Monthly Archives: January 2014

तिम्रो र मेरो कथा

तिम्रो र मेरो कथा

(न्यु योर्क बाट बोस्टनमा गएर त्यहाँ आयोजित “सिर्जना उत्सब” मा सुनाएको कविता )

बोस्टन,
तिमीलाई लाग्ला,
म गगन चुम्बी भवनहरू हुँ,
२४सै घण्टा जाग्राम बस्ने उजेलो सहरको,
वाल स्ट्रिट वरपर सुकिला मुकिला लुगा लागाउने एक प्रतिशत हुँ!

तिमी सोचौंली,
म टाइम्स स्क्वाइरको रसरंगमा डुबुल्कि मार्ने ब्रोड बे को स्टार हुँ
सेन्ट्रल पार्कमा स्वतन्त्रताको चुम्बनमा लीन हुँदै,
ब्रुक्लिन ब्रिज, एम्पायर स्टेट बिल्डिंग ,
र लेडी लिबर्टी घुम्ने फिरन्ते वा
स्याक्स, बर्गड्रोफ गुडम्यान, वा ब्लॊमिङ्ग डेलमा
किनमेल गर्ने सेक्स एंड द सिटिका सेता पात्रहरु हुँ।

तिम्रो र मेरो कथा

तिमीलाई के थाहा? बोस्टन,
म त न्यूनतम ज्यालामा सपनाको जो हो गर्ने एक पहरेदार हुँ ,
महँगा महँगा रेस्टुरेन्टका बेञ्जनहरुको बासना सुङ्ग्दै
टेबुल टेबुलमा सेवा दिने बटलर हुँ!

सडक कुनाको ठेला पसलमा,
पानी, सोडा, चिकेन ओभर राइस र हट डगमा जीवन धकेल्दै,
अप टाउन, डाउन टाउन देखि एअरपोर्ट सम्म ट्याक्सीमा
सुन जस्तै ज्याला खोज्ने मै हुँ ।

हँसिला रसिला देखिने न्यु योर्कका सुन्दरीहरुको शृंगार हुँ म !

अग्ला अग्ला भवनहरुको कुनै कोठामा,
लाला बालाको स्याहार सम्भार गरी रहेको भेट्ने छौँ मलाई,
तिमीले सुने पढेको घरेलु कामदार माथिको,
यौन शोषणको समाचारको पीडक पात्र,
वा रङ्गको आधारमा ओम लेखेको झोलामा
खानतलासी गर्दै शंकास्पद नजरले हेर्ने,
र कहिले गो बयाक टु योर कन्ट्री मदर फरर भन्दै,
आँखा अगाडी बन्दुक तेर्साउदै ग्रोसरी स्टोरमा रगताम्य हुने मै हुँ

बोस्टन,
सायद फरक छैन होला
तिम्रो र मेरो कथा
किन भने
म पनि त तिमी जस्तै
बृदाश्रम जस्तै देखिने देशबाट
विदेशमा पलाउन सकिन्छ कि भनेर
डी भीको दयामा
एसाइलमको स्वीकृतिमा
मरुभूमिबाट ज्यान हत्केलामा राखेर
यो भवसागरमा प्रवेश गरेको एलियन हुँ !

हिड्दै छ पाइला मेट्दै छ- को म एक फगत प्रतिबिम्ब हुँ!

Photo/Words by Sahadev Poudel

New York 

आधारभुत पत्रकारिता तालीम सम्पन्न

IMG_3753IMG_3751IMG_3748IMG_3747IMG_3746IMG_3744
IMG_3742IMG_3741IMG_3740IMG_3739IMG_3738IMG_3737
IMG_3734IMG_3732IMG_3729IMG_3728IMG_3726IMG_3725
IMG_3724IMG_3723IMG_3722IMG_3721IMG_3720IMG_3719

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले पहिलो पटक अमेरिकामा आधारभुत पत्रकारिता तालीम कार्यक्रमको आयोजना गरियो । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको हलमा जनवरी १२ तारिख आइतबार आयोजित उक्त तालीममा १९ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए । भाग लिनेहरुमा सस्थाको प्रतिनिधिहरु लगायत अमेरिकामा अध्ययनरत विद्यार्थीहरु थिए । उनीहरुलाई नेजाका पदाधिकारीहरु र स्थानीय पत्रकारहरुले पत्रकारिताको आधारभुत ज्ञानसंगै पत्रिका, टेलिभिजन, रेडियो, अनलाइन, उदघोषण र फोटोग्राफी सम्बन्धीत ज्ञानहरु दिएका थिए । तालीममा प्रशिक्षकको रुपमा आङछिरिङ शेर्पा, किशोर पन्थी, सुर्य थापा, प्रदिप थापा मगर, सहदेव पौडेल, सुरेश शाही, ङिमा पाखि्रन, अशोक पन्त र प्रसन राई थिए । विहान साडे १० बजेदेखिन शुरु भएको उक्त तालीम वेलुकी पाच बजे सकिएको थियो । तालीमपछि सहाभागी प्रशिक्षार्थीहरुलाई संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईले प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा न्युयोर्कमा क्रियासिल विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । नेपाली पत्रकारहरुको हितमा क्रियासिल नेजाले नेपाल र अमेरिकामा रहेका पत्रकारहरुको हकहितसगै सामुदायिक पत्रकारिता क्षेत्रको विकासका लागी गत वर्ष न्युयोर्कमा एक दिने फोटोग्राफी तालीम आयोजना गरिएकेा थियो ।

Faces Of Nepali In America

Faces of Nepali in America-Exploring Nepali Faces in the US through Photography.
Description
The philosophy of Faces of Nepali in America project is to explore the dynamic stories of Nepali living in the USA through photography & words.

In year 2014, I would explore at least 2014 faces of Nepali who are enjoying, struggling, surviving, dreaming, and living in the USA.

Thanks for your support.
Sahadev Poudel
New York