To Highway With Love

To Highway With Love

म नेपालमा हुदा दीपक रौनियार एक रंग पत्रकार थिए| पछिल्लो ६/७ बर्ष यता उनले दूइ छोटा चलचित्र निर्माण गरेर अन्तरास्ट्रिय चलचित्र महित्सबमा सहभागी भई आफुलाई चलचित्र नगरीको सृजनशील निर्देशकको रुपमा परिचय दिएका छन् |उनले बनाएको दुई चलचित्रहरु “चौकेठ” र “पूजा” केहि समय अगाडी हेरेको थिए|र प्रदर्शनमा आउनै लागेको चलचित्र “हाइवे”को चर्चा सुनी/पढी रहेको थिए|”हाइवे”को प्राबिधिक एब प्रचार प्रसार कामको लागी न्यु योर्कमा आएको बेलामा दीपकरौनियार संग एक चलचित्र कर्मीको रुपमा भेटघाट भयो|यसै भेटघाट र चलचित्रको प्राबिधिक कामको क्रममा “हाइवे” हेर्ने मौका पनि मिल्यो, र नेपालमा बिस्तारै परिबर्तन हुदै आएको नेपाली चलचित्रको बारेमा कुराकानी पनि हुन पायो|मेरो रुची रंगकर्म/रेडियो र अभिनय! अभिनयमा पनि इम्प्रोभोइजेसन (Imporvasation ) भएकोले “हाइवे” प्रति मेरो रुची र जिज्ञासा जति पटक “हाइवे”को “रफ/कट ” हेर्थे त्यति पटक गहिरिदै जान्थ्यो|किन भने चलचित्र “हाइवे”मा इम्प्रोभोइजेसनको मिठो प्रयोग छ|

चलचित्र “हाइवे” जीबन मार्ग माथि हिड्ने, हाम्रो जीवनको,जीबनमा आउने र जीबनमा भएका बिभिन्न सम्बन्धहरु जोड्ने र तोड्ने पात्रहरुको कथा हो|यी पात्रहरु हुन सडक,बस र हाम्रो समाज, सोच र राजनीति!”हाइवे”मा जीवनका यात्रुहरुको अनेक थरि कथा छ,यी कथाहरुको बिचमा नाटक छ,तितो यथार्थ “नेपाल बन्द” छ र सम्पूर्ण यात्रुहरु बन्दको चपेटाका फसेको दिन नेपालका राजनीतिक दलका नेताहरु हास्यकलाकारहरु संग फुटबल खेलेर रमाइलो गरेको समाचार छ| र छ श्रीमान/श्रीमती र प्रेमी/प्रेमीका बीच विश्वास र अविस्वासको गहिरो र कहिल्यै नखुल्ने “बन्द” !
चलचित्र निर्देशकको क्यानभास हो|जसरी चित्रकारले एउटा क्यानभास भित्र अनेक थरि रंगहरुको संयोजन गरेर एउटा सम्पूर्ण चित्र बनाउछन त्यसै गरी चलचित्र निर्देशकले पनि रंग स्वरूप कथा,कलाकार,दृश्य र प्रविधिको संयोजन गरेर एउटा चल्ने चित्र बनाउछन|राम्रो चित्र बनाउनेले रंगहरुको प्रयोग त्यसै गरेको हुदैन ,हरेक रंगको आंफ्नो अर्थ हुन्छ ,क्यानभासको कुना कुनामा देखिने साना मसिना पात्र,बस्तु र आकारको अर्थ र महत्व पनि त्यतिनै हुन्छ त्यसरी नै राम्रो चलचित्रमा पनि हरेक दृश्य,कलाकार,सम्बाद,छायांकनको पनि अर्थ हुन्छ,सम्बन्ध हुन्छ सम्पूर्ण सिनेमामा| हो यस्तै अर्थ र सम्बन्ध छ चलचित्र “हाइवे”मा पनि|

Poster Credit

यो चलचित्र रामायण सैलिको भने होइन| न त यसमा कुनै कोरियन वा हिन्दी चलचित्रको दृश्य र सम्बाद जस्ताको त्यसतै भेट्निछ नै |न त कुनै राम्रो अंग्रेजी चलचित्र बाट “Inspired” नै!यो बिशुद्द नेपाली “ओर्गानिक”चलचित्र हो|यो चलचित्र हेरेर नेपालका द्वन्द निर्देशकहरु सायद रिसाउन सक्छन हामीलाई “काम”नलाग्ने बनायो भनेर| नृत्य निर्देशकहरु यो यो ठाउमा नाच गान नराखेर निर्देशकले “गल्ति”गरे भन्न सक्छन सायद |नेपालका “नाम”चलेका “चकलेटी” नायक र “सेक्सी” नायिकाहरुले मुख बिगार्न सक्छन र भन्ने छन “एक्टिंग झुर” छ भनेर|

हामी धेरैको जीबन अलपत्रमय छ,दुख मनन गर्नु पर्ने ठाउमा हासो उठ्छ आज भोली हामीलाई| “ह्याप्पी इन्डीन्ग ” चलचित्र हेर्ने बानी भएका दर्शकहरुले “हाइवे”लाई “ठेगानमा” पुगेन भन्न सक्छन|निर्देशकले कुनै पात्रलाई ठेगानमा पुराउने ठेक्का लिएको हुदैन|पात्रहरु आफ्नै भोगाईको जीबन जिउने हुन| निर्देशक समस्याका समाधान कर्ता पनि होइन ,उनको काम जीबन देखाउनु हो| अझै भन्ने हो भने सुक्ष्म जीबनको कथालाई कलात्मक शैलीले देखाउनु हो|त्यहि सुक्ष्मतालाई देखाउने कलात्मक प्रयास गरेका छन दीपक रौनियारले र सम्पूर्ण “हाइवे” का पात्रहरुले!

Have a Successful Journey to Highway!
With Love,
Sahadev Poudel
New York
Highway trailer (official)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s