न्यु योर्क एउटा खुल्ला रंगमंच जस्तै छ र यहाँ हामी सबै कुनै पात्र बनेर दौडधुप गरिरहेका हुन्छौँ । जानी नजानी,दुखी हुँदै वा खुसी हुँदै हामी त्यो अभिनय गरेर बाचीरहेका छौँ। जिन्दगीका यस्तै अनेक नाटकहरुको बिचमा हामी केही रङ्गकर्मी साथीहरू भने रंगमंचमै एउटा नाटक “जोडियोस भत्त्किएका मनहरू”को मंचनको तयारी गर्दै छौँ डिसेम्बरको दोस्रो सातामा।
A short audio promo for our upcoming Nepali play Jodiyos Bhattkieka Manharu. pic.twitter.com/M1URmPIrgw
— Sahadev Poudel (@Sahadevision) December 1, 2015
नाटककार अशेष मल्लले नेपालमा गएको विनाशकारी भूकम्पको परिदृश्यमा लेख्नु भएको यो नाटकलाई नेपाली रंगमंचका सम्मानित रङ्गकर्मी हरि बहादुर थापाले निर्देशन गर्दै हुनुहुन्छ। विगत ३ महिना देखि हामी आफ्नो दैनिकी काम सकेर साँझ बिहान जुन समय मिल्छ त्यही समयमा जसको घरमा पायक पर्छ उसैको घरमा जम्मा भएर नाटकको पुर्बाभ्यास गर्दै छौँ।
Sangita Upreti in full swing- come to see her performance on stage at 777 Theatre NYC. Dec 13th. #NepaliPlay. pic.twitter.com/oSv4naiLN1
— Sahadev Poudel (@Sahadevision) November 29, 2015
अमेरिकाका थुप्रै राज्यहरूमा नेपाली समुदायको बाक्लो उपस्थिति छ, विभिन्न सङ्घ संस्थाहरू छन् – ती सबैले थोरै सहयोग गरे भने पनि हामी रंगकर्मीहरु खुसी भएर वर्षमा कम्तीमा २,३ वोटा नाटक लिएर पूर्व पश्चिम यात्रा गर्न सक्छौं र हाम्रो आवाज रंगमंच मार्फत व्यक्त गर्न सक्छौँ।
Let the poster speak-a scene from upcoming Nepali play in Off Broadway theatre in New York City. pic.twitter.com/3whHYo22l5
— Sahadev Poudel (@Sahadevision) November 26, 2015
अहिलेको हाम्रो प्रयासलाई धेरैले साथ दिनु भएको छ। २ सोको करिब ३ सय टिकट सकिसकेको छ। न्यु योर्क भन्दा बाहिरका रंगप्रेमीहरुले पनि नाटकलाई आफ्नो सहरमा प्रदर्शन गर्नु पर्छ भनेर अनुरोध गर्दै हुनुहुन्छ। नाटक प्रदर्शन पछि तपाइँहरुको प्रतिक्रिया सुन्न हामी आतुर छौँ। अब डिसेम्बर १३ आइतबारका दिन ३ बजे र ७ बजे न्यु योर्कको 777 थियटरमा भेटौला- अनि भेटेरै भन्नु होला ब्रेक अ लेग !
( नाटक:जोडियोस भत्किएका मनहरू लेखक: अशेष मल्ल, निर्देशक: हरि बहादुर थापा,
कलाकार: नदिया लिवाङ्ग , यादव गौतम, सहदेव पौडेल, संगीता उप्रेती, दिपिका श्रेष्ठ , अनुज थापा , ज्योति कुमार श्रेष्ठ,विकाश बिस्ट, कृष् थापा , क्रिस्टल थापा, दिलाश्मा रजक,
स्टेज मेनेजर :नदिया लिवाङ्ग
सहायक निर्देशन: सहदेव पौडेल
प्रदर्शन स्थान: 777 Theatre 777 8th Ave bet 47th and 48th Streets, New York City
मिति: डिसेम्बर १३ , आइतबार
समय: ३ बजे र ७ बजे
टिकट : $२५ , $५० , $१०० )
Work in progress- a scene from rehearsal of Nepali play Jodiyos Bhattkieka Manharu-performing at 777 Theatre NYC. pic.twitter.com/YPtKV1edVD
— Sahadev Poudel (@Sahadevision) November 28, 2015