Monthly Archives: February 2013

कथा यात्राको अन्तिम भाग

कथा यात्राको अन्तिम भाग
************************
उ नन्दन नै थियो|योंकरमा केही ड्रग्स डिलर ग्यांग बिच भएको आपसी गन फाइटमा निर्दोष नन्दनले ज्यान गुमाउनु पर्‍यो !मध्य रातमा पुलिसले नन्दनको फोन सम्पर्कमा आएको अन्तिम व्यक्तिको आधारमा बिन्दालाई सम्पर्क गर्‍यो र रातिनै सेन्ट जोन्स हस्पिटलमा आउन अनुरोध गर्यो|दिउसो भर्खर त्यति मायाले छुटिएको बिन्दालाई यो समाचार पत्यारिलो लागेन|उनले यो खबर कसरी सहन सकिन होला!

भोलि पल्ट बिहानै हस्पिटलमा एउटा शून्यता छाएको थियो|हस्पिटलमा निर्मलको साथमा नेपाली समुदायका एक दर्जन जस्तो सदस्यहरू जम्मा भएका थिए साथमा बिन्दाले काम गर्ने बोस पनि थियो|बिन्दाको संसार चुर्लुम्म डुबेको थियो|उनका आँखा निरन्तर रसाई रहेका थिए|बिसेष गरेर विदेशमा नेपालीको निधन हुदा देशका पत्रपत्रिकाले महत्वका साथ समाचार छाप्छन|नन्दनको निधनको खबर बिस्तारै सबै तिर फैलियो|केहि सामाजिक संस्था मिलेर नन्दनको अन्तिम संस्कारको लागी तयारी पनि गरे|सहयोगका लागी सामाजिक सञ्जाल मार्फत सबै नेपालीहरुलाई आग्रह गरियो|यो दुखमा बिन्दालाई सबैले खुल्ला हृदयले सहयोग गरे तर बिन्दाको अगाडी उभिएको अजिंगरको पहाडको पीडाले उनलाई मात्र गलायो|

दुर्घटनाको तिन दिन पछि हिन्दु परम्परा अनुसार न्यु योर्ककै एक फ्युनरल होममा अन्तिम संस्कार संम्पन भयो|तर निर्दोष नन्दन जसले बिनाकारण ड्रग्स डिलरहरुको झगडाको बिचमा ज्यान गुमाए उसको न्यायको लागी कसैले कुनै आवाज निकालेनन|न्यु योर्कको स्थानीय टि.भी. र पत्र पत्रिकामा हत्या भयो,मारिए भनेर समाचार आयो तर न्यायको लागी कुनै अधिकार बादी संघ सस्थाले आवाज निकालेनन्|शहरका ठुला ठुला पत्रिका र पत्रकार,लेखकहरुको नजरमा यो दुर्घटना अर्को एउटा दुर्घटनाको रेकर्डको रूपमा दर्ता भयो|

view from Brooklyn bridge Park

सहर उस्तै छ,मान्छेको भीड भाड उस्तै छ,सहरमा दौडी रहने सवारी साधन उस्तै छन,लाग्छ यो शहरमा कसैलाई केही भएकै छैन|यो दुर्घटना पछि बिन्दाले नियमित काम गर्न सकिनन्|उनी हरबखत टोलाउथिन|के गर्ने कसो गर्ने केही सोच्नै सकिनन्|शहरमा चिसो दिन प्रतिदिन बढ्दै गयो बिन्दाको मन जस्तै|धेरै दिन पछि बिन्दा कोठा बाट बाहिर निस्किन,बाटो किनाराका रुखहरु पात झरेर खिन्ग्रिंग परेको जस्तो देखिन्थ्यो उनलाई ती रुखहरु आफू जस्तै लाग्यो |न्यु योर्कमा ओर्लदा उनलाई सहर कस्तो उल्लाशमय लागेको थियो|टाइम्स स्क्वाएरमा रमाई रमाई घुमेका ती क्षणहरु आँखा वोरिपरी घुमे,त्यो दिन उनी एक्लै अस्तिन नन्दन सँगै घुमेका ठाउँहरुमा हिडीन|शहरको झिलिमिली उनलाई खोक्रो लाग्यो|माया गर्ने मान्छे नहुदा सारा सुन्दरता केवल एउटा सुनसान बगर जस्तो अनुभव भयो बिन्दालाई! उनलाई सहरमा न्यानो अनुभव भएन|फर्केर कोठामा आईन र नन्दनले टेलिफोनमा रेकर्ड गरेको विभिन्न आवाजहरु सुन्न थालिन| आवाजमा नन्दन यसरी बोली रहेको थियो|

“बिन्दा,तिमी संग छुटिनु भनेको रुखबाट पातहरु अलग भए जस्तो लाग्छ|मलाई आज किन किन आफू पातहरु बिनाको रुख जस्तै लाग्यो|३ महिना पछि तिमी संग भेटेर छुटीदा बसमा मलाई यो भावनाले निकै सतायो|
“चिसा रुखहरु,
सडक किनारमा लस्करै लस्करै हिडी रहेछन्,
“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”
सुसाउछन रुखहरु!
छरपस्टिएका हाँगाहरु
जिन्ग्रिंग परेको स्वरूप,
पातहरु छैन,
चरा चुरुन्गिका बासहरु छैन,
चिसा रुखहरु
ठिंग उभिएर लस्करै हिडी रहेछन्!
छाया बन्नु,
माया पाउनु,
अर्कै ऋतुको कथा होला!
चिसा रुखहरु ,
जल्दैनन,
बल्दैनन,
बोल्दैनन रुखहरु
त्यसैले सायद कसैले
बुझ्दैनन् ..
कहिले होला
चिसा रुख हरुमा वसन्त आउने
र एउटा निलो आकाश मुनि,
हरियो चौरमा,
सुशेली काट्दै,
चरा चुरुंगी संग प्रीत साट्दै,
छहारी दिने दिन!”

बिन्दा,सायद त्यो दिन चाडै आउने छ र हामी पातहरु जसरी छुटिनु पर्ने छैन ,हामी रुखका हाँगाहरु जसरी एकार्कामा सधैँ समाहित हुने छौ|”

बिन्दा,साँझमा निभेको दियो जसरी कोठामा आईन|र कोठाका साथीहरू लाई आफू अर्को साता नेपाल जान लागेको जानकारी गराईन|
अमेरिका आएको ६ महिना पछि बिन्दा काठमाडौँ फर्किन|जस्तो छोडेर आएको उस्तै काठमाडौँ ! काठमाडौँमा पनि उस्तै चिसो महसुस गरिन उनले |नजिकै एउटा होटलमा आफ्नू समान बिसाए पछि उनी पशुपति गइन् र नन्दनको अस्तु बागमतिमा बगाइन्| कुनै दिन नन्दनले भनेको थियो ..अमेरिकामा केही समय दुख गरौला,अलि अलि पैसा कमाऔला र बागमतिमा गएर दुख बगाऔला|बिन्दा बागमतीको किनारमा टोलाई रहिन ,वोरी परी पूजा पाठ गरेको घन्ट बजेको ,भजन किर्तनको आवाज, अनि अलि पर कोही रोएको जस्तो आवाजले पशुपति नाथ क्षेत्र गुन्जायमान थियो|
**********************************
सहदेव पौडेल
न्यु योर्क

सुख/दुख TASBIRgraphy

सुख/दुख
Happy/Sad
यी दुई तस्बिर (यो र यो जस्तै देखिने अर्को ) न्यु योर्कको सेन्ट्रल पार्क नजिकै आइफोनले खिचिएको हो। बादल लागेको कालो जस्तो देखिने अघिल्लो दिन खिचेको हुँ भने सफा,चहकिलो निलो आकाश देखिएको भोलि पल्ट खिचेको हुँ।

sad happy

हेटौंडाको मनमा

हेटौंडाको मनमा

सहदेव पौडेल

*****

कुनै बेला,
हरियाली फाँटहरुले सजिएको हेटौंडाको
मनमा आज भोली “हरी” छैन भन्छन हेटौंडेलीहरु!
भन्छन,
धान रोप्ने हिलाम्मे खेतमा,
घरहरु झुलाउदै,
रानीवनको उजाड पाखामा,
बजारीया माया बर्षाउदै,
हृदयमा तराई र राजधानी बोकेर,
नाफा र नोक्सानको राजनीतिक हिसाब किताब गर्दै,
हात हातमा अबिश्वासको हतियार बोकेर हिड्दै छ रे हेटौंडा !

“हाम्रो” भन्दै हातेमालो गर्दै,
हँसिलो मुहारमा गाउँ गाउँ घुम्ने हेटौंडा ,
हिजो आज “म” भन्दै कसैको मलामी जान पनि हिचकिचाउछ रे!

घर अगाडी नैराश्यको अग्लो पर्खाल बनाउदै ,
घनघोर डरको खेती रोप्दै,
हराएको हरिण जस्तै,
हालत खराब छ भन्दै,
हवाईजहाजबाट टाढा टाढा,
बसाईं सर्न खोज्दै छ रे हेटौंडा !

हवाईजहाजबाट टाढा टाढा,
बसाईं सर्न खोज्दै छ रे हेटौंडा !
******************************

Hetauda