‘यात्रा रहेछ जिन्दगी’

यात्रा रहेछ जिन्दगी

सहदेव पौडेल

भन्छन् जिन्दगी एक यात्रा हो र हामी एक यात्री। हिड्दै जांदा को को भेटिन्छ, कसरी हामी सहयात्री बन्छौ र एउटा अबिष्मरणिय यात्राको रचना गर्छौं। यो एउटा त्यस्तै यात्राको कथा हो। यो कथा हालै टर्किश एयरलाईन्सबाट काठमाण्डू हुंदै अमेरिका आउने क्रममा परिचय भएका साथीहरुको हो।

अमेरिका जाने डिभी परेपछि खुशी नहुने परिवार को होला र! त्यसमा पनि छोरा छोरीको भबिष्य जोडिए पछि त खुशी झन् दोब्बर हुने नै भयो। लकडाउनको समय छ। नियमित उडानहरु बन्द छ। अमेरिकाको पनि दुई तिनवटा एयरपोर्ट मात्र खुलेको छ। टिकटको मुल्यले अन्तरिक्ष छोएको छ। भिसाको अबधि सकिनु अघि नै उड्नु छ तर कसरी? आफु पुग्ने सहरको एयरपोर्ट बन्द छ। ओहो सम्झंदै अत्यास लाग्दो छ। यहि चिन्तामा हुनुहुन्छ बस्नेत परिवार!

भर्खरै बिए पास गरेर बसेकी आफ्नी छोरीलाई डिभी परेपछि अर्याल बा पनि खुशी हुनु भयो। तर छोरी यस्तो अबस्थामा कसरी एक्लै अमेरिका जान सक्छे त? यात्रामा चिनजानको कोही छैनन्। न्युयोर्क नै पुगे पनि त्यहाॅंबाट छोरी कसरी भर्जिनिया जान्छे होला? चिन्ताको भारी निक्कै गहरुंगो छ।

परिवार संग छुट्टी मनाउन नेपाल पुगेका राई दाईलाई पनि आफ्नो यता अमेरिकाको घर ब्यबहार सम्हाल्न अमेरिका फर्कनु नै छ। ईलाममा बसिरहेका राई दाईले एक दिन अघि टिकट पक्का गरेर आफ्नो सानु छोरा सहित रातारात काठमाण्डू आई पुगे। सबारी पास लिन भोग्नु परेको दुख र बल्ल बल्ल अमेरिका फर्कन पाउनुको मिश्रित भाव राई दाईमा देख्न सकिन्थ्यो।जहाज मध्य आकाशमा उडीरहेको बेलामा उहाॅंलाई चीन्ता छ न्युयोर्कबाट टेन्नेशी कसरी पुग्ने होला।

रिजाल भाई बिवाह गर्नै भनेर फेब्रुवरीमा नेपाल गएका थिए। लकडाउनले गर्दा समयमा फर्कन पाएनन्। ग्रीनकार्डमा ६ महिना भन्दा बढि नेपाल बस्दा समस्या आउने भएकोले कसरी हुन्छ फर्कन पाए हुन्थ्यो भनेर रिजाल भाई चिन्तित थिए। एकै दिन अगाडी टिकट पक्का भए पछि उनी पनि भर्खरै बिवाह बन्धनमा बाधिएकी जीवन संगीनीलाई छाडेर कर्मथलो लागे।

६ महिनाको नेपाल बसाई पछि, दुई बर्षको छोरालाई परिवारकै साथमा छाडेर चितवनबाट करुणा पनि मन दर्हो बनाएर कर्मथलो उडिन्।

म पनि ४ महिना देखि नेपालको लकडाउनमा फसेको थिएं। यता घर ब्यबहार सम्हाल्न आउनै पर्नै भयो र आफ्ना दुई साना छोराहरु र श्रीमतीलाई नेपालमै छाडेर अमेरिका आउंदै थिंए।

टिकट सामन्य बेलाको भन्दा डब्बल तेब्बर थियो। चार्टर फ्लाईटको नाम दिएर करिब तीनहजार डलरबाट सुरु भएको टिकट हामी फर्कने बेलामा १७०० डलरमा आई पुगेको थियो। महंगै टिकट भए पनि फर्कनै पर्ने जानै पर्नै बाध्यताले हामी सबैलाई बाधेको थियो।

लकडाउनको समयमा अमेरिका त्यो पनि कोरोनाले आक्रान्त पारेको बेलामा रहरले को आउछ होला र! सबै सॅंग एउटा बाध्यात्मक परिस्थिती थियो। त्यसैले धेरै यात्रुहरुको अन्तिम गन्तब्य न्युयोर्क नभए पनि जसरी हुन्छ अमेरिका आई पुगे पछि बाकी हेर्दै जाऔंला र जसरी पनि आफ्नो गन्तब्यमा पुगिएला भन्ने आशा गरेर हामी सबै उड्यौं।

एक छोरा, एक छोरी, श्रीमती र आफु न्युयोर्कबाट कसरी भर्जिनिया पुग्ने होला भन्ने चिन्तामा जलिरहॅंदा बस्नेत परिवार परिवार सॅंग परिचय भयो। पहिलो पटकको यात्रा, चिनजानको कोही छैन! न्युयोर्क कहाॅं हो? भर्जिनिया कहाॅं हो? कसरी यात्रा गर्ने अत्तो पत्तो केही थिएन। संयोगले परिचय भयो र म पनि भर्जिनिया नै जाने थाहा पाए पछि, उहाॅंहरुको डर, चिन्ताको भारी हलुको भयो र आनन्दको स्वाश फेर्नु भयो।

त्यसैगरि अर्याल बा पनि एयर पोर्टमा असिन पसिन सहित आफ्नी छोरीको लागि भर्जिनिया सम्म जाने साथी खोज्दै हुनुहुन्थ्यो। म पनि भर्जिनिया जाने थाहा पाए पछि ‘देवता’ नै भेटिए झै खुशी हुनु भयो। र छोरी पनि आफ्नो यात्रा सहज हुने भएकोले खुशी भईन्।

काठमाण्डू बाहिरका हामी धेरै सवारी पास लिएर मात्रै काठमाण्डू जान सक्थ्यौं। सवारी पासको नाममा हरेक जिल्ला प्रशाशन कार्यलयले सबैलाई दुख दिएको थियो।राई दाई भन्नु हुन्थ्यो अमेरिका जाने टिकट छ, तर ईलामबाट काठमाण्डू जाने सवारी अनुमति छैन। मेरा कति साथीहरु त १५/१६ हजार तिरेर एम्बुलेन्समै भएपनि काठमाण्डू आउने तयारीमा हुनुहुन्थ्यो।

हामी सबै आ-आफ्नो कथा ब्यथा बोकेर अन्त्यमा जहाज भित्र पस्यौं। आफ्नो सिट वरपरका साथीहरु सॅग परिचय गर्दै जादा थाहा भयो, राई दाईलाई टेन्नेशी पुग्नु रहेछ। ईलामबाट हिड्दा देखिको चिन्ताले छोडेको थिएन अब कसरी टेन्नेशी पुग्ने चिन्ता थपियो। त्यस्तै चिन्ता थियो बोस्टन पुग्नु पर्ने लक्ष्मीलाई, न्यु ह्याम्पसायर पुग्नु पर्ने केसी परिवार र ओहायो पुग्नु पर्ने जय लाई। अनि न्युयोर्कनै अन्तिम गन्तब्य भएकाहरुलाई भने आफ्नो भन्दा हाम्रो चिन्ता थियो। सायद सहयात्री हुनु भनेकै यहि त त होनी!

प्लेन यात्रा त्यति सुखमय नभए पनि हामी न्युयोर्क ओर्लन पाउदां भने खुशी नै थियौं। कसैको श्रीमान मेरील्याण्ड, भर्जिनियाबाट ड्राईभ गरेर आफ्नो परिवार लिन एयर पोर्ट आएका थिए। टाढाका राज्यहरुमा जानु पर्नेहरु डोमेस्टिक जहाजको चाजोपाजो मिलाउन लागे। न्युयोर्कका साथीहरु खुशीहुदै आफ्नो गन्तब्य तिर लागे। अनि हामी भर्जिनिया पुग्नु पर्नेहरु गाडीको तयारीमा लाग्यौं। संयोगले साथीहरुको सहयोगले एक नेपाली मित्र संग परिचय भयो र उनले हामीलाई आफ्नो कारमा राखेर भर्जिनिया लेराई दिनु भयो। मैले सबैलाई आ-आफ्नो गन्तब्यमा पुर्याई दिए। सबै जना धेरै खुशी हुनु भयो म पनि चार महिना पछि आफ्नो कर्मघर फर्कन पाएकोमा खुशी भए।

यदि कोरोनाको डरले हवाई यात्रा अबरुद्ध नभएको भए सबै यात्रुहरु आफ्नो सहर नजिकैको एयरपोर्टमा कति आनन्दले खुशी हुदै अमेरिका आउथे होलान्! कल्पना गरे भन्दा पनि बढि भाडा, टर्किश एयरलाईन्सको तल्लो स्तरको सेवा, लामो र भोको यात्रा एउटा नमिठो सम्झना भएर बसिरहने छ।नेपाल सरकारले चार्टर फ्लाईटको नाममा अप्ठ्यारोमा परेका यात्रुहरुलाई चुस्नु हुदैन। यस्तो बेलामा त सरकार सहयोगी पो बन्नु पर्छ तर सरकार आफ्नै जनताको दुख चुसेर ब्यापार गर्दैछ।

अहिले सम्म त सबै साथीहरु आ-आफ्नो गन्तब्यमा पुगेर आराम गर्दै हुनुहुन्छ होला। कोही सेल्फ क्वारेन्टिनमा हुनुहोला, कोही महिनौं पछिको घरको सरसफाईमा ब्यस्त हुनुहोला, पहिलो पटक अमेरिका आउनेहरु आफ्ना आफन्त सॅंग नेपालको दुख सुख बाड्दै हुनुहोला। म पनि एक्लै आराम गर्दै गायक राम कृष्ण ढकालको “ यात्रा रहेछ जिन्दगी…..” गुनगुनाउदै छु र आशा गर्छु आगामी यात्रा सबैको सुखमय हुनेछ।

फेरी भेटौंला।

###

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s