Love Poetry Festival 2014, a set on Flickr.
नेपाली प्रेम कविता उत्सब सम्पन्न
न्यु योर्कमा हरेक महिना आयोजना हुने नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको फेब्रुवरी महिनाको शृंखला प्रेममय रह्यो। प्रणय दिवसको सन्दर्भमा न्यु योर्कका नेपाली साहित्य सर्जकहरुले प्रेममय कविता,गीत र गज़लहरु प्रस्तुत गरि नेपाली प्रेम कविताह उत्सब मनाए ।गीत,कविता र गज़ल बाचन गर्ने हरुमा बिकास बिष्ट, कमला प्रसाई, गीता खत्री, बिनोद रोका, केशब आचार्य, छिरिङ्ग तोप्के लामा, प्रशान एलुङ राई, प्रदीप थापा मगर, सुनिता हुमागाईं, सुनिल बुढाथोकी, सरोज अर्याल, शान्ता घिमिरे, मनु लोहोरुङ राई, किसानसिंह धामी, बुद्ध चेम्जोङ, सहदेब पौडेल, बिराज रिजाल, कुन्ती थापा, गीता पन्थ, परिता राजभन्डारी, बन्दना कोईराला, मीठु थापा, रामचन्द्र थापा, प्रभा आचार्य, सुनिता शर्मा र पुनम काफ्ले थिए।
कार्यक्रममा एकार्कालाई चकलेट,शृंगारका समान र गीतकार बसन्त चौधरी र युवा गायक कमल खत्रीको गीति एल्बम उपहार स्वरुप प्रदान गरिएको थियो।