछि मैले तिम्रो कम्मरमा सानो पेन ड्राइभ पनि झुन्ड़ाई दिएको थिए |उफ्फ़ !अब त यी सम्झनाहरु कथा मात्र हुने भो प्रिय!

यतिका बर्ष बस उठ हुदा कहिल्यै तिम्रो एउटा तस्बिर खिच्ने पनि सुर आएन छ मलाई |कमसेकम तिम्रो तस्बिर मात्र हुदो हो त म फेसबुक, ट्वीटरमा साथीभाई लाई देखाउथे! सायद उनीहरुको सहानुभूतिले मन अलि शान्ति हुने थियो कि ! तर पनि केहि छैन तिम्रो सम्झनाको तस्बिर मेरो मुटु भरी छ!मेरी मुनी, तिमी जहाँ भए पनि जसरी रहे पनि यो कुरा बुझ कि तिमी मेरी हौ | म बिना तिम्रो र तिमी बिना मेरो संसार अधुरो हुन्छ, अपुरो हुन्छ|तिमी बिना मेरा सबै द्वारहरू बन्द छन|
तिमी जहाँ भए नि आउ, मेरो घरको द्वार बन्द भए पनि मनको ढोका खुल्लै छ !

आई लब यु चुनमुने, आई मिस यु!–
अनलक्की
(मेरी प्यारी चुनमुनेको सम्झनामा by Sahadev Poudel ,New York )

A Short Film-Fossils

Sahadevision Presentation: A Short Film-Fossils 

Featuring Saroj Aryal
Created by Sahadev+Saroj

The film was a part of “The Exquisite Film Festival”, New York. The festival was a showcase of experimental short films. Each film was ten minutes long created by three different filmmakers. Each filmmaker supposed to create 3 minute and 20 second film clips.


This is our 3 minute and 20 second story. (Almost 4min)
We love to tell stories and we won’t scare to experiment. 

Show you in next movie.
Thanks for watching!
Sahadevision,New York

श्रम शोषित/पिडित नेपालीहरु बोल्दै हुनुहुन्छ

रबिन कुमार बिश्वकर्माले न्यु योर्कको लंग आइल्याण्डमा रहेको “मसला ओक एण्ड ग्रिल” रेस्टुरेन्टमा “किचेन सहयोगी”को रुपमा काम सुरु गर्दा जती तलब दिन्छु भनेको थियो ,काम सुरु गरेको तिन हप्ता पछी , भने जति तलब नदिएको,काममा शोषण गरेको भन्दै रेस्टुरेन्टका संचालक ‘शिवजी पाठक र टोनी मल्लिक’ बिरुद्द न्यु योर्कको सर्बोच्च अदालतमा मुद्दा दर्ता गराउनु भयो|

रबिन जी जस्तै सयौ नेपालीहरु अमेरिकाको बिभिन्न शहरमा श्रम शोषणको शिकार भएको हुन सक्नु हुन्छ|आफ्नो अधिकारको लागी लड्नु पर्छ, कसैले काममा न्यूनतम भन्दा कम तलब दिन्छ,ओभर टाइम दिदैन,बिरामी बिदा दिदैन ,काममा दुख दिने,मुख छाड्ने, हेप्ने कसैले गर्छन भने त्यसको बिरुद्दमा बोल्न डराउनु हुदैन भन्ने उदाहरण रबिन जी ले दिनु भएको छ|

मंगलबार न्यु योर्क डेली न्यूजमा यस्तै अर्को समाचार प्रकासित भएको छ|समाचार अनुसार नेल एब ब्युटी सलुनमा काम गर्ने ५० भन्दा बढी नेपाली दिदी बहिनिहरुले न्यु योर्क शहरका नेल एब ब्युटी सलुनमा हुने श्रम शोषण,कम तलब र कम गर्ने थलोको सुरक्षाको सबालमा एक भएर आवाज उठाउनु भएको छ|उहाहरुको दबिएको आवाजलाई साथ दिएको छ अधिकारको लागी कार्यरत संस्था”अधिकार”ले|

आज भोली नेपाली ब्यबसायीहरुको व्यापार ब्यबसाय पनि बढ्दो छ|धेरैले रेस्टुरेन्ट,नेल सलुन,ग्रोसरी स्टोर,९९ सेन्ट को पसलहरु सुरु गर्नु भएको छ |मेरा केहि साथीहरु नेपालीले संचालन गरेको स्टोर,पसल र नेल सलुनमा काम पनि गर्नु हुन्छ र त्यहाँ नेपाली संचालक बाटै आफु शोषित भएको गुनासो गर्नु हुन्छ|बिरामी बिदा नपाउनु, ओभर टाइम नदिनु र होलिडेको पैसा नदिनु त सामान्य हो भन्नु हुन्छ|

जब सम्म हामी आफ्नै समुदायबाट शोषित र पिडित हुन्छौ,हामीले अरु समुदायबाट न्याय पाउने सम्मान पाउन झन् गार्हो हुन्छ|
के तपाईले आफुले गरेको काममा न्याय पाउनु भएको छ? के कस्तो छ काम को अवस्था? आफ्नो कथा हिमाली स्वरहरुलाई सुनाउनुहोस ..
हामी तपाईको आवाजलाई न्याय खोज्न प्रयोग गर्ने छौ|

By Sahadev
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

20120410-120640.jpg

खग्रास-कथा नया प्रस्तुति पुरानो

चलचित्र “खग्रास-यो अँधेरो कहिले सम्म”को समीक्षा
खग्रास-कथा नया प्रस्तुति पुरानो
सहदेव पौडेल,न्यु योर्क

गत बर्षको सुरुमा चलचित्र “काठमाडौँ ” हेरेको थिए न्यु योर्कमा|चलचित्र “काठमाडौँ”मा अमेरिकामा चलचित्र पढ्न आएको नेपाली युवक पढाई सकेर नेपाल फर्कन्छ र नेपालमा(काठमाडौँ) गए पछी उ बिभिन्न फिल्मी स्टायलको “हिरोत्मक”(Heroic) कामहरु गर्न सफल हुन्छ |चलचित्र बिसुद्द “मसला”ले भरी भराउ थियो| “काठमाडौँ” पछी हालै चलचित्र “खग्रास-यो अँधेरो कहिले सम्म” हेर्ने मौका मिल्यो|”खग्रास”मा पनि अमेरिकाबाट एक नेपाली युवक १७ बर्ष पछी नेपाल फर्कन्छ र गाउँ पुग्छ |कथा अनुसार उ सानै हुदा अमेरिकामा धर्म पुत्रको रुपमा आएको हुन्छ र एक दिन धर्म बुबाले जन्मदिनको उपहार स्वरूप नेपाल जाने टिकट दिन्छन| मन नहुदा नहुदै पनि उ नेपाल आइ पुग्छ र नेपालको राजनीतिक अवस्थाको शिकार बन्छ मानौ उ राजनीतिक “ग्रहण”को अँधेरोमा फस्छ तथापी उ गाउकै सेवा गर्ने र अमेरिका नफर्कने प्रण गर्छ|चलचित्रमा राष्ट्रबाद र देश प्रेमको प्रबचन धेरै हुनु ,प्रस्तुतिको शैली पुरातन हुनु र प्रमुख पात्रको “लाउजी”अभिनयले “खग्रास”लाई अलि अँधेरो बनाएको छ|

“नया नेपाली सिनेमा”को कुरा चर्चा चलीरहदा “बैकल्पिक सिनेमा नेपाल”को प्रस्तुति रहेको र शैलेश आचार्यले निर्देशन गर्नु भएको चलचित्र “खग्रास”ले कथामा नेपाली पन देखाउन खोजेको छ |नेपाली माटोको कथा बोकेको चलचित्रमा बसमा गाएको गीत सान्दर्भिक र ब्यबहारिक देखिन्छ तर परम्परागत चलचित्रका “हिरो हेरोइन”ले झैँ डांडा पाखा र खोलाको किनारमा कम्मर मर्काइ दिनाले मकै खादै चलचित्र हेरी रहदा ढुंगा टोक़े जस्तो हुन्छ |यस्तो फेन्टासीबाट मुक्त भएको चलचित्र मात्र सम्भबत:”नया नेपाली सिनेमा” हुन सक्छ|

नेपाली राजनीति,समाज र परिवेशको थुप्रै कथा छ खग्रासमा|दृश्य मार्फत निर्देशक काठमाडौँ र नेपालको आँखाले भ्याय सम्मका सबै जनजीबन देखाउने प्रयास गर्छन|विदेश जादै गरेका युवाहरुको समुह होस् ,राजनीतिक चन्दा आतंक,नेपाल बन्द,तथा कथित् क्रान्तिकारीहरुको आन्दोलन सबै जोडिएको हुन्छ १७ बर्ष पछी नेपाल फर्केको युवकको जिबनमा|
“खग्रास”को बारेमा सुन्दा र चलचित्रको पोस्टर हेर्दा लागेको थियो यो माओबादी युद्दकालको पृष्टभुमिमा आधारित छ|पोस्टरमा माओबादी युद्दकालमा मारिएका शिक्षक् “मुक्तिनाथ”को भूमिकामा अभिनय गर्नु भएका सुनिल पोखरेलको आवरण हुनुले यो चलचित्र सम्भबत:त्यहि सेरो फेरोमा होला भन्ने लागेको थियो तर चलचित्रको कथाले त्यो भन्दा पनि फराकिलो परिवेश समात्छ र प्रयोग भएका हत्या, हिंशा र पीडाका मार्मिक दृश्यहरुले दर्शकलाई भाबुक पनि बनाउछ!

प्रमुख पात्रको भूमिकामा संयोग पोखरेलको अभिनय अलि झ्याउ लाग्दो छ|नेपालमै काम गर्छु भन्ने उत्साह बोकेको पात्र अलि “स्लो” र निस्क्रिय जस्ता देखिन्छन|पात्रमा देखिनु पर्ने जिबन्तताको कमी छ| सम्भबत: निर्माताको छाप परेको हुन सक्छ| तर उनको नेपालको साथी बनेका अनिल पोख्रेलको अभिनय भने सजह र सरस छ |मुक्तिनाथको भूमिकामा सुनिल पोखरेलको उपस्थिति छोटो छ|उनको अभिनय भन्दा पनि दृश्यको गाभिर्यताले यो दृश्यलाई मार्मिक बनाएको छ|अन्य थुप्रै रंगकर्मीहरुको अभिनयले भने “खग्रास”लाई उजेलो बनाएको छ| अमेरिकी कलाकार एन्थोनी विलेटको नेपाल प्रेम र अभिनय उल्लेखनीय छ|

यो समिक्षा लेखि रहदा मलाई यात्रीहरुले बसमा गाएको “हामी नेपाली”बोलको गीत मात्र सम्झना आइरहेको छ|अन्य “रोमान्टिक”गीतहरुको जरुरी थिएन र एक बाल चित्रकारले नेपालको डाँडा,पाखा र नेपालको नक्सा बनाउदै गर्दा पृष्ट भूमिमा बजाएको गीतले फेरी देशप्रेमकै भावना दोहार्यौछ तर कथालाई कतै लादैन |न्यु:बज्राचार्यले संगीत दिनु भएका दुई संगीत कर्णप्रिय लाग्यो मलाई|

चलचित्रको अमेरिकामा(न्यु योर्क र डिसी वरपर) गरिएको छायांकन डकुमेन्ट्री जस्तो छ|

चलचित्र हेरी सके पछी अन्जन श्रेष्ठ फेसबुकमा लेख्नु हुन्छ “कथा बस्तु सत्य कथामा बनेकोले राम्रै लाग्यो तर स्क्रिन प्ले र , डाइलग भने अन्य सिनेमा जस्तै नाटकिय लाग्यो”| त्यसै गरी मनु लोहरुंग राई लेख्नु हुन्छ “खग्रास” हेरे पछि एक दर्शकको हैसियतले भन्नु पर्दा चलचित्र निकै सन्तोषजनक पाएँ | चलचित्रलाईको कथा, विषय वस्तु र कथाको थिम १० बर्षे जनयुद्धकालभित्र भएका घटना/परिघटनाहरु समेटिएका छन् | त्यसैको साथै मानिसले आफ्नो घरदेश बाहिर रहेर अथवा स्थाईरुपमा नै स्थानान्तर, देशान्तर रहे/भए पनि आफ्नो देशको र जन्मेको माटो भुल्न सक्दैन, भन्ने सन्देश दिन सफल भएको छ”| मनु जी ले लेखे झैँ चलचित्र “सन्देश दिन” सफल भएको छ तर चलचित्रको काम जीबन देखाउनु हो न की प्रबचन दिनु|श्रुति कंसाकार लेख्नु हुन्छ “कथा राम्रो हो तर चलचित्रमा राखिएको ब्यबसायिक गीत भने न राखेको भए हुने र मुख्य कलाकारको भूमिका निभाउने पात्र पनि अझै राम्रो भएको भए उत्तम हुने थियो”|अजय कार्की “चलचित्रले गम्भीर बिषयको गलत प्रयोग गरेको, निर्देशकीय र अभिनय पक्ष्य कमजोर भएको र प्रस्तुति फितलो भएको ठान्नु हुन्छ| तर गीता पन्थलाई भने चलचित्र “एकदम मन पर्यो”|

नेपाल बाहिर लामो समय सम्म बसेका नेपालीहरुलाई “खग्रास-यो अँधेरो कहिले सम्म “ले नेपालको बर्तमान राजनीतिक र सामाजिक स्वरूपको बिबिध दृश्य देखाउछ तर चलचित्रमा नया पन खोज्ने आँखाहरुलाई भने चलचित्रले न्याय गर्दैन|चलचित्रमा धेरै दृश्य राखेर राम्रो हुने,नायक नायिकालाई नचाउनै पर्ने पुरानो मानशिकता बाट निर्देशक मुक्त हुनु जरुरि छ|यस्तो गम्भीर बिषयमा अलि गम्भीर भएर चलचित्र निर्माण भएको भए यो अन्तरास्ट्रिय समुदायलाई १० बर्षे युद्द पछिको नेपालको एउटा राम्रो दृश्य सामाग्री हुने थियो| चलचित्र विधामा लामो अनुभब बटुल्नु भएका निर्देशक शैलेश आचार्य बाट मैले यो भन्दा पनि उच्च स्तरको “नया नेपाली सिनेमा”अझै भनु एउटा “बैकल्पिक”चलचित्र हेर्ने आशा गरेको थिए| “खग्रास” अमेरिकाको बिभिन्न शहरहरुमा बेला बेलामा प्रदर्सन भै रहेको छ|फुर्सद मिल्यो भने हेर्नु होस् र अनुभब गर्नु होस् नेपालको कथा व्यथा र अमेरिकाबाट नेपाल फर्केको एक युवकको नेपाल प्रतिको प्रेम |

प्रस्तुति: बैकल्पिक सिनेमा नेपाल र नेपाल इन्टरनेसनल
निर्माता:डा दुर्गा पोखरेल,माधव आचार्य र दिनेश शर्मा
कथा:बिप्लप प्रतीक र नयन राज पाण्डे
निर्देशक शैलेस आचार्य
अबधि:दुई घण्टा पाँच मिनेट
कलाकारहरु:संयोग पोखरेल,अनिल पोखरेल,सुनिल पोखरेल,बसन्त थापा,अन्थोनी विलेट ,दिनेश शर्मा आदि
संगीत: न्यु:बज्राचार्य
रेटिंग:२ वोटा स्याउ

उही हो

मार्ने  उही हो,मर्ने उही हो

बाचेमा उद्दार गर्ने उही हो|

 

हास्ने उही हो ,रुने उही हो 

 

खसेमा आँशु बग्ने उही हो|

 

हार्ने उही हो,जित्ने उही हो,

 

पीडामा  सबैको दुख्ने उही हो|
By Sahadev


Q is for Quriosity

Q is for Quriosity

By Sahadev Poudel

Many people believe that answer could solve a problem. But I believe question would solve a problem. However, I must ask to myself on right time.

WHs questions are the fundamental questions of curiosity. Curiosity falls on WHYs and the answer of WHYs could help to enlighten life. For example, many of us might have read in book Sidhartha Gautama, a rich prince of ancient Shakyabansh Kingdom left joyous palace after questioning himself. He asked WHY do we suffer? WHY do we die? If he had not questioned himself, we would not have Gautam Buddha. After becoming Buddha, he said, “Question everything, and don’t follow blindly, experience for yourself…”So Buddha questioned himself on right time and sought the enlightenment.

Sometimes I wonder about right question. But I realized, there is wrong answer but no wrong question and most of the gurus agreed on that too. They even said, “There are no stupid questions.” What is right for me is right question, and asking question is my right. So I won’t spare time thinking about question.

Who would be the right person to ask question? I think, that right person would be me. I should be responsible for my question because my question leads me to the road of enlightenment.

At the end, my anxiety, fear, tension, and confusion could be solve through question. I should always ask question about responsibility, relationship, and future and if I know the answer, it means I have asked the right question to the right person, that right person is I.

New York City

April 2012