एउटा नाटकको तयारी

एउटा नाटकको तयारी
​सहदेव पौडेल ​
​न्यु योर्क ​

न्यु योर्क एउटा खुल्ला रंगमंच जस्तै छ र यहाँ हामी सबै कुनै पात्र बनेर दौडधुप गरिरहेका हुन्छौँ । जानी नजानी,दुखी हुँदै वा खुसी हुँदै हामी त्यो अभिनय गरेर बाचीरहेका छौँ। जिन्दगीका यस्तै अनेक नाटकहरुको बिचमा हामी केही रङ्गकर्मी साथीहरू भने रंगमंचमै एउटा नाटक “जोडियोस भत्त्किएका मनहरू”को मंचनको तयारी गर्दै छौँ डिसेम्बरको दोस्रो सातामा।

​नाटककार अशेष मल्लले नेपालमा गएको विनाशकारी भूकम्पको परिदृश्यमा लेख्नु भएको यो नाटकलाई नेपाली रंगमंचका सम्मानित रङ्गकर्मी हरि बहादुर थापाले निर्देशन गर्दै हुनुहुन्छ। विगत ३ महिना देखि हामी आफ्नो दैनिकी काम सकेर साँझ बिहान जुन समय मिल्छ त्यही समयमा जसको घरमा पायक पर्छ उसैको घरमा जम्मा भएर नाटकको पुर्बाभ्यास गर्दै छौँ।

म पनि रंगप्रेमी रङ्गकर्मी। न्यु योर्कमा रंगमंचको विविध गतिविधिमा समयले साथ दिए सम्म आफूलाई व्यस्त राख्दै आएको छु। कहिले नेपाली-अमेरिकन भाइ बहिनीहरूलाई विभिन्न कार्यक्रमको बिचमा प्रस्तुत गर्ने नाटक सिकाएर होस् वा यतैका रङ्गकर्मी साथीहरू सँग मिलेर नाटक खेलेर होस् मेरो रंगमंचको तृष्णा मेटी रहेको छु।  नेपाली संवाद बोलेर स्टेजमा नोर्लेको, नेपाली नाटकमा नखेलेको वर्षौं भएको छ। उता नेपालमा सहकर्मी रङ्गकर्मी साथीहरूले नेपाली रंगमंचमा गरेको उल्लेखनीय काम देखेर यो मन त्यसै छटपटाई रहेको छ। मैले रंगमंचको अध्ययन गरेर पनि नेपाली रंगमंचको  लागि केही गर्न सकिन भन्ने चिन्ता पनि लाग्छ कहिले कहीँ। फेरी लाग्छ अब यही पनि त ठुलो नेपाली समाज छ। नाटक हेर्ने , नाटक गर्ने कलाकारहरू यहाँ पनि हुनुहुन्छ। व्यावसायिक नाटक गर्ने नेपाली-अमेरिकनहरुको खाँचो यहाँ पनि छ। हामी हाम्रै भाषामा हाम्रै शैलीमा यहाँका दर्शकहरुलाई नाटक देखाउन सक्छौँ।  त्यही प्रयासको एउटा सुरुवात पनि  हो  नाटक “जोडियोस भत्त्किएका मनहरू” को मन्चन।

अमेरिकाका थुप्रै राज्यहरूमा नेपाली समुदायको बाक्लो उपस्थिति छ, विभिन्न सङ्घ संस्थाहरू छन् – ती सबैले थोरै सहयोग गरे भने पनि हामी रंगकर्मीहरु खुसी भएर वर्षमा कम्तीमा २,३ वोटा नाटक लिएर पूर्व पश्चिम यात्रा गर्न सक्छौं र   हाम्रो आवाज रंगमंच मार्फत व्यक्त गर्न सक्छौँ।

अहिलेको हाम्रो प्रयासलाई धेरैले साथ दिनु भएको छ।  २ सोको  करिब ३ सय टिकट सकिसकेको छ। न्यु योर्क भन्दा बाहिरका  रंगप्रेमीहरुले पनि नाटकलाई आफ्नो सहरमा प्रदर्शन गर्नु पर्छ भनेर अनुरोध गर्दै हुनुहुन्छ। नाटक प्रदर्शन पछि तपाइँहरुको प्रतिक्रिया सुन्न हामी आतुर छौँ। अब डिसेम्बर १३ आइतबारका दिन ३ बजे र ७ बजे न्यु योर्कको 777 थियटरमा  भेटौला- अनि भेटेरै भन्नु होला ब्रेक अ लेग !

​( नाटक:जोडियोस भत्किएका मनहरू लेखक: अशेष मल्ल, निर्देशक: हरि बहादुर थापा,
कलाकार: नदिया लिवाङ्ग , यादव गौतम, सहदेव पौडेल, संगीता उप्रेती, दिपिका श्रेष्ठ , अनुज थापा , ज्योति कुमार श्रेष्ठ,विकाश बिस्ट, कृष् थापा , क्रिस्टल थापा, दिलाश्मा रजक,
स्टेज मेनेजर :नदिया लिवाङ्ग
सहायक निर्देशन: सहदेव पौडेल
प्रदर्शन स्थान: 777 Theatre 777 8th Ave bet 47th and 48th Streets, New York City
मिति: डिसेम्बर १३ , आइतबार
समय: ३ बजे र ७ बजे
टिकट : $२५ , $५० , $१०० )

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s