Tag Archives: Poems

तिम्रो र मेरो कथा

तिम्रो र मेरो कथा

(न्यु योर्क बाट बोस्टनमा गएर त्यहाँ आयोजित “सिर्जना उत्सब” मा सुनाएको कविता )

बोस्टन,
तिमीलाई लाग्ला,
म गगन चुम्बी भवनहरू हुँ,
२४सै घण्टा जाग्राम बस्ने उजेलो सहरको,
वाल स्ट्रिट वरपर सुकिला मुकिला लुगा लागाउने एक प्रतिशत हुँ!

तिमी सोचौंली,
म टाइम्स स्क्वाइरको रसरंगमा डुबुल्कि मार्ने ब्रोड बे को स्टार हुँ
सेन्ट्रल पार्कमा स्वतन्त्रताको चुम्बनमा लीन हुँदै,
ब्रुक्लिन ब्रिज, एम्पायर स्टेट बिल्डिंग ,
र लेडी लिबर्टी घुम्ने फिरन्ते वा
स्याक्स, बर्गड्रोफ गुडम्यान, वा ब्लॊमिङ्ग डेलमा
किनमेल गर्ने सेक्स एंड द सिटिका सेता पात्रहरु हुँ।

तिम्रो र मेरो कथा

तिमीलाई के थाहा? बोस्टन,
म त न्यूनतम ज्यालामा सपनाको जो हो गर्ने एक पहरेदार हुँ ,
महँगा महँगा रेस्टुरेन्टका बेञ्जनहरुको बासना सुङ्ग्दै
टेबुल टेबुलमा सेवा दिने बटलर हुँ!

सडक कुनाको ठेला पसलमा,
पानी, सोडा, चिकेन ओभर राइस र हट डगमा जीवन धकेल्दै,
अप टाउन, डाउन टाउन देखि एअरपोर्ट सम्म ट्याक्सीमा
सुन जस्तै ज्याला खोज्ने मै हुँ ।

हँसिला रसिला देखिने न्यु योर्कका सुन्दरीहरुको शृंगार हुँ म !

अग्ला अग्ला भवनहरुको कुनै कोठामा,
लाला बालाको स्याहार सम्भार गरी रहेको भेट्ने छौँ मलाई,
तिमीले सुने पढेको घरेलु कामदार माथिको,
यौन शोषणको समाचारको पीडक पात्र,
वा रङ्गको आधारमा ओम लेखेको झोलामा
खानतलासी गर्दै शंकास्पद नजरले हेर्ने,
र कहिले गो बयाक टु योर कन्ट्री मदर फरर भन्दै,
आँखा अगाडी बन्दुक तेर्साउदै ग्रोसरी स्टोरमा रगताम्य हुने मै हुँ

बोस्टन,
सायद फरक छैन होला
तिम्रो र मेरो कथा
किन भने
म पनि त तिमी जस्तै
बृदाश्रम जस्तै देखिने देशबाट
विदेशमा पलाउन सकिन्छ कि भनेर
डी भीको दयामा
एसाइलमको स्वीकृतिमा
मरुभूमिबाट ज्यान हत्केलामा राखेर
यो भवसागरमा प्रवेश गरेको एलियन हुँ !

हिड्दै छ पाइला मेट्दै छ- को म एक फगत प्रतिबिम्ब हुँ!

Photo/Words by Sahadev Poudel

New York 

रंगीन पातहरु

रंगीन पातहरु

कतै रमणीय पार्कमा,
भिड भाडको स्टेशन वा सडकको चौकमा,
वा सिनेमा घरको पेटीमा,
एक सुरमा बजीरहेको स्यक्सोफोन,
ड्रम,हर्मोनिका,गिटार,
वा घन्की रहेको मादल,
अथवा बिना संगीत मै कसैले गुनगुनाइ रहेको रोमान्चक गीत जस्तै हुँ म|
जुन,
तिमी जून झैँ टाढा भएर पनि सुन्न सक्छौ,
छुन सक्छौ,
मुस्कुराउन सक्छौ,
र लुकीछिपी नाच्न सक्छौ,
शरद ऋतुको हावामा नाची रहेका रंगीन पातहरु जसरी!
********
Photo and Words by Sahadev

सहदेव पौडेल ,
न्यु योर्क

सृजनाका यात्राहरुमा कबि एबं गीतकार बसन्त चौधरीको एकल प्रस्तुति(फोटोहरु)

chhoriIMG_2121IMG_2251IMG_2249IMG_2247IMG_2228
IMG_2234IMG_2227IMG_2212IMG_2209IMG_2202IMG_2199
IMG_2195IMG_2186IMG_2179IMG_2176IMG_2173IMG_2166
IMG_2164IMG_2160IMG_2157IMG_2147IMG_2142IMG_2138

न्यु योर्कमा बिगत तिन बर्ष देखि हरेक महिना आयोजना हुने “सृजनाका यात्राहरु”मा गीतकार बसन्त चौधरीको एकल रचना बाचन र उहाको कविता कृति “मेरो डायरीका पानाहरु” बिमोचन गरियो| ज्याक्सन हाइट्समा अबस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा साहित्यकार चुडा बसन्त लम्सालले गीतकार चौधरीको कृति बिमोचन गर्नु भएको थियो|कृति बिमोचन पश्चात कबि चौधरीले करिब एक घण्टा आफ्ना बिबिध रचनाहरु पाठ गर्नु भयो|उहालाई रचना वाचनमा गीता पन्थ र सहदेब पौडेलले सघाएका थिए|कबि चौधरीको एकल कविता बाचन पछी अन्य दश सर्जकहरुले आआफ्नो गीत,गज़ल,कथा एब कविताहरु प्रस्तुत गर्नु भएको थियो|रचना बाचन गर्नु हुने हरुमा गोबिन्द कोईराला,गगन बिरही,हरि बहादुर थापा,माधब पराजुली,चन्द्र खतिवडा ,नर्बदा छेत्री,बुद्द चेम्जोंग,सीता पाण्डे ,संयम सेरतेक,र चुडा बसन्त लम्साल हुनुहुन्थ्यो|बाचित सम्पूर्ण रचनाहरु माथि साहित्यकार चुडा बसन्त लम्सालले संछिप्त टिप्पणी गर्नु भएको थियो|कार्यक्रमको संयोजन गीता पन्थ,मणी बांग्देल र विकास बिस्टले गर्नु भएको थियो भने कार्यक्रम सहदेव पौडेल र सीता खरेलले संचालन गर्नु भएको थियो|र अन्त्यमा उपस्थित सम्पूर्ण सर्जकहरुलाई कबि बसन्त चौधरीको कृति “मेरो डायरीका पानाहरु “उपहार स्वरूप प्रदान गरिएको थियो|
Photos By Sahadev Poudel