Tag Archives: Hari Bansh Acharya

“चिना हराएको मान्छे” मात्रै होइन हरिवंशको चिनारी

“चिना हराएको मान्छे” मात्रै होइन हरिवंशको चिनारी
“चिना हराएको मान्छे” हरिवंश आचार्यको जीवनको आरोह अवरोहहरुको तमसुक हो।आफ्नो आधा शताब्दी जीवनको वास्तविकतालाई  बिना कुनै शब्द श्रृंगार,लाज नमानी,घमण्ड नदेखाई साधारण शब्दहरुमा बुनेका छन् ।विशेष गरी हरिबंशले  यो पुस्तकमा आफूले अभिनय गरेका सयौँ पात्रहरुमा कसरी प्राण भरे भनेर व्याख्या गरेका छन् जुन पाठकलाई रुचीकर लाग्न सक्छ । त्यसै गरी आफ्नी मामु  मीरा सँगको प्रेम र बिछोडको गाथाले एकै छिन अगाडी हाँसी रहेको पाठकको मनलाई  सुंक्कसुंक्क पार्छ  । मीरा सँगको बिछोड पछि विछिप्त भएका हरिवंशको भावनाले कसलाई नछोला र तर यो पीड़ा रमिला सँग विवाह गर्नु परेको स्पष्टीकरणको  व्याख्या जस्तो सुनिन्छ।
 
हरिबंशले  कलाको माध्यम बाट राजनैतिक एवं सामाजिक संचेतना जगाउन खेलेको भूमिका पनि यो पुस्तकले प्रस्ट पार्छ । हरिवंशले जीवनकालमा गरेका उट्टपट्याग, सङ्घर्ष र सफलताको गाथा र जीवनका व्यथाहरु को सँगालो हो  “चिना हराएको मान्छे” ।
समग्रमा “चिना हराएको मान्छे”ले पाठकलाई हरिबंशको जीवनसँग नजिक बनाउछ । उनीपनि हामी जस्तै मन मुटु भएका मान्छे हुन । उनको सुख सफलता पनि हाम्रै जस्तो हो भने दुख पिर पनि हाम्रै जस्तो हो । “चिना हराएको मान्छे” मार्फ़त धेरैको मनमा बस्छन हरीबंश आचार्य।
 
सहदेव पौडेल, न्यु योर्क 
Book Image from Google Images
China_Harayeko_manchhe