जुपिटर ग्रह नेपालको ठ्याक्कै माथि पर्ने भएकोले UFO जुपिटरमा ठोकिए पछि त्यसबाट निस्केको
हावाको बहाब र धुलोको कारणले नेपालमा डरलाग्दो हावाहुरी आएको हो।
जुपिटर ग्रह नेपालको ठ्याक्कै माथि पर्ने भएकोले UFO जुपिटरमा ठोकिए पछि त्यसबाट निस्केको
हावाको बहाब र धुलोको कारणले नेपालमा डरलाग्दो हावाहुरी आएको हो।
Is it wings? Is it bones? No its Oculus and Oculus’ visual pureness captures everyone’s attention.
After 12 years, a new transit station has opened at the World Trade Center. I recently went there to take photos and feel the grandness.
First I lost—which was good. I tried to look around and take photos using my iPhone 5s.
Do you know how much it cost to build? $4 billion (public money).
Do you know who designed Oculus? Spanish architect Santiago Calatrava.
Do you know how to reach there? Take E train to World Trade Center station or R to Corltland Street Station or PATH Train
Walking around the World Trade Center, I always feel some kind of silence. Inside Oculus, there’s silence, there peace and there’s beauty.
मैले पढेका कथा/उपन्यासहरु मध्यका संभबत सबै भन्दा दुखी पात्र हो “नजिब”
बेन्यामिनको उपन्यास “खबुज” को मुख्य पात्र नजिबले साउदी अरबमा भोगेको जिन्दगी वास्तविक जीवन कथामा नै आधारित हो।नजिब जस्तो सुकै दुखमा पनि खुसीको त्यन्द्रो कस्तो मज्जा सँग खोज्छ र अति भए पछि मात्र उसका आँखाबाट त्यो उजाड मरुभूमीमा दुई थोपा आँसु खस्दा खस्दै बिलाउछ।
“खबुज” मिठो सपना देखेर घर परिवार छाडेर विदेशमा सुखको सिला खोज्ने ती सबै युवाहरूको कथा हो। यसको मुख्य पात्र भारतीय मलायम नजिब भए पनि उनी हाम्रै नेपालबाट अरबको मरुभूमी पुग्ने नवीन, नरेश, वा नारानकै एक अबतार हुन।
दुखको मरुभूमीमा डुबेको नजिब खुल्ला मन भएको एउटा अत्यन्तै साधारण पात्र हो। उ जस्तो दुखको पहाड चढ्ने वा चढ्दै गरेका युवा युवतीहरु अरबमा लाखौँ होलान्। नजिब तिनै लाखौँ पात्रहरुको एक प्रतिबिम्ब हुन।
अनुवादित उपन्यासको भाषा सरल छ।अनुवादित उपन्यास पढे जस्तो पनि लाग्दैन।
मनै छुने “खबुज” अङ्ग्रेजी संस्करण “गोट डेज”को अनुवाद हो। जसलाई दिनेश कफ्लेले अनुवाद गर्नु भएको हो। फाईन प्रिन्टले प्रकाशन गरेको यो पुस्तक पेन्गुइन इन्डियासँग अनुवाद अधिकार लिएर प्रकाशित गरेको हो।
सहदेब
न्यु योर्क
फेब्रुवरी ६,२०१५
तस्बिरहरु: अशोक पन्त र धन लामा)
नाटक ‘जोडियोस् भत्किएका मनहरू’ को पहिलो प्रदर्शनपछि निर्देशक हरि बहादुर थापाले युद्दमा विजयी कमाण्डरले झैँ सन्तुष्टीको श्वास फेरे। उनी प्रेक्षालयमा बसेर भर्खरै नाटक मञ्चन भएको मञ्चमा हेरिरहेका थिए। अर्को कुनामा कलाकारहरू खुसी र बधाईका शब्दहरू साटासाट गर्दै थिए मानौं उनीहरू नै हुन् युद्द जिताउने बहादुर सिपाही। म भने यी दृश्य अवलोकन गर्दै नाटक हेर्न आउने दर्शकहरुलाई धन्यवाद दिँदै फोन र सोसियल मिडियाबाट आइरहेको बधाई र शुभकामना सबैलाई सुनाउँदै थिएँ।लाग्थ्यो हामी एकेडेमी वा नाचघर कतै छौं। तर टाइम्स स्कवायरको व्यस्त थिएटर डिस्ट्रिकको नजिकै रहेको ७७७ थिएटरमा थियौ।
धेरैले रङ्गमञ्चको राजधानी नै मान्छन न्युयोर्कलाई। यहाँ हरेक दिन सयौं थरीका नाटकहरु मञ्चन भइरहन्छन्। कलाकार बन्ने सपना बोकेर विभिन्न देश र अमेरिकाकै प्रान्तबाट रङ्गभूमीमा सङ्घर्ष गर्न आउनेहरु हजारौँ छन्।
डे जबमा जे भेटिन्छ त्यही गर्ने र समय निकालेर नाटक र कलामा समर्पित हुनेहरु र एकदिन ब्रोडवेमा नाटक गर्ने सपना बोकेकाहरु पाइला पाइलामा भेटिन्छन्। गतवर्ष यहाँ नाटक हेरेपछि नाटककार अशेष मल्ले भन्नुभएको थियो, ‘हामीले नेपाली नाटकलाई पनि यो सहरमा प्रदर्शन गर्नु पर्छ।’
म यँहाको एउटा साहित्यिक कार्यक्रममा प्रस्तुत गर्नको लागि उहाँले नै लेखेको छोटो नाटकमा यहाँका अमेरिकन-नेपाली भाइ बहिनीहरूलाई खेलाउदै थिएँ। त्यसैगरी नेपालका सम्मानित रङ्गकर्मी र थुप्रै एतिहासिक नाटकहरु मार्फत आफ्नो परिचय उच्च राख्नु भएका रङ्गकर्मी हरि बहादुर थापा पनि न्यूयोर्कमा हुनुभएको बेलामा “भाइ केही गरौँ न केही गरौँ” भनिरहनु हुन्थ्यो। यो वर्ष हामी सबैको त्यो सपना पुरा भएको छ। नाटक प्रदर्शनको सफलता सुनेर अशेष मल्ल फोनमा निकै पुलकित सुनिनु हुन्थ्यो।
नाटक प्रदर्शनको यो यात्रा सहज थिएन। कलाकारको खोजी, नाटक रिहर्सलको तालिका, नाटक मन्चनको हल र त्यो भन्दा पनि महत्वपूर्ण नाटक तयार पार्न लाग्ने खर्च र हेर्न आउने दर्शकहरुको व्यवस्थापन गर्नु हाम्रो लागि पहाड थियो।कोही कलाकार सबेरै काममा जाने, कोही रातभर काम गर्ने, कोही जुन बेला फोन आउँछ त्यही बेला दौडिनु पर्ने, कोही स्कुल जानु पर्ने। यी सबैबीच समन्वय गरेर जहाँ पायक पर्छ त्यहीँ , जुन समयमा मिल्छ त्यही समयमा जम्मा भएर सबैले जुन साधना गरे, त्यो सन्तुष्टि छरिएको देखिन्थ्यो नाटक प्रदर्शन पछि।
नाटकमा हाम्रै कथा थियो। हामी कतिपयले प्रत्यक्ष रूपले विनाशकारी भूकम्प नभोगे पनि मानसिकरुपमा पीडित थियौँ नै। नाटक हेर्न आउने धेरैजसो त्यो विनाशकारी भूकम्पको प्रत्यक्षदर्शी थिए। ज-जसलाई भेटेँ , जजसले सामाजिक सञ्जालमा लेखे आँखा रसाएन भन्ने कोही थिएनन्। कहिल्यै पनि नाटकमा अभिनय नगर्नु भएकी संगीता उप्रेती र धेरै दर्शकको माझ पहिलो पटक अभिनय गर्नु भएकी नदिया लिवाङ्गको अभिनयले सबैको मन जितेको थियो। त्यसैगरी दिनभरी काम गरेर साँझमा ढल्के घाम जसरी रिहर्सलमा आउनुहुने उमेरले ७० टेक्नै लागेका तर अभिनयको जोसले युवा देखिनुहुने यादव गौतम,’पापी पेटको सवाल छ’ भन्दै रिहर्सल सक्ने बित्तिकै काममा दौडिनुहुने कृष्ण थापा, दिउँसो कम सुतेर र साँझको रिहर्सल सकेर रातीको कामको तयारीमा हतारिँदै लाग्ने विकास बिष्ट र ज्योति कुमार श्रेष्ठले नाटकमा एक भन्दा बढी भूमिकामा बिना थकावट अभिनय गर्नु भयो। बिहानै स्कुलमा पुग्नु पर्ने क्रिस्टल थापा र दिलाष्मा रजकले स्कुलबाट आउने बित्तिकै होमवर्क सकेर साँझमा हामीसँगै रिहर्सलमा साथ दिनुभयो। त्यसैगरी वास्तविक जीवनका जोडी दिपिका श्रेष्ठ, जो आफुलाई “स्टोरीटेलर” मान्नुहुन्छ, र अनुज थापाले पनि निकै उत्साहका साथ नाटकमा साथ दिनु भयो। अनुजले त् अभिनय मात्रै नभै एक सञ्चारकर्मीको रुपमा प्रचारप्रसारको पनि जिम्मा लिनु भयो। नाटक रङ्गमञ्चको अध्ययनले मलाई पनि यो नाट्य प्रस्तुतिलाई सहज, व्यावसायीक र व्यवस्थित बनाउन ठूलो सहयोग गर्यो।
अध्ययनलाई व्यवहारिक बनाउन निर्देशक हरि बहादुर थापा र साथमा विश्व थापा, विराज रिजाल र मिठ्ठु थापा लगायत सबै कलाकारहरूले उत्तिकै सहयोग गर्नुभयो। करिब ७ फिट अग्लो भत्त्किएको धरहरालाई मञ्चसज्जाको रूपमा निर्माण गर्नु हुने सुदिप श्रेष्ठको कला र राकेश श्रेष्ठले नाटक प्रदर्शनको अन्तिम समयमा संयोजन गर्नु भएको प्रकाश व्यवस्थापनले नाटकलाई झनै उज्यालो बनाएको थियो।
हुन् त् यसरी नेपाली नाटकलाई अमेरिकाको न्यूयोर्क सहरको व्यस्त अफ ब्रोडवे थियटरमा प्रस्तुत गरिएको पहिलो पटक हो। तर हामीले नाटकलाई सफलतापुर्वक मञ्चन गरेर धेरै दर्शकहरुको मन जितेका छौँ। हामीले न्यूयोर्कमा नेपाली नाटक प्रदर्शनको एउटा यात्रा सुरु गरेका छौँ। आउने दिनहरूमा यो यात्राले निरन्तरता पाउनेमा मलाई पूर्ण विश्वास पनि छ। जसरी हामीले हरि बहादुर थापा सँग काम गरेर धेरै सिक्यौं आउने दिनहरूमा नेपालबाट आउने अन्य रङ्गकर्मी वा लेखकसँग मिलेर नयाँनयाँ नाटकहरु तयार पारेर अमेरिकाको अन्य सहरहरूमा जाने वा अमेरिका कै रङ्गकर्मी तथा नाटककारसँग सहकार्य गरेर नयाँ नाटकहरु निर्माणको सम्भावना खुलेको जस्तो लाग्छ।
नाटक अभिनयको झझल्को अझै आँखा आगाडी आइरहेको छ। नाटकमा प्रयोग गरिएको भेषभूषा अझै पनि जस्ताको तस्तै राखेको छु। उता न्यू ह्याम्प्सायर र बोस्टनका साथीहरू नाटक लिएर यता आउनु पर्छ भन्दै छन्। अहिलेलाई हामी सबैको एउटा सपना साकार भएको छ र फेरी नयाँ सपना बुनेका छौँ- ‘टाइम्स स्क्वाइयरको झिलिमिलीमा हाम्रो नाटकको पोस्टर होस्, नाटक हप्तौँ चलोस् र न्यु योर्क टाइम्सले रिभ्यु लेखोस् र भन्न पाइयोस्-म नाटकको लागि नै बाँचेको छु र नाटकले नै मलाई बचाई रहेको छ।’
(पौडेल नाटक “जोडियोस भत्त्किएका मनहरू” का सहायक निर्देशक हुन्।)
न्यु योर्क एउटा खुल्ला रंगमंच जस्तै छ र यहाँ हामी सबै कुनै पात्र बनेर दौडधुप गरिरहेका हुन्छौँ । जानी नजानी,दुखी हुँदै वा खुसी हुँदै हामी त्यो अभिनय गरेर बाचीरहेका छौँ। जिन्दगीका यस्तै अनेक नाटकहरुको बिचमा हामी केही रङ्गकर्मी साथीहरू भने रंगमंचमै एउटा नाटक “जोडियोस भत्त्किएका मनहरू”को मंचनको तयारी गर्दै छौँ डिसेम्बरको दोस्रो सातामा।
A short audio promo for our upcoming Nepali play Jodiyos Bhattkieka Manharu. pic.twitter.com/M1URmPIrgw
— Sahadev Poudel (@Sahadevision) December 1, 2015
नाटककार अशेष मल्लले नेपालमा गएको विनाशकारी भूकम्पको परिदृश्यमा लेख्नु भएको यो नाटकलाई नेपाली रंगमंचका सम्मानित रङ्गकर्मी हरि बहादुर थापाले निर्देशन गर्दै हुनुहुन्छ। विगत ३ महिना देखि हामी आफ्नो दैनिकी काम सकेर साँझ बिहान जुन समय मिल्छ त्यही समयमा जसको घरमा पायक पर्छ उसैको घरमा जम्मा भएर नाटकको पुर्बाभ्यास गर्दै छौँ।
Sangita Upreti in full swing- come to see her performance on stage at 777 Theatre NYC. Dec 13th. #NepaliPlay. pic.twitter.com/oSv4naiLN1
— Sahadev Poudel (@Sahadevision) November 29, 2015
अमेरिकाका थुप्रै राज्यहरूमा नेपाली समुदायको बाक्लो उपस्थिति छ, विभिन्न सङ्घ संस्थाहरू छन् – ती सबैले थोरै सहयोग गरे भने पनि हामी रंगकर्मीहरु खुसी भएर वर्षमा कम्तीमा २,३ वोटा नाटक लिएर पूर्व पश्चिम यात्रा गर्न सक्छौं र हाम्रो आवाज रंगमंच मार्फत व्यक्त गर्न सक्छौँ।
Let the poster speak-a scene from upcoming Nepali play in Off Broadway theatre in New York City. pic.twitter.com/3whHYo22l5
— Sahadev Poudel (@Sahadevision) November 26, 2015
अहिलेको हाम्रो प्रयासलाई धेरैले साथ दिनु भएको छ। २ सोको करिब ३ सय टिकट सकिसकेको छ। न्यु योर्क भन्दा बाहिरका रंगप्रेमीहरुले पनि नाटकलाई आफ्नो सहरमा प्रदर्शन गर्नु पर्छ भनेर अनुरोध गर्दै हुनुहुन्छ। नाटक प्रदर्शन पछि तपाइँहरुको प्रतिक्रिया सुन्न हामी आतुर छौँ। अब डिसेम्बर १३ आइतबारका दिन ३ बजे र ७ बजे न्यु योर्कको 777 थियटरमा भेटौला- अनि भेटेरै भन्नु होला ब्रेक अ लेग !
( नाटक:जोडियोस भत्किएका मनहरू लेखक: अशेष मल्ल, निर्देशक: हरि बहादुर थापा,
कलाकार: नदिया लिवाङ्ग , यादव गौतम, सहदेव पौडेल, संगीता उप्रेती, दिपिका श्रेष्ठ , अनुज थापा , ज्योति कुमार श्रेष्ठ,विकाश बिस्ट, कृष् थापा , क्रिस्टल थापा, दिलाश्मा रजक,
स्टेज मेनेजर :नदिया लिवाङ्ग
सहायक निर्देशन: सहदेव पौडेल
प्रदर्शन स्थान: 777 Theatre 777 8th Ave bet 47th and 48th Streets, New York City
मिति: डिसेम्बर १३ , आइतबार
समय: ३ बजे र ७ बजे
टिकट : $२५ , $५० , $१०० )
Work in progress- a scene from rehearsal of Nepali play Jodiyos Bhattkieka Manharu-performing at 777 Theatre NYC. pic.twitter.com/YPtKV1edVD
— Sahadev Poudel (@Sahadevision) November 28, 2015
नेपालमा सिविल इन्जिनियरको रूपमा काम गर्दै सडक, पुल बनाएर हिड्ने एक नेपालीले सन् २००४ मा इन्डोनेसियामा आएको सुनामी पछि उक्त सरकारी काम छोडेर संयुक्त राष्ट्रसंघमा जोडिएर इन्डोनेसियामा मात्रै ३८० स्कुल बनाउन सहयोग गरे। त्यसपछि हैटीमा आएको भूकम्प पछि छानो र छाप्रो बनाउन हैटी गए। अहिले उनी Greece मा UNHCR ( United Nations High Commissioner for Refugees, also known as the UN Refugee Agency) मा रिफ्युजीहरुको आत्मा सम्मान गर्दै उनीहरूको लागि क्याम्प बनाउछन ।
यस्ता सहयोगी मनका नेपालीको तस्बिर फेसबुकको सर्वाधिक चर्चित पेज Humans Of New York (HONY) मा प्रकाशित भएको छ। यो पेजको निर्माण फोटोग्राफर Brandon Stanton ले गरेको हुन। Brandon ले लिएको जुन उक्त तस्विर HONY को पेजमा प्रकाशित भएको २० घण्टामा ३ लाख २० हजार भन्दा बढी लाइक प्राप्त भएको
लगभग २३ हजार पटक सेयर भएको छ भने अनगिन्ती कमेन्टले स्वागत गरिएको छ।
उक्त पोष्ट ट्वीटरमा यो ब्लग लेख्दा सम्म ४५५ पटक रिट्विट भएको छ।
“I used to work as civil engineer in Nepal. I worked on government projects: bridges, roads, things like that.” pic.twitter.com/P1kMT6CPbH
— Brandon Stanton (@humansofny) October 4, 2015
“I used to work as civil engineer in Nepal. I worked on government projects: bridges, roads, things like that. But I…
Posted by Humans of New York on Sunday, October 4, 2015
र Shereen Zall ले लेख्नु भएको सर्वाधिक मन पराइएको कमेन्ट यस्तो छ “A lot of humans but little humanity in this world thank you HONY for showing us how caring this man is!! I’m sure refugees are really thankful for you 🙂 your an angel on earth! Thank you from the bottom of my heart.”
” यो संसारमा धेरै मान्छेहरू तर थोरै मानबियता छ , धन्यवाद हुमेन्स अफ न्यु योर्क हामीलाई यी मान्छे कत्ति ख्याल गर्ने रहेछन् भनेर देखाएकोमा। मलाई लाग्छ रिफ्युजीहरु धेरै धन्य छन् 🙂 तिमि यो धर्तीको एक एन्जेल हो। मेरो भित्री मन देखि धन्यवाद।”
रंगमञ्चमा रमाउदै छ सरोज
सहदेव पौडेल
महाभारत जस्तो आफ्नै जिन्दगीमा अनेकौँ अध्याय लेख्न व्यस्त सरोज ८ वर्ष पछि जिन्दगीको रणमैदानबाट रङ्ग मैदानमा उत्रेको छ-विपी कोइरालाको जीवन वरपर आधारित अभी सुबेदी लिखित नाटक”सान्दाजुको महाभारत”को भीडमा विभिन्न पात्रहरु बनेर।
कुनै समय सरोज, म र हामी केही रङ्गकर्मी साथीहरू नेपाली रंगमंच हाम्रै काँधमा छ भन्ने ठानेर हावाको गतिमा पात जसरी कहिले यता कहिले उता उडी रहन्थयौं। उड्दा उड्दै म अमेरिकामा प्लेब्याक थियटरको अध्ययन गर्न गएँ । सरोज भने उतै बसेर पम्पकिन थियटरमा फर्सी भन्दा पनि राम्रा सपना रोप्न लाग्यो। म यताबाट केही ज्ञानगुनका कुरा सिकेर नेपाल फर्किएँ र फेरी रगमंचमा व्यस्त हुन खोजें । सुनिल सर(सुनिल पोखरेल)ले कुनै बेला भन्नु हुन्थ्यो “तिमीहरू भूतले खाना खाने बेलामा जन्मेका हौँ ” उहाँको मनसाय हामी रंगकर्म सेलाएको बेलामा आयौँ, धुंवा पनि उडीसकेको बेलामा आयौँ, अलि अलि धुकधुकी कहिले नाचघर र कहिले एकेडेमी र केही सर्वनाम र आरोहण जस्ता नाट्य समूहले बचाएर राखेको थियो । हामी रंगमंचमा आफ्नै आगो बाल्न चाहन्थ्यौँ । हामी भन्थ्यौँ हामीले खाने पनि नाटक, लाउने पनि नाटक , बोल्ने पनि नाटक र सुत्ने पनि नाटक!अनि हामी आफ्नै एकेडेमीको सपना बुन्थ्यौं। यसरि सपना बुन्दा बुन्दै देश रण मैदानमा परिणत भयो, साथीभाई महाभारतको लडाइमा जस्तो तितर बितर भए। कोही कौरब बने , कोही पाण्डव र म बने परदेशी!
सरोज अर्को १/२ वर्ष पम्पकिन थियटरमा रंगमंचको फर्सी पकाउने प्रयासमा लागि रह्यो। अर्काको बारीमा रोपेको फर्सी -मेरो मतलब अर्काको स्कुलमा निर्माण गरेको हुर्कदै गरेको पम्पकिन थियटर स्कुल सँगै विलीन भयो त्यसपछि सरोज पनि लाग्यो अमेरिका-आफ्नै कथा बोकेर!
अमेरिकामा नेपालमा देखेको जस्तो रंगमंचमा आगो बाल्छु भन्ने सपनाले काम नगर्दो रहेछ। नाटक पढियो, आकल झुक्कल रंगमंचमा झुल्कियो, यहाँ भएका नेपाली-अमेरिकन भाइ बहिनीहरूलाई नाटक गराउने पनि गरियो तर अझै पनि मन खोलेर रंगमंचमा उफ्रिन सकिन। बिस्तारै अमेरिकामा नाटकमा खेल्ने भन्दा हेर्नमा म पनि व्यस्त हुन् लागेँ।सरोज पनि आफ्नो महाभारतमा व्यस्त भयो र जिन्दगीका कयौँ बाणहरुले घाइते पनि बनायो र झन्डै अस्तायो पनि ! म बिदुर जसरि उसको जीवन कथा हेरी रहेँ। जिन्दगीको महाभारतले अनेक मोड लिए पछि उ नेपाल फर्कियो र धुलो लगेर बसेको पम्पकिन थियटरको मास्क टक टकाउन लाग्यो। फेरी कतै रंगमंचको घरको बिजारोपण गर्दै छु भन्दै थियो पहिले जस्तै कुनै स्कुलमा। उ बिस्तारै जिन्दगीको महाभारतको युद्धमा उडेको धुलो सफा गर्दै स्क्रिप्ट बोकेर फेरी माइक्रो बस र सफा टेम्पो चढेर विशाल नगर, चण्डोलबाट आफ्नो यात्रा सुरु गरेको छ। र अहिले उ ८ वर्ष पछि “सान्दाजुको माहाभारत” मा आइपुगेको छ।
मलाई आशा छ अब उ घाइते हुने छैन। निभेका रंगमंचको सपनाको आगो फेरी बाल्ने छ र रंगमंचलाई उजेलो, न्यानो र रंगिन बनाउने छ।
नाटक “सान्दाजुको महाभारत” थियटर भिलेजमा मन्चन हुँदै छ । नाटकमा बर्षौ पुरानो रङ्गकर्मी आदरणीय सुर्यमाला शर्मा पनि हुनु हुन्छ जो सँग मैले बर्षौ पहिले नाटक “अन्धो युग”मा काम गर्ने अवसर पाएको थिएँ । त्यसै गरी अर्का बहु प्रतिभाका धनी मिलनसार सलील सुबेदी पनि हुनुहुन्छ। जो सँग मैले बर्षौं पहिले होटल बज्रको नाटक “पन्चतन्त्र” मा काम गर्न पाएको थिएँ। त्यसै गरी नाटकको मुख्य पात्र विपीको भूमिकामा उपन्यासकार एवं रङ्गकर्मी डा.संजीव उप्रेती पनि हुनुहुन्छ। नाटक बिमल सुबेदीले निर्देशन गर्दैछन्। बिमलले भारतको नयादिल्ली स्थित नेशनल स्कुल अफ ड्रामामा नाटक अध्ययन गरेका हुन्। नाटक थियटर भिलेजमा यही भाद्र २४ देखि असोज २३ सम्म मन्चन हुँदैछ।
उस्तै उस्तै…… किताबका कभर
टोकियोमा हुने २०२० ओलम्पिक खेलको लोगो the Théâtre de Liege design सँग मिल्यो भनेर उक्त डिजाइनरले टोकियो ओलम्पिकमा उजुरी हाले पछि अहिले टोकियो २०२० ओलम्पिकका आयोजकहरु अक्क न बक्क परेका छन्। Tokyo 2020 को लोगो र the Théâtre de Liege को लोगो मिल्छ कि मिल्दैन आफै हेर्नुहोस्।
हामीले प्राय जसो देख्ने गरको नेपाली लोगो, डिजाइनहरु पनि कहीँ कतै बाट कपि भएको वा अल्टर गरेको भेटेका छौँ। केही नेपाली चलचित्रको पोष्टरहरु त् हुबहु नै अन्य चलचित्र सँग मिल्दो जुल्दो पाईनु अब कुनै नौलो भएन। मलाई नेपाली किताबहरूको आवरण पनि अरू कुनै भाषाका पुस्तकको आवरण सँग मिल्छ कि मिल्दैन भनेर खोजी गर्न मन लग्यो। गुगल इमेजमा खोज्दा उस्तै भेटिएका पुस्तकका कभरहरु यस्तो पोस्ट गरेको छु छ। अब त् नेपाली पुस्तकहरुको कभर पनि अन्य भाषाका पुस्तकहरू र गुगलमा भेटिएका केही तस्बिर सँग मिल्दो जुल्दो पाएकोले यहाँ समावेश गरेको छु।
@sayamiprakash @DhanBDMagar म संग यो पनि छ है। pic.twitter.com/TnkTs0wA1I
— Sahadev Poudel (@Sahadevision) September 8, 2015
//platform.twitter.com/widgets.js
उस्तै उस्तै….किताबका कभर पार्ट २- तस्विर आफै बोल्छ।निबन्धकार युवराज नयाँघरेको"हवाइट हाउसको घामपानी र #ThirtyUmrigar pic.twitter.com/NiOO40eHMg
— Sahadev Poudel (@Sahadevision) September 7, 2015
//platform.twitter.com/widgets.js
Would you judge a book by its cover? Comments are welcome 🙂
मेरो खुसी,मेरो विश्वास
सहदेव पौडेल
काठमाडौँ प्रवेश पछि लागेको रंगमंच र रेडियोको नशाले कहिल्यै छाडेन र सायद छाड्दैन पनि होला। रंगमंचमा अभिनय र रेडियोमा आवाजले परिचय बन्ला कि भन्दा भन्दै देशको आकाशनै छाडेर परबासमा लागियो। सन् २००४मा अमेरिकाको न्यु योर्कमा आगमन भए पछि आफ्नो नशा अनुसारको पेसा खोजेर हिडियो तर कहाँ भेटिनु र! तर पनि आफ्नो खुसीको लागि समय समयमा मैले रंगमंचमा झुल्किन पनि छाडीन र सँगै रेडियोको नशा मेट्न मैले अनलाइनमा हिमाली स्वरहरू रेडियो पनि निरन्तर सञ्चालन गरी रहेँ।
न्यु योर्कलाई रंगमंचको त् राजधानीनै भनिन्छ। थरी थरीका नाटक, म्युजिकल, ब्रोडवेमा हुने महंगा र जीवन भन्दा पनि ठुला नाट्य प्रस्तुति देखि अफ अफ ब्रोड वेमा संघर्षशील नाट्यकर्मीहरुले आफ्नो नियमित काम पछि समय निकालेर, कहिले साथीको अपार्टमेन्ट होस् वा कुनै पार्कमा गरिने रिहर्सल वा कफी सपमा स्क्रिप्ट रिडिंग गर्दै तयार पर्ने प्रयोगधर्मी नाटकहरुले न्यु योर्कका रंगमंचहरु सधैँ नै व्यस्त हुन्छ। म पनि आफ्नो कामबाट फुर्सदभए पछि वा कहिले नाटकको नशाले लाटो भए पछि , रंगमंचको धुलो खोज्दै त्यही खुसीमा रमाउन पुग्छु।
नाटक गर्न नभ्याए हेरेर भए पनि आफ्नो प्यास मेट्न म रंगमंचमा पुगी रहेको हुन्छु तर गर्नुमा जस्तो मज्जा हेर्नुमा कहाँ र! रंगमंचमा सङ्घर्ष गरिरहेका यहाँ सयौँ समूह छन् भने हजारौँ रङ्गकर्मी। जसले कि त् बिना पैसा वा थोरै पैसामा काम गर्छन्- एउटा सपना बोकेर- ब्रोडवेमा पुग्ने सपना। यहाँको रंगमंचको परिवेश बुझ्न मैले कलेजमा ५/६ वर्ष पनि बिताएँ, तर कलेजको अध्ययनले मात्रै पनि रंगमंचमा काम पाउने होइन। यसको लागी त् निरन्तरता र समर्पण पनि जरुरी छ- जसको लागी समय दिनु पर्छ र पैसाको मुख हेर्नु पनि भएन।
अर्को कुरा अङ्ग्रेजी बोल्दा नेपाली एक्सेंट हुनु, साउथ एसियन ब्राउन छाला हुनुले पनि नाटकमा भूमिका पउन सजिलो छैन। तरमलाई लाग्छ रंगमंचको यात्रा एउटा सङ्घर्षको यात्रा हो, यो आत्म खुसीको यात्रा पनि हो। अनि आफैलाई विश्वास गर्दै अघि बढिने यात्रा हो- जुन यात्रामा म नियमित हिडी रहेछु।बोल्दा एक्सेंट हुनु वा साउथ एसियन हुनुलाई मैले मेरो गहनाको रूपमा लिएको छु । यसमै खुसी भएर अर्को कुनै अडिसनको तयारी गर्छु नै।
अब रेडियोको कुरा, जहिले मैले नेपालमा रेडियो कर्म छोडेर अमेरिका आए, त्यतिखेर भर्खरै नेपालमा एफ एम रेडियोहरु जुर्मुराउदै थिए। अमेरिकामा- त्यसमा पनि न्यु योर्क आए पछि मलाई नेपालमा लागेको रेडियोको नशाले पनि सताई रह्यो। तर न्यु योर्क जस्तो ठाउँमा रेडियोमा बोल्ने त् सपना मात्र पनि देख्नु ठुलो जस्तो लाग्यो। एक दुई पटक यहाँको स्थानीय रेडियोमा पाहुना बनेर गए पछि त् मलाई रेडियोको नशा झन् बढ्यो। यहाँका केही रेडियोमा कार्यक्रम बनाउन त् भनेर बुझ्दा सोध्दा लाग्ने खर्च सुनेर सातो पुत्लो पनि उड्यो। तर पछि जब अनलाइन रेडियोको ज्ञान पाए पछि भने मैले आफ्नै आकाश भेटें, जहाँबाट मैले आफ्नो रेडियोको प्यास मेट्न लागे।
सन् २००७ देखि मैले आफ्नै खुसीको लागि हिमाली स्वरहरू नाम दिएर अनलाइनमा अनेक रेडियो कार्यक्रमहरू बनाउन लागे- जुन अझै निरन्तर छ र रही रहने छ । यो किन निरन्तर रहने छ भने यो मेरो खुसीको काम हो, मेरो विश्वासको काम पनि हो। मैले कसैले भनेर , कसैको लागि ,कुनै पैसा कमाउन गरेको काम होइन। सायद त्यसैले निरन्तर छ। सके सम्म नेपाली-अमेरिकन समुदायलाई हितकर हुने कुराकानी, नेपाली साहित्यका रचना, कथा कविता , र गीत सङ्गीतका कार्यक्रमहरू बनाउछु र अनलाइनमा राख्छु। अहिले हिमाली स्वरहरूको यो यात्रा सुरु भएको ८ वर्ष भएछ।
आफ्नो खुसी र आफै सँग विश्वास भएको काम गर्दा जति आनन्द आउछ सायद अरू काममा सायदै भेटिन्छ होला। दैनिकी अरु काममा व्यस्त भए पनि फुर्सदको समयमा गरिने रंगमंच र रेडियोको कामले मलाई खुसी दिएको छ। मैले बनाएका अनलाइन रेडियो कार्यक्रमहरू सुनेर खुसी हुनेहरु पनि धेरै हुनु हुन्छ। शुभ चिन्तकहरु भन्छन् तपाईँले नेपाली-अमेरिकी समुदायको लागि निकै राम्रो काम गर्नु भएको छ तर म भन्छु- यो काम मैले मेरो खुसीको लागी गरेको काम हो, यसबाट समुदायले केही पायो भने यो थप खुसीको कुरा हो यो
खुसीको यात्रा निरन्तर छ।
#####
दिन प्रतिदिन अमेरिकामा नेपाली आप्रवासीको आगमन बढ्दो छ। अहिले अमेरिकामा कति नेपाली होलान्? सही उत्तर पाउन गाह्रै छ। तर, अनुमानविदहरू भन्छन् अमेरिकामा नेपालीहरूको सङ्ख्या ३ लाख पुगिसक्यो। बिभिन्न उमेर समूहका यी नेपालीहरू नै अमेरिकन नेपाली समूदायका परिचय हुन्। जसलाई म तीन अनुहार- पुराना, युवा र नयाँ अनुहारको रूपमा यसरी ब्याख्या गर्छु।
पुराना अनुहार- जो आफ्नो उमेरको धेरै जसो समय नेपालमा बिताएर अमेरिका आए। पेशागत रूपले उनीहरू सरकारी कामदेखि विभिन्न सङ्घ संस्थामा आबद्ध भए। थोर बहुत नेपाली राजनीति, कलाकारिता र पत्रकारिताको आलाप पनि गाए, र विभिन्न समयमा अमेरिका आउने अवसर पाए र यतै घरजम गरेर बसे। यता आएर जे भेटिन्छ त्यही काम गर्न थाले। नेपालमा बन्दै गरेको परिचय, आत्म सन्तुष्टीका सामाजिक प्रतिष्ठालाई झ्याप्पै छोडेर आउँदा उनीहरूलाई ‘सेल्फ आइडेन्टीटी’ को समस्या पर्यो।
त्यै आइडेन्टीटीलाई बचाई राख्न सामाजिक संस्थाका नाममा विभिन्न सङ्घ संस्था खोल्न लागे, त्यसैको मार्फतबाट आत्म खुसीको लागि विभिन्न पद र आफैले लिने दिने सम्मानको सृजना गर्न लागे।
अहिले जति पनि देखिएको सयौं सङ्घ संस्था र त्यसमा हुने झैँ झगडा छ, त्यही आत्मरतिको कारणले सृजित भएको देखिन्छ। उनीहरू दिनभरि ट्याक्सी चलाएर आए पनि वा तरकारी पसल वा रेस्टुरेन्ट वा कुनै ग्रोसरी पसलमा काम गरेर आए पनि नेपालीहरूको भीड भाडमा आफ्नो परिचय कुनै सङ्घ संस्थाको अध्यक्ष वा सो सरहको रूपमा दिन मन पराउँछन्। उनीहरू मध्ये धेरै अमेरिकन नागरिक भएर पनि सार्वजनिक कार्यक्रममा बज्ने अमेरिकन राष्ट्रिय गीत बज्दा गर्वले छातीमा हात राख्न हिच्किचाउँछन्।
दोस्रो युवा अनुहार हुन्- जो अध्ययनको क्रममा अमेरिका आएर, अध्ययन सकेर विभिन्न पेसामा संलग्न छन्। उनीहरूलाई अमेरिकाको प्राय जस्तो अस्पतालमा वा क्यालिफोर्नियादेखि न्यूयोर्कसम्मका कर्पोरेट कम्पनीहरू, वाल स्ट्रीटदेखि विश्व बैङ्क , हलिउडदेखि ब्रोडवे, फेशनदेखि कला, वाशिंटन पोस्टदेखि न्यु योर्क टाइम्ससम्ममा सङ्घर्ष गरिरहेको भेट्न सकिन्छ। उनीहरू नेपाली समुदायमा दैनिकजसो देखिने भीडमा भेट्न सकिन्न न त कुनै सङ्घ संस्थाको चुनावी दौडमा।
सहभागी छन् यतैको राजनीति, विकास र निर्माणमा। उनीहरू जुलाई फोर्थको इन्डीपेन्डेन्स डे होस् वा अन्य कुनै होलिडे गर्वका साथ छातीका हात राखेर, अमेरिकन नेपालीको रूपमा मनाउछन् । र समय निकालेर नेपालको पुनर्निमाणमा नेपालकै कुनै सङ्घ संस्था मार्फत जुटीरहेको पनि भेट्न सकिन्छ।
तेस्रो, अनुहार हुन् नयाँ पुस्ताका अनुहार- जो सानैमा अमेरिका आएका वा यतै जन्मदै हुर्कदै गरेकाहरू। उनीहरू नेपालीभन्दा पनि अमेरिकन नेपालीको रूपमा हुर्कदै बढ्दै छन्। उनीहरूको साथीसंगी पनि मिश्रित छन्। उनीहरू दुई वा दुई भन्दा बढी भाषा बोल्छन्। नेपालको कला संस्कृतिलाई उनीहरू आफ्नो स्कुल वा कलेजमा गहनाको रूपमा प्रस्तुत गर्छन्।
अमेरिकन राष्ट्रिय गीत पनि उनीहरुलाई कण्ठस्त छ। स्कुलमा होस् वा कुनै सार्वजनिक कार्यक्रममा उनीहरु गर्वका साथ राष्ट्रिय गीत गुण गुनाउँछ्न् पनि। र उनीहरुनै हुन् अमेरिकाको भविष्य पनि। सम्भबत: भोलि व्हाइट हाउसमा पुग्ने, वा एप्पल वा माइक्रोसफ्टको सीइओ बन्ने।
अन्त्यमा,यी तिनै अनुहार अमेरिकी नेपाली समुदायका परिचय हुन् तर सङ्ख्याको हिसाबमा पुराना अनुहारका नेपालीहरू धेरै भएकोले होला समुदायका धेरै जसो गतिविधि उनीहरूकै स्वभावबाट प्रभावित भएको पनि देखिन्छ। तर, दुःखलाग्दो कुरा अहिले तिनै अनुहारबीच पुस्तान्तरणको एउटा खाडल जम्मा हुँदै छ। पुराना र युवा पुस्ताको बिचमा आर्थिक खाडल गहिरो हुँदै गएको छ।
नयाँ र पुराना अनुहारमा विचार, भाषा, धर्म र संस्कृतिको खाडल। अब उनीहरूले युवा अनुहार र नयाँ अनुहारहरुबाट सिक्दै आफूलाई नेपाली-अमेरिकन समुदायको राम्रो उदाहरणको रूपमा प्रस्तुत गर्न सके अलि कति भए पनि पुस्तान्तरणको यो खाली ठाउँ भरिन्थ्यो कि!
First Published on Setopati’s Global Edition