यात्रा संस्मरण: तिरुपति एक्सप्रेस

यात्रा संस्मरण: तिरुपति एक्सप्रेस
 
मिथिला एक्सप्रेसको लगभग 16 घन्टाको सुस्त गतिको रेलयात्रा पछि 700 कि.मि.को दुरि पारगरि कलकत्ता हावडा जक्सन आइपुग्दा बिहानको 4 बजिसकेको थियो । बिहानको मिर्मिरेमा विशालकाय मात्र दुई पिल्लरे हावडाको पुल हाम्रो आँखा  नजिकै लमतन्न सुतिरहेको थियो ।तल बगिरहेको गङ्गा नदी सुसाएको आवाज हाम्रो कानमा नै गुन्जीरहेको आभास हुन्थ्यो। कलकत्ता सहर र हावडाको पुल मेरो लागि त पानीपधेरो जस्तै नै थियो ।जीवनमा धेरैपल्ट कलकताको यात्राको अवसर जुट्नु मेरो लागि नौलो कुरा थिएन ।पश्चिम् बङ्गालका मुख्यमन्त्री ज्योतिबशुको पाला देखि ममता बेनर्जी सम्मको यो यात्रा निरन्तर चलिरहेको छ। 
20150427_110820
कुनै समयको कम्युनिस्टहरुको गढ आज लगभग प्राय समाप्त जस्तै भैसकेको छ तर भिकारी र पुराना गल्लीहरुले भने कहिले पनि काचुली फेर्न सकेन। मान्छेको दयनीयता मान्छेले तानेर दौडिने रिक्साले देखाउछ ।कलकत्ता पुरानो एतिहासिक सहर हो। बङगालीहरु कै बाहुल्यता रहेको यहाँको आफ्नै मौलिकपना देखिन्छ । एकसमयको राजधानी कलकत्तामा घुम्नको लागी हामीसँग  लगभग 12 घण्टाको समय थियोे। हाम्रो अर्को रेलगाडी रातीको 8 बजे डुरुनडो एक्सप्रेस समात्नु थियो। हाम्रो दिनभरिको कार्यक्रम W.B.25E 2305 न Tata ले सहज बनाइदियो। नजिकै रहेको दछिणनेस्वर मातादेबिको दर्शनबाट हाम्रो बिहानको सुरुवात भयो।अनि नजिकै रहेको अर्को सर्बधर्म समन्वयको प्रतिनिधि रामाकृष्णमन्दिरको अबलोकनका साथै कलकत्ताको प्रसिद्ध भिकटोरिया पार्क र खिर्तिपुरको बन्दरगाहमा तैरिएका विशालकाय जहाजहरुको मनोरम दृश्यालोकन पछि हामी सियालद जक्सन आइपुग्दा दिउँसोको 2बजिसकेको थियो । बङगाल राज्यबाट उडिसा राज्यतर्फ दौडिन डुरुनडो एक्सप्रेस हाम्रो स्वागतमा खडा थियो। वरपर सबै तिर बङ्गालि र उडियाहरुको बाहुल्यता देखिन्थ्यो।हामी हाम्रो लगेज र नानी बाबूहरु लिएर बाताअनुकुलित डिब्बा भित्र पसिसकेका थियौ ।हाम्रो सुपरफास्ट दुरुन्दो एक्सप्रेसले 550 कि.मि.को दुरि पारगर्न 8 घण्टा पनि लगाएन,सफा र सुन्दर बातनुकुलित डिब्बा भित्र सुन्दर र शान्त वातावरण थियो  भने  बाबु नानीहरूले वातावरणलाई एक प्रकारको रौनकता थपिदिएका थिए।
20150419_071954
 
राती को 9 बजिसकेको थियो हाम्रो रेलगाडी एकतमासले दौडिरहेको थियो। बाहिर अध्यारो अस्पष्ठ केहीदेखिदैन थियो । हाम्रो B1बग्गी भित्र भने एकदम रमाइलो वातावरण थियो रातीको डिनरमा तातो भेजीटेबल सुपर र स्न्याक्सले हाम्रो स्वागत हुदैथियो। वेटरहरु यता उता दौडिरहेका थिए लाग्द्थ्यो हामी कुनै राम्रो होटेलमा बसिरहेका छौँ ।सफा सेता तन्ना तकिया र कम्बल बिछ्याइएको एक माथि एक तीन लहर सिटहरु दुई तर्फ थिए। हाम्रो एघार वटा सिट अनुसार हाम्रो सुविधाका एघार वटा भेजडिनर सेट हाम्रो अगाडि आइसकेको थियो।रातको दस बजिरहेको थियो। लामो यात्राको थकान र निन्द्राले हामीले सबै नानीबाबुलाई खाना खुवाइ आफूले खाइवरि मस्त निदायौ।  बिहान को 4 चार बज्दा नबज्दै हाम्रो सुपरफास्टले उडिसा राज्यको पुरि जक्सन पुराइसकेको थियो।
​​
एकसाल पहिले यही उडिसा राज्यबाट सुरु भएको हुतुहुतुले हाम्रो नेपालमा ठुलो आधिबेर लिएर आएको थियो र ठुलो जन धनको क्षती पुर्याएको हामीलाई सम्झना ताजै थियो।भगवान् श्रीजगत्नाथको कृपा दृष्टि यसठाँउमा देख्न सकिन्छ।भगवान् श्रीकृष्ण ,बहिनी सुभद्रा र भाइ बलरामको बिग्रह मुर्ति यस मन्दिर भित्रको मुख्य आकर्षक रहेको छ। श्री जगथनाथ मन्दिरका किम्ब्दन्तीहरु धेरै छ्न।यहाँ पकाएको महाप्रसाद जो एकप्रकारको खिचडि हुन्छ यस्को महत्त्व धेरैरहेको छ। जे जस्तो भएपनी मनले चोखो मानेर खानु पर्ने र यहाँ छुवाछूत र भेदभावपूर्ण व्यवहार कसैले कसैलाई गर्न नहुने भनाइ रहेको छ। दैनिक सय कुन्टल अन्न 752 चुल्हो हरुमा 700 जना पाण्डाहरुले पकाउनी 400 जना ले काटने 300 जना ले इनारको पानी निकाल्ने दैनिक 200 भोग 56 आइटम तयार गर्न लगभग 7 लाख देखि 10 लाख सम्म महाप्रसादको लागि खर्चको व्यवस्थापन गर्दै आएको जगथनाथ भगवान् मन्दिरको प्रागणमा रहेको विशाल पाकशाला भित्र माटो काहाडिहरुमा पकाएको प्रसाद नै यहाँको मुख्य महाप्रसाद हो । कला कौशल र पुरातात्त्विक महत्त्वले भरिपूर्ण मन्दिरको भित्र दर्शन गरेर फर्कनु एउटा महाभारतको युद्ध जितेर आएको जस्तो महसुस हुनेरहेछ ।
हामीले हाम्रो यात्राको दुई दिन मन्दिर र समुन्द्रमा उर्लेर आएका छालहरु सँग  रमाएर बितायौ। बङगालको खाडि विशाल समुद्रका छालहरु डरलाग्दो सँग  उर्लिएर आउँदा एक प्रकारको रमाइलो र मन भित्र कता कता चिसो पस्दोरहेछ ,उडिसामा घुम्नको लागि धेरै प्रयटकिय स्थलहरु भएता पनि हाम्रो गन्तव्य स्थल अलि टाडेै रहेको र यो हाम्रो यात्राको ट्रान्जिट स्थल मात्र भएकोले हामी हाम्रो अर्को लामो रेल यात्रा को तयारीमा जुट्न लागेका थियौ यहाँ बाट झन्डै 1300 एकहजार तीन सय कि.मि.को यात्रा तय गर्न बाकी नै थियो । 20 तारिकको मध्य 12 बजे हामीले तिरुपती एक्सप्रेस समात्नु थियो ,चीन्नजियर स्वामी जीको जियरमठको आत्मीय आथित्य सत्कारमा हामी रमाई रहेका थियौ। भारत भरी फैलिएको जियरमठमा दर्सनार्थी र तिर्थयात्रिहरुको लागि निःशुल्क आवास र भोजनको व्यवस्थापन गर्दैआएको श्री चिन्नजियर स्वामी जी प्रति सबै को अगाध आस्था र विश्वास रहिआएको देखिन्छ। हामीले पनि आत्मीय आतिथ्यको आभार व्यक्त गर्दै महन्त श्री1008 इन्दिरारमन रामानुजदास स्वामी जी मा दण्डवत गरी आफ्नू गन्तव्य तिर रवाना भयौ । 
20150422_062236
पुरी तिरुपती एक्स्प्रेस गाडी न.17479 ले 12:30 मा हामीलाई लिन आइसकेको थियो।हामी हाम्रो समय भन्दा अगाडि नै पिल्लेट फार्म न 4 मा पुगिसकेका थियौ हाम्रो बग्गी न.S3 मा लहरै एकमहिना अगाडि बुकिङ गरेको सिट हाम्रै नाम मा सुरछित थिए आज को यो इन्टरनेट को दुनियाँ ले यो सब सहज हुँदै गएको थियो ,हामी सबै जना आआफ्नो सिट मा सहजरुप मा बसिसकेका थियौ ।रेलले आफ्नू रफ्तार तेजगर्न सुरु गरिसकेको थियो । रेलको छुक छुक आवाज सँगै पर पर नरिवलका रुखहरु दौडिरहेको भान हुन्थ्यो। समथर फाटहरु खेतीयोग्य जमिनहरु प्रशस्त देखिन्थे ।दिउसोको समय थियो वैशाख महिनाको मध्य दिउसो बाहिर घाम चर्को लागिरएको थियो। गर्मी एकदम बडिरहेको महसुस हुन्थ्यो हाम्रो रेलको सयनयान डिब्बा मा हाम्रो बाबु नानीहरू रमाएर खेलिरहेका थिए। उडियाहरु आफ्नै भाषामा गफमा मस्त देखिन्थे हिन्दी भाषा बोलेको कति पनि सुनिदैन थियो उनीहरूको व्यवहार बोलीचालि हेर्दा बिहार र उत्तरप्रदेशका छिमेकी भाइहरु भन्दा अलि सिधा र सरल देखिन्थे दुर्त गतिमा दौडिरहेको हाम्रो रेल समुन्द्री झिल साना साना पहाडका थुम्काहरु पारगर्दै आन्द्रप्रदेशको बोर्डर तिर आइपुग्न थालिसकेको थियो। 
 
साना साना रेल्वे स्टेसनमा मान्छेहरूको चडने र उत्रने क्रम चलिरहेको थियो ।हामीले थाहा नै नपाइकन अब आन्द्रप्रदेशका तेलुगुहरुको जमघट बढदै थियो। उनीहरूको भाषा हामी नबुज्ने हाम्रो भाषा उनीहरू नबुज्ने, इसारा पनि त एउटा विश्व भाषा हुदोरहेछ । भारतीय भएता पनि उनीहरू राष्ट्र भाषा प्रति उदासिन र प्रान्तीय भाषा प्रति खुसी देखिन्थे। हाम्रो यात्राका सहयात्रीहरु धेरै आए र गए तर हाम्रो यात्राको गन्तव्य अझै धेरै टाढा थियो ।घाम अस्ताएर रात परिसकेको थियो। बाहिरको दृश्य देखिदैन थियो।चकमन्न अध्यारोमा हाम्रो रेल एकोहोरो सिटि फुकेर दौडिरहेको थियो भित्र पनि अब बिस्तारै सबै शान्त हुँदै थिए हाम्रो डिब्बामा सबैलाई गहिरो निन्द्राले सुताएको थियो। म अलि चनाखो निन्द्रा सुतेर उठदा त बिहान भै सकेको थियो बिसाकापटनम् हुँदै हामी बिजयवाडा तिर आइपुग्न लागेका रहेछौं। अझै पूरा बिहान र दिनभरि पट्यार लाग्दो यात्रा गर्न बाकी नै थियो। हाम्रो रेल समुन्द्री झिल पोखरी  नरिबल र केरा घारी हुँदै एकतमासले दौडिरहेको थियो।
20150423_081331
 
 निरन्तरको लामो यात्रा सबै आफन्तहरु सँगै भएकोले र केटा केटीहरूले माहौललाई घरकै वातावरण बनाइ दिएकाले हाम्रो यो यात्रा एकदम रमाइलो सँग  बितिरहेको थियो । नेल्लुर हुँदै पुरी बाट1300 कि.मि.को लामो रेल यात्रा एक रात दुई दिनमा हामी हाम्रो गन्तव्य तिरुपती आइपुग्दा बेलुका को छ बजिरहेको थियो। हामी तिरुपती जक्सनमा ओर्लिएर पुन एउटा जिप रिजर्भ गरी तिरुमल्लाको उकालो लाग्न सुरु गर्‍यो । कडा चेक जाच पछि हाम्रो जिप हाम्रो नेपालको जस्तै पहाडी बाटो तर एकदम सुरछित सागुरो एकतर्फी बाटो हुँदै 25 कि.मि.टाढा रहेको अति सुन्दर तिरुमल्ला पहाडमा पुग्दा साँझ  परिसकेको थियो । सफा र सुन्दर बाटो कतै कुनै गुडखा र चुरोटको ठुटा भेटिदैन थिए होटेल र रेस्टुरेन्टहरु मदिरा र मांस रहित थिए निःशुल्क भोजन र आवास को व्यवस्था चौतर्फी घुम्न बालाजी मन्दिरले आफ्नै निःशुल्क सुन्दर बसको व्यवस्था मिलाएको थियो लाग्दथ्यो एउटा स्वर्ग जस्तै आनन्द र सुन्दर स्थान।
टाढैबाट तिरुपती बालाजीको स्वर्ण मन्दिर् झिलिमिलीले धपक्क बलिरहेको देखिन्थ्यो विश्वको नै सबै भन्दा धनी मन्दिर भनेर चिनिने र सबै हिन्दु धर्मावलम्बीहरु को अगाध आस्था को केन्द्र बिन्दुरहेको श्री बालाजी बैकेटेस, विष्णु भगवान्को अबतार् मानिन्छ, आन्द्रप्रदेशको बिन्ध्याचल पर्बत मालामा सानो उपत्यका जस्तै रहेको पहाड् तिरुमल्लामा बालजी मन्दिरले गरेको सेवा र विकासको उत्कृष्ट नमुना हेर्न सकिन्छ। चिल्ला सफा र सुन्दर सडकहरु मान्छे हिड्ने सुरछित पेटी निःशुल्क घुमिरहने बसहरु थिए भने निःशुल्क भोजन र आवासको व्यवस्था पनि देखिन्थ्यो निरन्तर धारोमा बगिरहने पानी चौबीसघन्टा बिधुत आपूर्ति भैरहेको थियो पहाडमा एयर पावरको पन्खाहरु घुमीरहेको देखिन्थ्यो। यस्तो सुन्दर भूभागमा रहेको बालाजी श्रीनिवास भगवान्को दर्शन गर्न चौबीसै घण्टा लाखौँ भक्तजनको घुइँचो देखिन्थ्यो। हामी बिहान दस बजे दर्शनको लागि प्रवेश गरेर बेलुका छ बजे दर्शन सकेर फर्किएका थियौँ बस्ने र खाने व्यवस्था सहितको आरामदायी हलहरु थिए र पुन प्रवेशको लागी अत्याधुनिक व्यवस्था थियो। हामी हाम्रो स्थान सुरछित गर्न फेस रिडिङ गरेको Biometric card बनाएर लाइनबाट बाहिर आयौँ पुन खाना खाइवरि निश्चिति समय भित्र एक बजे पुन प्रवेश गर्दा हाम्रो दर्शनको लाइन अगाडी सरिसकेको थियो हामीले धेरै प्रतीक्षा गर्नु परेन लगभग पाँच घण्टाको निरन्तरको लाइन र कडा सुरक्षा जाच पछि हामी श्री बेकटे्स बालाजीको सामु पुगिसकेका थियौ ।
 
संसारको सबैभन्दा धनी स्वर्ण निर्मित मन्दिरको ढोकाबाट भगवान्लाई एकपलकको दर्शन गरी फर्कदा मन आनन्दीत र हर्षले बिभोर भएको महसुस हुदोरहेछ।संसारमा सबैको आआफनै धर्म आस्था अनि विश्वास देखिन्छ यस्तै अदभूत आस्था र विश्वास यहाँ देख्न सकिने रहेछ। चौबीसै घण्टा चहल पहल भैरहने बजार मन्दिर पसल खुला रहेको सुरछित स्थान तिरुमल्ला हिलमा दुई दिन पुरा बस्दा पनि मन भरिएन, हाम्रो चेन्नाइ एक्स्प्रेसले हामी लाई घरफर्कनको लागि बोलाई सकेको थियो तमिलनाडु राज्यको चेन्नाइ सहर पुग्न बाकी नै थियो।
किशन पौडेल ,तिरुपति 2072/1/2520150418_171708
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s