Tag Archives: critisim

हाइवे र हात्ती

हाइवे र हात्ती
छ जना दृस्टी बिहीन र एक हात्तिको कथा त तपाईले अबश्य नि सुन्नु वा पढ्नु भएकै होला!सारांशमा कथा यस्तो छ:-छ जना दृस्टी बिहीनहरुले ठुलो हात्तीको एउटा एउटा अंग छाम्छन र आफुले छोएको अंगको आधारमा हात्तिको बयान गर्छन|पुच्छर समाउनेले हात्ती त लौरो जस्तो पो रैछ भन्छन ,कान समाउनेले होइन हौ हात्ती त नांग्लो जस्तो पो छ भन्छन ,कहाँ हुन्छ यो त खम्बा जस्तो पो छ हात्तिको खुट्टा छोएर तेस्रोले भन्छन ,होइन होइन यो त हिलोले लिपेर सुकी सकेको भित्तो जस्तो छ चौथोले भन्छन ,के कुरा गर्नु हुन्छ तपाई हात्ती त डोरी जस्तो छ सुंड समाउने पाचौंले भन्छन |खै मलाई त यो हात्ती त लामो पाइप पो जस्तो लाग्यो छैंठोले हात्तिको दुइटा लामो दाँत (दारा) समाएर भन्छन| र एकछिन उनीहरु बीच सानो विवाद नै हुन्छ| एक विद्वान(जो आँखा देख्थे)ले छ जना बीच भएको यो विवाद सुन्छन र भन्छन तपाईहरु सबैले भन्नु भएको सहि हो,किनकि तपाईहरु सबैले हात्तीको बिभिन्न अंग छुनु भयो र त्यसै अनुसार ब्याख्या गर्नु भयो |बास्तबमा हात्तीमा तपाईहरुले भनेको सबै छ र हात्ती त्यसैको समग्र रुप हो|

अहिले मलाई “हाइवे” को बारे धेरैले ब्यक्त गर्नु भएको विचारले “छ दृस्टी बिहीन र एक हात्ति”को कथाको याद गराएको छ|तर खुसीको कुरा कथामा छ जना दृस्टी बिहीनहरु एक अर्काको बिचारलाई सम्मान गर्दै र आफ्नो बिचारमा खुसी हुदै हात समाएर अगाडी बढ्छन्!

“हाइवे” हात्ती बन्न सफल भएकोमा मेरो बधाई छ!


Image Credit Highway Facebook Page
And http://wordinfo.info/unit/1

Advertisements