“रेडियो छाप सलाई”ले कोरेको उपन्यासको नया पाटो

“रेडियो छाप सलाई”ले कोरेको उपन्यासको नया पाटो
सहदेव पौडेल
न्यु योर्क

भग्नावशेष जस्तो देखिने सिंहदरबार र धमिलो शहिद गेट कल्याण गौतमले लेख्नु भएको उपन्यास “रेडियो छाप सलाई” को आवरणले एउटा पुरानो काल खण्डको झझल्को दिन्छ भने कभरकै पछिल्लो पन्नामा प्यान्टको खल्तीमा हात हालेर तपाईलाई एक टकले हेरी रहेका लेखक एबं धेरै श्रोताहरुको डियर कल्याणको रंगीन उजेलो तस्बीरले भने बर्तमान दर्शाउछ|आवरण जस्तो छ “रेडियो छाप सलाई”को कथा पनि त्यस्तै नै छ |एउटा कालो काल खण्डबाट सुरु हुन्छ रेडियोको कथा र रेडियो संग जोडिएका सयौका कथाहरु जसलाई तपाई हामीले चिनेका छौ,सुनेका छौ र सम्भबत:देखेका र भोगेका पनि छौ|कति कथाहरु कहिले रगत जस्तो रातो र कहिले कर्फ्यु जस्तो कालो बनेर तपाई हाम्रो आँखा आउछन पनि |

जब मेरो हातमा यो उपन्यास पर्यो खण्ड एक मा “ईतिहासको उत्खनन” पढ्दै गर्दा जिबन्त उपन्यासको एउटा पात्र प्रवेश गरे झैँ लाग्यो तर क्रमस: कथामा मैले चिनेको पात्र र एउटा अर्को काल्पनिक पात्रको प्रवेश भयो त्यस पछी आउने धेरै कथा र घटना परिवेशले कुनै ईतिहास नै पढे जस्तो लाग्यो | विक्रम सम्बत १९८९ बाट सुरु हुन्छ “रेडियो छाप सलाई”को यात्रा र बि.स.२०६८/६९ सम्मै आइपुग्छ|श्री ३ जुद्द शमशेर र राणा परिवारको कालो काल खण्ड हुदै रगतै रगतले लिपिएको १०/१२ बर्षको जनयुद्द , गाउ गाउमा पुगेको रेडियोको आवाज र केहि बर्ष अगाडी रेडियोमा आवाज दिने उमा सिंहको हत्या भए सम्मको जीबन समेटेको छ “रेडियो छाप सलाई”ले|सत्य घटनाहरुको पृष्ठ भूमी, त्यो घटनामा जोडिएका पात्रहरु र थोरै मात्र काल्पनिक पात्रहरुको जीवनको सेरो फेरोमा बुनिएको छ कथा|नेपालमा रेडियोको आगमन देखि आज सम्मको रेडियोको विकास,रेडियो क्षेत्रमा काम गर्नेहरुको कथा लाई आध्ययन अनुसन्धान गर्दै यथार्थपरक शैलीमा लेखिएकोले “रेडियो छाप सलाई”ले नेपाली उपन्यास छेत्रमा एउटा नया आगोको झिल्का पैदा गर्ने प्रयास गरेको छ|धेरै पाठकहरुलाई यो एउटा रोचक “इतिकथा” जस्तो लाग्न सक्छ किन भने यसमा ईतिहास छ र ईतिहास भित्र मेलवा देबी ,मास्टर रत्नदास प्रकाश ,महान शहिदहरु लगायत नेपाली राजनीतिका प्रखर नेताहरुको कथा पनि छ|

नेपालमा रेडियोको प्रवेश देखि रेडियो स्टेसनको विकास,एफ.एम सामुदायिक रेडियो, र अहिले गाऊ गाऊ पुगेको रेडियोको यात्रा,रेडियो स्टेसनमा अहोरात्र काम गर्नेहरुको समर्पण सलाम गर्न लायक छ|कुनै समय एउटा रेडियो सेट किन्न सरकारको अनुमति लिनु पर्थ्यो, केवल राजा महाराजले मात्र रेडियो राख्न पाउथे तर आज करिब ८०/९० बर्ष पछी त्यहि नेपाल दक्षीण एशियामा सबै भन्दा पहिला सामुदयिक एफ.एम रेडियो स्थापना गर्ने देशको रुपमा परिचित छ ,दुर्गम गाउ देखि शहर बजार सबै तिर सयौको संख्यामा रेडियो स्टेसनहरु पुगेको छ| कसरी पुगे रेडियो गाउ गाउमा “रेडियो छाप सलाई”ले केहि उजेलो पार्छ यो यात्रालाई|

डियर कल्याण आफैमा एक कुशल रेडियो कर्मी हुन|नेपाली एफ.एम रेडियोमा धेरै प्रेमकथा वाचन गर्ने डियर कल्याण सम्भबत: एकमात्र हुन|उहाको कथा बाचक व्यक्तित्व यो उपन्यासमा झल्किन्छ|जसरि रेडियोमा सरल शब्दहरु प्रयोग गरिन्छ त्यसरी नै यो उपन्यास पनि सरल शब्दहरुले कोरिएको छ|कुनै एउटा कथा ले भरिएको छैन यी पृष्ठहरु|थुप्रै पात्रहरुको जिबनको कुनै एक क्षण, एक दिन वा बिबिध बर्षका अनेक पाटोहरु छन्|केहि सामान्य भाषा गत त्रुटिहरु भेटे मैले|आशा छ यी त्रुटिहरु तेस्रो संस्करणमा सच्चिएर आउने नै छ|उपन्यासकारले भने अनुसार “बि.स.२००७ सालको क्रान्तिमा रेडियोको प्रयोग कसरी भयो भन्ने कुरा चित्रण गर्दै गृहमन्त्री बनेका वि.पी.कोईरालाले चुरोट पिउदा प्रयोग गरेको सलाईलाई काल्पनिक नाम दिएर उपन्यास “रेडियो छाप सलाई” राखिएको हो|”रेडियो छाप सलाई” समयको प्रतिबिम्ब हो| ईतिहास देखि आज सम्म रेडियो छाप सलाई कसै न कसैले कोरी रहेको छ|सलाई आफैमा एक अमुक पात्र भएर यात्रा गरेको छ उपन्यासमा|

यो उपन्यास रेडियोको ईतिहासको बारेमा जान्न चाहने र रेडियोमा काम गर्नेहरु लाई बढी मन पर्न सक्छ| रेडियोकर्मीहरुले भने आफुलाई उपन्यासका कथांकहरुमा प्रस्ट देख्नु हुने छ| एम.के पब्लिसर्स एण्ड डीस्टिब्युटर्स,काठमाडौँले प्रकाशन गरेको पुस्तकको आवरण टाइम्स क्रिएसनले गरेको हो|३७० पृष्ठ लामो र मोटो पुस्तकको मूल्य अमेरिकाको लागी $२० राखिएको छ भने नेपालमा यसको मूल्य ३५० रुपैया छ|उपन्यासको अहिले सम्म दोस्रो संस्करण प्रकाशन भईसकेको छ भने तेस्रो संस्करण प्रकासोंमुख छ|लेखकले यो पुस्तक संजना,साम्भवी र आख्यानलाई समर्पण गन्रु भएको छ| परम्परागत नेपाली उपन्यास भन्दा फरक, केहि यथार्थ जस्तो देखिने ,केहि ईतिहासको बारेमा पनि जानिने र अहिले सम्म रेडियोको बिकाशको कथा आख्यानको रुपमा अहिले सम्म केहि पढ्नु भएको छैन भने “रेडियो छाप सलाई”ले कोरेको उपन्यासले तपाईलाई केहि उजेलो भने अबस्य दिने छ|

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s