Tag Archives: Highway

To Highway With Love

To Highway With Love

म नेपालमा हुदा दीपक रौनियार एक रंग पत्रकार थिए| पछिल्लो ६/७ बर्ष यता उनले दूइ छोटा चलचित्र निर्माण गरेर अन्तरास्ट्रिय चलचित्र महित्सबमा सहभागी भई आफुलाई चलचित्र नगरीको सृजनशील निर्देशकको रुपमा परिचय दिएका छन् |उनले बनाएको दुई चलचित्रहरु “चौकेठ” र “पूजा” केहि समय अगाडी हेरेको थिए|र प्रदर्शनमा आउनै लागेको चलचित्र “हाइवे”को चर्चा सुनी/पढी रहेको थिए|”हाइवे”को प्राबिधिक एब प्रचार प्रसार कामको लागी न्यु योर्कमा आएको बेलामा दीपकरौनियार संग एक चलचित्र कर्मीको रुपमा भेटघाट भयो|यसै भेटघाट र चलचित्रको प्राबिधिक कामको क्रममा “हाइवे” हेर्ने मौका पनि मिल्यो, र नेपालमा बिस्तारै परिबर्तन हुदै आएको नेपाली चलचित्रको बारेमा कुराकानी पनि हुन पायो|मेरो रुची रंगकर्म/रेडियो र अभिनय! अभिनयमा पनि इम्प्रोभोइजेसन (Imporvasation ) भएकोले “हाइवे” प्रति मेरो रुची र जिज्ञासा जति पटक “हाइवे”को “रफ/कट ” हेर्थे त्यति पटक गहिरिदै जान्थ्यो|किन भने चलचित्र “हाइवे”मा इम्प्रोभोइजेसनको मिठो प्रयोग छ|

चलचित्र “हाइवे” जीबन मार्ग माथि हिड्ने, हाम्रो जीवनको,जीबनमा आउने र जीबनमा भएका बिभिन्न सम्बन्धहरु जोड्ने र तोड्ने पात्रहरुको कथा हो|यी पात्रहरु हुन सडक,बस र हाम्रो समाज, सोच र राजनीति!”हाइवे”मा जीवनका यात्रुहरुको अनेक थरि कथा छ,यी कथाहरुको बिचमा नाटक छ,तितो यथार्थ “नेपाल बन्द” छ र सम्पूर्ण यात्रुहरु बन्दको चपेटाका फसेको दिन नेपालका राजनीतिक दलका नेताहरु हास्यकलाकारहरु संग फुटबल खेलेर रमाइलो गरेको समाचार छ| र छ श्रीमान/श्रीमती र प्रेमी/प्रेमीका बीच विश्वास र अविस्वासको गहिरो र कहिल्यै नखुल्ने “बन्द” !
चलचित्र निर्देशकको क्यानभास हो|जसरी चित्रकारले एउटा क्यानभास भित्र अनेक थरि रंगहरुको संयोजन गरेर एउटा सम्पूर्ण चित्र बनाउछन त्यसै गरी चलचित्र निर्देशकले पनि रंग स्वरूप कथा,कलाकार,दृश्य र प्रविधिको संयोजन गरेर एउटा चल्ने चित्र बनाउछन|राम्रो चित्र बनाउनेले रंगहरुको प्रयोग त्यसै गरेको हुदैन ,हरेक रंगको आंफ्नो अर्थ हुन्छ ,क्यानभासको कुना कुनामा देखिने साना मसिना पात्र,बस्तु र आकारको अर्थ र महत्व पनि त्यतिनै हुन्छ त्यसरी नै राम्रो चलचित्रमा पनि हरेक दृश्य,कलाकार,सम्बाद,छायांकनको पनि अर्थ हुन्छ,सम्बन्ध हुन्छ सम्पूर्ण सिनेमामा| हो यस्तै अर्थ र सम्बन्ध छ चलचित्र “हाइवे”मा पनि|

Poster Credit

यो चलचित्र रामायण सैलिको भने होइन| न त यसमा कुनै कोरियन वा हिन्दी चलचित्रको दृश्य र सम्बाद जस्ताको त्यसतै भेट्निछ नै |न त कुनै राम्रो अंग्रेजी चलचित्र बाट “Inspired” नै!यो बिशुद्द नेपाली “ओर्गानिक”चलचित्र हो|यो चलचित्र हेरेर नेपालका द्वन्द निर्देशकहरु सायद रिसाउन सक्छन हामीलाई “काम”नलाग्ने बनायो भनेर| नृत्य निर्देशकहरु यो यो ठाउमा नाच गान नराखेर निर्देशकले “गल्ति”गरे भन्न सक्छन सायद |नेपालका “नाम”चलेका “चकलेटी” नायक र “सेक्सी” नायिकाहरुले मुख बिगार्न सक्छन र भन्ने छन “एक्टिंग झुर” छ भनेर|

हामी धेरैको जीबन अलपत्रमय छ,दुख मनन गर्नु पर्ने ठाउमा हासो उठ्छ आज भोली हामीलाई| “ह्याप्पी इन्डीन्ग ” चलचित्र हेर्ने बानी भएका दर्शकहरुले “हाइवे”लाई “ठेगानमा” पुगेन भन्न सक्छन|निर्देशकले कुनै पात्रलाई ठेगानमा पुराउने ठेक्का लिएको हुदैन|पात्रहरु आफ्नै भोगाईको जीबन जिउने हुन| निर्देशक समस्याका समाधान कर्ता पनि होइन ,उनको काम जीबन देखाउनु हो| अझै भन्ने हो भने सुक्ष्म जीबनको कथालाई कलात्मक शैलीले देखाउनु हो|त्यहि सुक्ष्मतालाई देखाउने कलात्मक प्रयास गरेका छन दीपक रौनियारले र सम्पूर्ण “हाइवे” का पात्रहरुले!

Have a Successful Journey to Highway!
With Love,
Sahadev Poudel
New York
Highway trailer (official)

Advertisements

चलचित्र हाइवेको गीत “पप्लु”हेर्नु भयो?


 नेपाली चलचित्र “हाइवे”को एक मात्र गीत “पप्लु” को भिडियो  अनलाईन मार्फत रिलिज गरिएको छ|गीतमा समाबेश गरिएको भिडियो क्लिप्समा डान्स बार,माया पिरती,सेक्स,अल्कोहल,चुरोट,नग्नता,टेन्सन,रमझम सबै छ,चलचित्र “हाइवे”को उतार  चढाब छ गीतको दृश्यहरुमा| 
आइटम गीत जस्तो देखिए, सुनिए पनि यो गीत चलचित्रमा जबरजस्ती आइपुग्दैन र आइटम गीतको रुपमा प्रयोग भएको होइन भन्ने मा म ढुक्क छु |के होला कस्तो होला?गीतले अबस्य पनि चलचित्र प्रति उत्सुकता भने जगाएको छ|
 
असार १ गते देखि प्रदर्शनमा आउने भनेको चलचित्र “हाइवे” परिबर्तित राजनीतिक अबस्थालाई ध्यानमा राख्दै  जुलाई २०,साउन ५  गते नेपालमा प्रदर्शन हुदै छ|प्रस्तुत गीतमा शिवानी मुक्तानको स्वर,भुपेन्द्र खड्काको शब्द र मनोज केसी को संगीत छ |गीतको  शब्द ,संगीत,स्वर र कोरियोग्राफको “इनर्जी”   भने   नेपाल बन्दमा अलपत्र परेको पात्रको जस्तो देखिन्छ|
More Info : 

Starring Karma, Saugat Malla, Reecha Sharma, Binaya Shrestha, Eelum, Dayahang Rai, Rajan Khatiwada, Asha Magarati, Shristi Ghimire, Mamata Rai, Sandip Chhetri, Bhumika Shrestha, Keshav Bhattrai and introducing BBC’s Rabindra Mishra to the big screen

Directed By Deepak Rauniyar

Written By (story) Kedar Sharma, Khagendra Lamichhane and Deepak Rauniyar

Screenplay By Abinash Bikram Shah

Produced By Executive Producers Dr. Sameer M Dixit and Dr. Lonim P Dixit, co-producers Joslyn Barnes and Danny Glover
 
 
 
 

Movie Muse: Patang-The Kite & Highway

I watched Hindi film “Patang-The Kite” by Prashant Bhargava,featuring with Seema Biswas and Nawazuddin Siddiqui at The Tribeca Cinemas. After watching “Patang-The Kite,” I found some beautiful similarities with Nepali film “ Highway,” by Deepak Rauniyar.
Interestingly, Both films had World Premiere on Berlin International Film Festival.

Both films are going to release on same date- June15th

Surprisingly, both directors use improvise settings and some non-actors to tell the stories.

And finally I would say both films are not just a general films, for me both films are “organic” of its own.

Would you like to read the reviews?
Oh….
You have to wait for that.

If you are in New York, find the nearest theatre to enjoy “Patang-The Kite,” releasing on June 15th.

And if you are in Nepal, You know… what’s going to happen on June 15th?
I am sure you will enjoy!
In photo:Seema Biswas
Words/Photo by Sahadev Poudel

Nepali Film “Highway” Releasing on June 15

सम्भबत:इन्टरनेट सामाजिक संजालमा धेरै चर्चा भएको,सामाजिक संजाल कै सहयोगमा करिब ३० हजार डलर भन्दा धेरै सहयोग रकम जुटाउन सफल भएको नेपाली चलचित्र “हाइवे” जुन १५ मा सार्बजनिक प्रदर्शन हुदै छ|बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी  भए पछी केहि बिदेशी चलचित्र समीक्षकहरुको राम्रो समिक्षाबाट पनि झनै उचाईमा पुगेको “हाइवे” कस्तो होला देश विदेशका धेरै दर्शकहरु निकै उत्साहित छन|

चलचित्रको अर्को नया ट्रेलर हिजो मात्रै रिलिज भएको छ|कस्तो होला त “हाईवे” के होला त “हाइवे”मा  यी ट्रेलरहरु  हेरेर अनुमान गर्न सकिन्छ की?

हेर्नुहोस चलचित्रका दुई भिन्ना भिन्नै ट्रेलरहरु