जुपिटर ग्रह नेपालको ठ्याक्कै माथि पर्ने भएकोले UFO जुपिटरमा ठोकिए पछि त्यसबाट निस्केको
हावाको बहाब र धुलोको कारणले नेपालमा डरलाग्दो हावाहुरी आएको हो।
जुपिटर ग्रह नेपालको ठ्याक्कै माथि पर्ने भएकोले UFO जुपिटरमा ठोकिए पछि त्यसबाट निस्केको
हावाको बहाब र धुलोको कारणले नेपालमा डरलाग्दो हावाहुरी आएको हो।
मेरो विश्वकप सपना!
अस्ति भर्खरै जस्तो लाग्छ के नेपाल पनि कुनै दिन विश्व कप फुटबलमा पुग्न सक्ला र भनेर सोचेको तर हेर्दा हेर्दै आफ्नै जीवनकालमा नेपाल विश्वकपमा फुटबल खेलका महारथी राष्ट्रहरु भिडेको प्रत्यक्ष टि.भीमा हेर्ने दिन पनि आयो।
यसपालिको विश्वकप आयोजना गर्ने होडबाजीमा भारत, इरान र सिरिया रहे पनि अन्त्यमा आधुनिक विश्वको शान्तिको संवाहक इरानले खेल आयोजना गर्ने पक्का भए पछि विश्वभरिको भिड इरान तिर तानिएको थियो।नजिकैका छिमेकी राष्ट्रहरु इराक र अफगानिस्तान पनि खेलमा छनोट भए पछि त यति खेर मध्य पूर्वीय देशहरूमा दशैँनै आएको जस्तो भएको छ। यही दशैँ जस्तो विश्वकप फुटबल महोत्सव मनाउन नेपालबाट पनि हजारौँ शुभचिन्तकहरु अफगानिस्तान घुम्दै इरान तिर आइसकेका छन्। खेल सकिए पछि मेरा केही साथीहरू इराक घुम्दै देश फर्कने हो भन्दै आ-आफ्नो योजना सामाजिक सञ्जालमा पोखी रहेका थिए।
कार्यक्रम अनुसार आज पहिलो खेल नेपालले ब्राजिल सँग खेल्दै छ। म नेपालको ठुलो झण्डा ओडेर टिभी अगाडी झुम्मिएको छु। यस्तो एतिहासिक खेल रङ्गशालामा प्रत्यक्ष हेर्न नपाएकोमा निकै थक थक पनि लागि रहेको छ। नेपाली राष्ट्रिय गान बजे पछि त् ओ हो मेरो शरीर भरि काँडा नै काँडा उम्रियो।
नेपालका धेरै जसो खेलाडीहरु विश्वका प्रतिष्ठित फुटबल क्लबहरु सँग खेल्ने खेलाडीहरु हुन्। मुख्य स्ट्राइकर मुकुल शर्मा त पछिल्लो विश्वकपमा अमेरिकाबाट खेलेका खेलाडी हुन्। त्यसै गरी म्यान चेस्टर युनाईटेडमा मिड फिल्डरका रूपमा खेल्ने हरि गौतम, सानै उमेरमा अष्ट्रेलिया पुगेर फुटबलमा उदाएका अरुण जोशी, र नेपाली मूलका जर्मनीका जनक चौधरी जस्ता खेलाडीहरुले नेपाली समूहलाई पाहड झैँ बलियो बनाएको छ। न्यु योर्क टाईम्सले नै नेपाली समूहलाई “टिम अफ रोक” भनेर घोषणा गरेको थियो। त्यस पछि त् नेपाली समूहलाई के चाहियो सबै तिर बाट वाह वाह मात्रै! विश्वकप छनोटमा धेरै गोल रोक्न सफल गोल किपर आप्पा शेर्पा त नेपाली टिमको अर्का शान हुन्। स्वीज़र ल्याण्डले उनलाई बारम्बार आफ्नू देशको सम्मानित नागरिकता दिदा समेत आप्पा हिमाल झैँ नेपाली टिममा नै बसिरहेका खेलाडी हुन्। यी सबै खेलाडीहरुलाई मैदानमा देख्दा रङ्गशाला “नेपाल नेपाल नेपाल” को आवाजले गुन्जायमान भएको थियो। पन्चेबाजाको धुन, विभिन्न देवी देवताका पोशाक र मास्क लगाएका दर्शकहरु, कोही काली बनेका छन्, कोही कृष्ण जस्तो बाँसुरी बजाईरहेका छन्, कोही महादेव जस्तो नाचेर आफ्नू समूहलाई समर्थन गरी रहेका छन्।
म भने यता आँखा भरि हर्षका आँसु भरेर टिभी अगाडी झुम्मिएको छु। पृष्ठभूमिमा युटुबबाट निरन्तर राष्ट्रिय गीत पनि बजाई रहेको छु। लौन कतै खुसीले मेरो हार्ट अट्याक पो हुन्छ कि !ओहो हेर्दा हेर्दै गोल पो भयो। नेपालले विश्वकप को पहिलो खेलमै ब्राजिललाई गोल गरेको छ। टिभीमा स्पेनिश कमेन्टटेटर गोल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल भनेर चिच्याई रहेछन्।यही चिच्याहटले म झसँग बिउझिए। गोल त् गरेको रहेछ तर नेपालले होइन ब्राजिलले क्यामरुनलाई! रात भरि काम गरेर थकित भएर आएको म खेल हेर्दा हेर्दै भुसुक्क निदाएर मिठो सपनामा पो भुलेको पो रहेछु।
मेरो विश्वकप सपना!
सहदेव पौडेल
न्यु योर्क
Photo Courtesy The Himalayan Times By Rajesh Gurung