Tag Archives: Memory

९ तल्ले धरहराको ९ थरी तस्बिर

९  तल्ले धरहराको ९ थरी तस्बिर

धरहरा हाम्रो देशको धरोहर थियो।यो हाम्रो इतिहास पनि हो। अहिलेको विनाशकारी भूकम्पमा परि धरहरा ​सँगै अरू थुप्रै पुरातात्विक महत्वका मठ मन्दिर, देवी देवताक मुर्तिहरु ​ध्वस्त​ हुनुका साथै हजारौको ज्यान गएको छ।यो प्रलय अस्थायी हो,जो मरेर गए उनीहरू फर्की आउदैन् तर उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै , घाईतेहरुको शीघ्र स्वस्थलाभको कामना गर्दै, मन बलियो बनाउदै हामी सबै मठ मन्दिर र गाउँ सहरको पुनर्निर्माणमा जुट्ने छौँ र हामी फेरी उठाउने छौँ धरहरालाई जसरि हाम्रो पुस्ताले उठाएका थिए।

​ यदि यसो गर्न सके मात्र मरेर जाने र अहिले हुर्कदै गरेका र आउदै गरेक नयाँ पुस्ता प्रति हाम्रो सम्मान हुने छ।

कस्तो थियो त् धरहरा ? मैले अनलाइनमा खोजेर जम्मा पारेको ९ थरी तस्बिरहरुमा यस्तो देखिन्थ्यो धरहरा।
यी तस्बिरहरुको कपीराइट सम्बन्धित संस्था वा फोटो ग्राफरहरुमा सुरक्षित छ।

​यी तस्बिरहरु जानकारीको लागि मात्र यहाँ प्रस्तुत गरिएको हो।धरहराको बारेमा  तपाईँको केहि सम्झना भए कमेन्टमा लेख्नु होला।
Sahadev Poudel
E1012B90-F307-4523-9BAE-98C11965AF7F
यो तस्बिर मैले २०१२ मा काठमाडौँ घुम्दा खिँचेको हुँ। सम्भबत यो नै एउटा फोटो भेटे मैले धरहराको आँफैले लिएको।
taleju plus dharahara
​यो तस्बिर https://sajha.com/sajha/html/index.cfm?StartRow=41&PageNum=1&threadid=62176 साइटमा फेला परेको हो।​
Dharahara-201x300
​यो तस्बिर http://ghalegroup.com/blog/protect-bhimsen-tower-dharahara साइटमा फेला परेको हो।​
Dharahara_Pre earthquake
​यो तस्बिर ​ http://oldnepalpicture.blogspot.com/2011/12/old-dharahara-before-1990s-earthquake.html साइटमा फेला परेको हो।
nepal-earthquake-dharahara-tower-kathmandu-october-25-2014
Dharahara Tower in Kathmandu on Oct. 25, 2014. Published on Time Courtesy of DigitalGlobe
dharaharaaftereartquack
​यो तस्बिर http://kathmandu.im/dharahara/ साइटमा फेला परेको हो।​
BN-IB939_inepal_F_20150425043244
​यो तस्बिर http://www.alltrendsblog.com/tag/dharahara/ साइटमा फेला परेको हो।​
CDcGWVTXIAAmu6W
​यो तस्बिर http://buildingresearch.com.np/news_events/1934_nepal_bihar_eq/news_events_1.php साइटमा फेला परेको हो।​
3becc177f10dcc544114bdc67282ee7f_L
​यो तस्बिर http://www.myrepublica.com/society/item/20118-6-of-a-family-die-in-dharahara-collapse.html साइटमा फेला परेको हो।​

उही बर्षौ ​ पुरानो साथी (मिनीकथा)

उही बर्षौ ​ पुरानो साथी

सहदेव पौडेल, न्यु योर्क

*****

बर्षौ पछि म मेरो ​मन मिल्ने ​साथीलाई भेट्न सुस्तरी ​सुस्तरी ​स्वप्न बगैचामा पुगेँ। बगैंचाको एउटा बेञ्चमा ​ उ ​ ​​​​कालो चस्मा लगाएर ​ ​पर्खि​रहेको थियो। कपासजस्तो ​उसको ​कपाल  हावाले ​हल्लाई  रहेको थियो।​रुखबाट बिछोडिका पहेंला पातहरू ​उसैको  वरी परि फूल जसरी बर्षिरहेका  थिए । ​अघिल्लो ​ ​बेञ्चमा बसेर ​उसलाई नियालें​;​ उसको अनुहार र  हातको छाला र  नजिकैको  रुख उस्तै उस्तै थियो।  ​छेउमा एउटा लौरो ​उसैमा अढेस लागेर ढल्की रहेको थियो । उ​सले मलाई ​ एकोहोरो हेरी रहे​को जस्तो लाग्यो। तर खै किन हो किन  उसलाई  देखेर मेरो बोलीनै फुटेन ​।

“के यो ​मेरो ​उही बर्षौ ​पुरानो साथी हो​!​?”

​मेरो सँगै उसको पनि टाउको हल्लिएको मैले देखेँ ​। ​त्यस पछि  सुस्तरी ​सुस्तरी म घर ​फर्किए, उ पनि​ लौरो सँगै ​ उठ्यो र आफ्नो बाटो लाग्यो। ​साँझ ​घरको फोनमा एउटा ​यस्तो ​संदेश पर्खिरहेको रहेछ!

“तँलाई स्वप्न बगैचा मा देखेँ,पहिले त तँ हो कि होइन मलाई ठम्याउनै गार्हो पर्‍यो,तेरो शरीर पनि कुप्रेछ, त्यस्तो बतासिएर हिड्ने तँ, सुस्त भै’छस।  तैले फेरेको श्वास त, पात सुसाएको जस्तो पो लाग्यो। दम छ जस्तो छ तँलाई । तैँले  एकोहोरिएर मलाई  हेर्दै थिइस तर केही बोलिनस। बगैँचामा बसेर लेख्ने तेरो बर्षौ देखिको बानी अझै उस्तै रहेछ , त्यसैले मलाई लाग्यो त्यो तँ नै होस् तर खै किन हो किन मेरो  बोली  नै फुटेन! अब अर्को दिन  भेटौला अनि बोलौला ”

यो संदेश ​बारम्बार ​सुन्दै म टोलाई रहें ​।​

Image
Photo by Sahadev Poudel
********************************

 

ब्याट्री सकिएर बन्द हुन नसकेको क्यामेरा

ब्याट्री सकिएर बन्द हुन नसकेको क्यामेराको लेन्स जसरी,
म तिमीलाई सम्झी रहेछु एकटकले,
न त नया तस्बीर नै खिच्न सक्छु,
न त मेमोरीमा भएको तस्बीर नै हेर्न सक्छु!
डुब्न लागेको घाम जस्तो पहेलिदै गएको हाम्रो माया,
डुब्दै छ सुस्तरी..सुस्तरी..
तिमी पनि सुर्य जसरी सुस्तरी बिलिन हुदै छु छितिजमा,
एउटा साची राखौ जस्तो लाग्ने मनमोहक दृश्य छोडेर!
म भने जहाको त्यहि अडिएको छु ,
ब्याट्री सकिएर बन्द हुन नसकेको क्यामेराको लेन्स जसरी!
सहदेव
न्यु योर्क

प्यारी चुनमुनेको सम्झनामा

प्यारी चुनमुने,
तिमी हराए देखि मेरो मन एक तमासको भएको छ|तिमी थियौ र पो सब थियो,तिमी छैनौ सबैतिर बन्दै बन्द छ|
चुने ,तिमी हराएको अनुभब राती हतार हतार घरको ढोकामा पुगेपछी मात्र भो| सधै जसो छुनमुन गर्ने तिमी त्यतिखेर तिम्रो छुन मुन न सुन्दा म ट्रेनको ट्रयाकबाट खसे जस्तो भएँ| तिमी संग बिताएको अन्तिम क्षणहरु ब्रेकिंग न्युज जसरी मेरो मनमा खेल्न थाल्यो| बिहान देखि नै तिमी म संग थियौ,काम बाट म कलेज जादा सम्म पनि तिम्रो छुनमुनको मलाई सम्झना थियो| तिमी संग हातमा हात मिलाई हिडेको संझना ताजै थियो ……त्यस पछी सोचे तिमी कतै न्यानो कुनामा बसी रहेकी हौली!

ढोकामा उभिएर तिमीलाई सबै तिर खोजे , कुना काप्चा ,दाँया बाँया सबै तिर खोजे अह तिमी थिएनौ|तिमी नभए पछी त्यो अँधेरो रात झनै अँधेरो लाग्यो | तिमी बिना म घर भित्र कसरी प्रवेश गर्न सक्थे र !तिमी संग बिताएका सम्झना संग टोलाउदै म बाहिरै बाहिरै बसे | सोचे तिमी बिना मेरो जीबन कसरी अगाडी बढ्ला….ओ हो मेरो थकान,भोक, निन्द्रा सबै सबै हरायो चूनी!घन्टौ कुरे पछी मेरो रुम मेट साथी आई पुगे |मेरो अँधेरो अनुहार देखेर थाहा पाई हाले आज मैले केहि गुमाएको छु!कोठामा त छिरे तर तिमी थिएनौ|तिम्रो चुनमुन थिएन|मेरो बेडमा अल्झेर बस्ने तिम्रो बिझाइ थिएन! तिमी बिना मेरो यात्रा भोली देखि कसरी सुरु होला भन्ने कल्पनामा डुब्दा डुब्दै म त भुसुक्क निदाएछु |

मेरो मूल्य थियौ तिमी ,मेरो मेल बक्सको माली थियौ, घर कोठाको त सर्वस्व थियौ!बिहान निकै अप्ठेरो अनुभब गर्दै काममा पुगे! तिमी मेरो साथमा नभएको खबर साथी भाईले बुझी हाले|उनिहरुको सान्त्वनाले तिम्रो कमी पुरा गरेन|मलाई त तिम्रो खाचो थियो| निकै पिरलो चूनी तिम्रो सम्झनाले!
प्यारी चुनि , म दिन भर अल्मलि रहे | तनाब बढ्यो|तिमी कतै आई हाल्छौ कि भन्ने आशाको त्राण बाकी नै थियो तर केहि खबर आएन|बारम्बार मेरा हातहरु तिम्रो खोजीमा चली रहन्थे|

तिम्रो अनुहार सम्झी रहे..त्यो मेल बक्स खोल्न हतारिने चाँदी रंगको सानी तिमी!त्यो लामो लामो पातली तिमी मेरो सेफ्टी डिपोजिट बक्स कस्तो साबधानी साथ खोल्थ्यौ,कोठाको ढोका खोल्दा मलाई एक छिन अल मलाएर मिठो रिस उठाउने मोटी तिमी,मूल गेट खोल्दा उल्टो पाल्टो परेर मलाई दुख दिने तिमी !त्यो दुख नै कति प्यारो थियो!कहिले कहिँ तिम्रो रिसले मेरो फोनको सिसा कोर्दा पनि म कहिल्यै रिसाइन!तिमी यति बिस्वासिलो थियौकी पछि मैले तिम्रो कम्मरमा सानो पेन ड्राइभ पनि झुन्ड़ाई दिएको थिए |उफ्फ़ !अब त यी सम्झनाहरु कथा मात्र हुने भो प्रिय!

यतिका बर्ष बस उठ हुदा कहिल्यै तिम्रो एउटा तस्बिर खिच्ने पनि सुर आएन छ मलाई |कमसेकम तिम्रो तस्बिर मात्र हुदो हो त म फेसबुक, ट्वीटरमा साथीभाई लाई देखाउथे! सायद उनीहरुको सहानुभूतिले मन अलि शान्ति हुने थियो कि ! तर पनि केहि छैन तिम्रो सम्झनाको तस्बिर मेरो मुटु भरी छ!मेरी मुनी, तिमी जहाँ भए पनि जसरी रहे पनि यो कुरा बुझ कि तिमी मेरी हौ | म बिना तिम्रो र तिमी बिना मेरो संसार अधुरो हुन्छ, अपुरो हुन्छ|तिमी बिना मेरा सबै द्वारहरू बन्द छन|
तिमी जहाँ भए नि आउ, मेरो घरको द्वार बन्द भए पनि मनको ढोका खुल्लै छ !

आई लब यु चुनमुने, आई मिस यु!–
अनलक्की
(मेरी प्यारी चुनमुनेको सम्झनामा by Sahadev Poudel ,New York )