Monthly Archives: September 2013

ज्योती पौडेलको “प्रभाव” गीति अल्बम विमोचन ​

PrabhabIMG_7421IMG_7419IMG_7415IMG_7416IMG_7414
IMG_7410IMG_7409IMG_7408IMG_7407IMG_7406IMG_7405
_MG_7561_MG_7556_MG_7552_MG_7548_MG_7542_MG_7541
_MG_7531_MG_7490_MG_7495_MG_7496_MG_7499_MG_7501

संयुक्त राज्य अमेरिकामा रही विगत दुई दशकदेखि नेपाली साहित्यको क्षेत्रमा मूलत गीत र कविता विधामा सक्रिय रहेकी गीतकार ज्योति पौडेलद्वारा रचना गरिएका गीतहरुको गीतिचक्का (गीति एल्बम) “प्रभाव” को एक भव्य समारोहका बीच संयुक्त राष्ट्र संघका उपमहासचिव श्री ज्ञानचन्द्र आचार्यले न्यू योर्क ज्याक्सन हाइट स्थित हिमालयन याक रेष्टुरेण्टको सभाहलमा यही सेप्टेम्बर २२, २०१३ (वि.सं असोज ६, २०७०) मा विमोचन गर्नुभयो । संगीतकार आलोक शर्माद्वारा संगीतबद्ध गरिएको उक्त गीति एल्बमका गीतहरु “तिमी जस्ती पाइनँ” मा रामचन्द्र काफ्ले, “गोरेटोमा” मा अञ्जु पन्त, “न्याउली चरी” मा भानुभक्त ढकाल ”आयो कोही मेरो मनमा” मा आलोक शर्मा÷इन्दिरा जोशी र “हाम्रो बाटो” मा स्वरुपराज आचार्यले स्वर दिनुभएको छ । यो एल्बम प्रकाशन पूर्व गीतकार ज्योति पौडेलका “मन त मेरो स्वदेश मै — सन् २००५”, “ज्योतिका गीतहरु— २००७”, र “त्रिवेणी” संयुक्त गीति एल्बम २०१३ प्रकाशित भइसकेका छन् ।

New York City Subway Commuters Tale (Photo)

New York City Subway Commuters Tale (Photo)

Do you—especially, the New York City Subway Commuters, have any squeeze moment in the train?
Subway cars are mostly crowded and it’s very hard to get the seat. However, sometimes there is seat available but two people took over the available space and third person won’t have chance to sit. Can we be little courteous and welcome another person to sit? Let’s not be rude New Yorker.
Photo/Words by Sahadev Poudel

मणी बाङ्ग्देल”सागर”को कविता कृति “मेरो भागमा परेको प्रीत” को विमोचन

IMG_6299न्युयोर्कमा आज कवि मणी बाङ्गदेलको कविता संग्रह "मेरो भागमा परेको प्रीत"को विमोचन भयो । न्युयोर्कको सबवेमा यो पुस्तक धेरै नेपाली पाठकहरुको सहयात्री भईरहको होला । #Poetry #NepaliBook #literature #BookIMG_6338IMG_6477IMG_6476IMG_6478
IMG_6474IMG_6471IMG_6451IMG_6456IMG_6457IMG_6459
IMG_6460IMG_6462IMG_6463IMG_6464IMG_6465IMG_6466
IMG_6467IMG_6468IMG_6438IMG_6439IMG_6440IMG_6441

सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको शृंखलामा कवि मणी बाङ्ग्देल”सागर”को कविता कृति “मेरो भागमा परेको प्रीत” को विमोचन गरियो। न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको नोर्लिङ्ग रेस्टुरेन्टमा अमेरिका भ्रमणमा रहनु भएका आख्यानकार डा.ध्रुबचन्द्र गौतम र चलचित्रकर्मी एबं कवि राजेन्द्र शलभले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भएको थियो।
कार्यक्रममा बिभिन्न सर्जकहरुले कवि बाङ्ग्देलको कविताको चर्चा गर्दै कविताहरु वाचन गर्नु भएको थियो। बाङ्ग्देलको कविता वाचन गर्नेहरुमा मनु लोहरुङ्ग राई,गीता पन्थ,सहदेव पौडेल,दीपा पुन राई,ममता कर्माचार्य ।
संचारकर्मी शैलेश श्रेष्ठले मणी बाङ्ग्देलको कवि ब्याक्तित्वको चर्चा गर्नु भएको थियो भने राजेन्द्र शलभ र डा. हरिराज भट्टराईले कविताहरुको समालोचना गर्नु भएको थियो।

“मेरो भागमा परेको प्रीत ” १३८ पृष्‍ठको छ। यो कृतिको प्रकाशन खुम्बिला प्रकाशन, काठमाडौंले गरेको हो। कृतिको मूल्य नेपालमा रु. १५० र अमेरिकामा डलर १० राखिएको छ। कार्यक्रम विश्व सन्देश साप्ताहिकका सम्पादक प्रशान एलुङ्ग राईले संचालन गर्नु भएको थियो।