Monthly Archives: October 2012

Dil Shobha Shrestha in New York (Photos)

IMG_4639"मरेपछि श्राद्ध गर्नु पर्दैन जिउदै श्रद्धा गर्न सिकौ। Dil Shobha ShresthaIMG_4630IMG_4627IMG_4624IMG_4617
IMG_4612IMG_4610IMG_4608IMG_4606IMG_4604IMG_4603
IMG_4599IMG_4597IMG_4592IMG_4588IMG_4586IMG_4585
IMG_4583IMG_4580IMG_4574IMG_4571IMG_4569IMG_4568

“आमाकी घर”कि आमा दिलशोभा श्रेष्ठ लाई न्यु योर्कका नेपालीहरुले एक कार्यक्रम बीच सम्मान गर्दै आफुले सक्दो आर्थिक सहयोग गर्नु भयो।बिभिन्न संघ संस्थाको सहभागितामा सम्पन्न कार्यक्रममा दिदि दिल शोभा श्रेष्ठलाई करिब $4500 बराबर सहयोग रकम संकलन हस्तान्तरण गरियो।

रंगीन पातहरु

रंगीन पातहरु

कतै रमणीय पार्कमा,
भिड भाडको स्टेशन वा सडकको चौकमा,
वा सिनेमा घरको पेटीमा,
एक सुरमा बजीरहेको स्यक्सोफोन,
ड्रम,हर्मोनिका,गिटार,
वा घन्की रहेको मादल,
अथवा बिना संगीत मै कसैले गुनगुनाइ रहेको रोमान्चक गीत जस्तै हुँ म|
जुन,
तिमी जून झैँ टाढा भएर पनि सुन्न सक्छौ,
छुन सक्छौ,
मुस्कुराउन सक्छौ,
र लुकीछिपी नाच्न सक्छौ,
शरद ऋतुको हावामा नाची रहेका रंगीन पातहरु जसरी!
********
Photo and Words by Sahadev

सहदेव पौडेल ,
न्यु योर्क

SrijanaKa Yatraharu (The Journey of Creation)in New York

SrijanaKaYatraharuIMG_4443IMG_4433IMG_4423IMG_4417IMG_4413
IMG_4409IMG_4403IMG_4402IMG_4397IMG_4394IMG_4392
IMG_4391IMG_4388IMG_4386IMG_4385IMG_4380

SrijanaKa Yatraharu, a set on Flickr.

सृजनाका यात्राहरुको अक्टोबर महिनाको कार्यक्रम सम्पन्न

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने साहित्य सृजनाको नियमित कार्यक्रम “सृजनाका यात्राहरु”को अक्टोबर महिनाको कार्यक्रम सम्पन्न भयो|यो महिनाको फिचर कबि हुनुहुन्थ्यो कबि परिता राजभण्डारी|कबि राजभण्डारीले कार्यक्रमको अघिल्लो खण्डमा आफ्ना बिबिध रचनाहरु सुनाउनु भयो|
सृजनाका यात्राहरुमा यसपाली नेपाल बाट आइपुग्नु भएका बरिस्ठ संगीत साधक अम्बर गुरुङ बिशेष पाहुना भएर आउनु भएको थियो|साथमा उहाकी धर्म पत्नी ,छोरी र ज्वाई पनि हुनुहुन्थ्यो|त्यसै गरि जर्जिया बाट राजा घलेको पनि उपस्थिति थियो|घलेले आमाको सम्झना शिर्षकमा कविता पनि सुनाउनु भएको थियो|

सुमन सुमधुर साँझ (Photo)

IMG_4378IMG_4376IMG_4374IMG_4361IMG_4358IMG_4348
IMG_4346IMG_4338IMG_4332IMG_4329IMG_4326IMG_4322
IMG_4303IMG_4285IMG_4284IMG_4283IMG_4282IMG_4281
IMG_4265IMG_4262IMG_4256IMG_4255IMG_4244IMG_4216

लोक गायक सुमन बुढामगरको प्रस्तुति “सुमन सुमधुर साँझ” न्यु योर्कमा अक्टोबर ६ सनिबारको साँझ सम्पन्न भयो|उक्त सांगीतिक साँझमा बरिस्ठ संगीत साधक अम्बर गुरुङको बिसेष उपस्थिति थियो भने न्यु योर्क सिटीका कम्पट्रोलर जोन लु पनि कार्यक्रममा आउनु भएको थियो|लोक गायक सुमन बुढामगरले उक्त कार्यक्रममा एकै पटक आफ्नु चार वोटा गीति अल्बम पनि सार्बजनिक गर्नु भयो|

कथा यात्रा भाग ३

(कथा यात्राको दोस्रो भागमा बिन्दा र नन्दन शहर घुमेर आउछन र साँझको बेलामा निर्मल पनि घर आउछन र निर्मलको नेपाल बाट दुखद समाचार आउछ|निर्मलको बुबा बित्नु भएको हुन्छ|कथा यात्राको तेस्रो भागमा के होला?)
कथा यात्रा भाग ३
सहदेव पौडेल
न्यु योर्क

त्यो रात निर्मलको लागी निकै लामो भयो|उसले बारम्बार घरमा फोन गरेर कहिले श्रीमती र अन्य आफन्त संग कुरा गरी रह्यो|आवस्यक खर्च भोली पठाई दिन्छु भन्दै श्रीमती लाई सान्त्वना दियो| नन्दन र बिन्दा उसको साथमै थिए|दिनभरिको घुमफिर बाट थाके पनि उनीहरुलाई निन्द्रा आएन|रातीको ११ बजी सकेको थियो|निर्मलले साथीभाईहरुलाई फोन गरेर आफ्नु दुख बिसाउन खोज्यो तर कसैको फोन उठेन|उ आफ्नो कोठामा गएर एकै छिन बस्यो|कम्प्युटर खोल्यो|दराजमा राखेको पुराना फोटोहरुको अल्बम निकाल्यो र एकै छिन अल्बममा आफुलाई डुलायो|अल्बमबाट उसले आफ्नु बुवाको श्याम स्वेत तस्बीर झिक्यो र डिजिटल क्यामेराले फोटोको फोटो खिच्यो र कम्पुटरमा डाउनलोड गर्यो र आफ्नु फेसबुक पेजमा गएर फोटोलाई अपलोड गर्यो यो छोटो भावनाको साथमा:
“बुबा बित्नु भो
उ आउछ आउछ भन्दै
नाती नातिना संग खेल्दै,
एउटा आशा सजाउदै,
गाऊ बजारमा मेरो कथा सुनाउदै हिड्ने मेरो बुवा..
एउटा सपनाको साथमा टुकुर टुकुर गर्दै ,
आइजो आइजो अब आइजो,
कति बस्छन परदेशमा भैगो,
भन्दै हिड्ने मेरो बुवा ..
अब कहिल्यै नभेट्ने गरी बिदा हुनु भो
बुवा बित्नु भो”

बिन्दाले भान्छामा मैन बत्ति र धुप भेटिन र बुवाको फोटो छ भने दिनु भनेर मागिन|उसले त्यो श्याम स्वेत तस्बिरलाई एउटा फ्रेममा सजायो|मैन बत्ति र धुप बालेर एउटा प्लेटमा फोटो सजाएर बिन्दाले लिभिंग रुममा राखीन|निर्मलले “धन्यबाद” भन्यो|यसै बेलामा नन्दनले ६०० डलर उसको हातमा राख्दै बिहान भन्नु भएको पैसा राख्नु होला भनेर दियो |उसले आफ्नु कामको मेनेजरलाई फोन गर्यो र आफुलाई परेको समस्याको बारेमा जानकारी दिदै आफु भोली काममा आउन नसक्ने जानकारी दियो|नन्दनलाई कपाल खौरीदिन अनुरोध गर्यो|रात झनै छिप्पियो|एकछिन पछि उसले फेरी फेसबुक खोल्यो र फोटोमा समबेदनाका शब्दहरु पोखिएको थियो,पढ्यो तर कसैले उसलाई फोन गरेनन|

“यो मेरो जिबनको दोस्रो दुखद दिन हो” निर्मलले बिस्तारै आफ्नु दुख फुकाउन लाग्यो|सोफामा थाकेर बसेका नन्दन र बिन्दा उसलाई सुनी रहेका थिए| “म अमेरिका आएको ९ बर्ष भो ,यता आए पछी मैले कति वोटा न्वारन ,भात खिलाई,बिबाह छुटाए गनी साध्य छैन|गाऊ घरका कति साथीहरु जनयुद्दमा मारिए त्यो पनि थाहा छैन|देशमा के के परिबर्तन आयो गयो मेरो लागी त्यो एकदिनको समाचार भयो|पत्रकारिता सम्बन्धि एउटा कार्यशालामा आएको थिए ..केहि सिकेर जान्छु र देशमा मेहनत गर्छु भन्ने थियो|यता पाइला राखे पछी साथी भाई,परिवारले यतै बसेर केहि गर्नु भनेर जोड दिए|देशको अवस्था ठिक छैन|पत्रकारको ज्यान खतरामा छ,राज्य पक्ष्य र सरकार पक्ष्यले बाच्न दिदैन,नआउनु भनेर मलाई डर देखाइयो|मेरो सामान्य पत्रकारिताको अनुभबलाई ठुलो बनाएर यहाँका साथी भाई र वकिलहरुले मलाई एक्स्ट्रा अर्डीनरी भिसामा आबेदन दिनु एक बर्ष भित्रमा सबै कागज पत्र बनेर परिवार आउछन भनेर भने |त्यसको २ बर्ष सम्म केहि खबर आएन..मेरो केस त्यसै हरायो अर्थात् केस अप्रुभ भएन|वकिलले मेरो पसिना निकै चुसेको छ| र केस पनि बिग्रे पछी त म झनै बिखल्बंदमा परे|मेरो केश अस्वीकृत भएकै दिन आमा बित्नु भएको थियो|

त्यो दिन मलाई अमेरिका आएकोमा निकै पछुतो भएको थियो |त्यो पीडा अझै पनि छ मनको अन्तर कुन्तरमा|त्यस पछी मलाई पीडाले त्यति दुखाउन छोड्यो|आज बुवा बित्नु भो, गार्हो सार्हो पर्दा नेपाल जान सकिन र अहिले बित्नु भएपछी फेरी जानु को के अर्थ र?” ८/१० बर्ष अघि न आइजो भन्ने साथी भाई ,परिवार आज भोली कहिले आउछस भनि सोध्छन|तिमीहरु देश बनाऊ ,देश बनि सके पछि म आउछु भन्छु |
जिन्दगी यसरी बित्छ भन्ने अगाडी नै जानेको भए म उसै बेला नेपाल फर्किन्थे|संगै पत्रकारिता गरेका साथीहरु अहिले दैनिक पत्रिकाका सम्पादक भई सकेका छन्|देशमा संचारको बिकाश भएको छ ,नया नया प्रबिधि भित्रिएको छ,अहिले म न यता को हुन सकेको छु न उताको,अलि अलि जानेको ज्ञान पनि हराई सक्यो|साथीहरु अझै पनि पत्रकार भन्छन|यो सुन्दा मलाई व्यंग गरेको जस्तो लाग्छ|फर्किउ न अहिलेको समय सुहाउदो ज्ञान छ न त पैसा नै कमाएको छु,अब कागज पत्रको कुरा त खै कहाँ फलेको होला र टिप्नु! बिन्दा र नन्दन निर्मलको पीडा गाथा सुनी रहे|”अनि घरमा को को हुनुहुन्छ त ?” बिन्दाले सोधिन|”भाईहरु छन् ,बुहारी छन् ,उनीहरुका छोरा छोरी छन्,बुवा आमाको सम्झना छ अनि मेरी श्रीमती र अहिले १० बर्ष पुगेको छोरो ४ कक्षामा पढ्दै छ|” “अनि नेपाल त जानु भएको भए हुने नि है ,कागज पत्र बनाउन पनि कस्तो गार्हो ?” नन्दनले सोध्यो|कहाली लाग्दो जीवनको कथा सुनायो निर्मलले|जाने जाने भन्दा भन्दै महिना बर्ष बितेको पत्तो भएन|अझै पनि जाने दिनको तिथि मिति बादलले छोपेको छ निर्मलको|आएको दुईदिनमा बिन्दा र नन्दन उसको परिवारको सदस्य जस्तै भए|दुखको बेलामा साथ् दिए पछी साथी बन्न कति समय लाग्दो रै’छ र ?

मध्यरात कट्यो|पर ट्रेन स्टेशनमा गुडेको ट्रेनको कर्कश लाग्दो आवाज सजिलै सुनिन्थ्यो|बिन्दा र नन्दन सुत्न आफ्नु कोठामा गए|निर्मल सोफामा पल्टी रहेको थियो निदाएछ|एक्कासी फोनको घन्टीले उ बिउझियो|”तिमीले बुबा बितेको कुरा मलाई फोन गरेर किन नभनेको? यस्तो दुखद खबर पनि मैले फेसबुक हेरेर थाहा पाउनु पर्ने?” उताबाट अंग्रेजीमा बोलेको महिलाको मायालु आवाजले सोध्यो|”तिमी सुत्यौ होला भनेर डिस्टर्ब नगरेको” निर्मलले भन्यो|”म आउ ?” उनले सोधिन “पर्दैन भोली बिहान आउ, अहिले सुत”निर्मलले भन्यो|उ सोफामा सजिलो संग बस्यो,फेसबुक पेजमा गयो र अहिले सम्म प्राप्त समबेदनाका शब्दलाई धन्यवाद भन्यो|फोनमा सुनिएको आवाजलाई “आइ लभ यु एन आइ मिस यु टू”भन्दै निर्मलले फोन राख्यो र त्यसपछी लामो स्वास फेर्दै निर्मल सोफामै निदायो|

क्रमस: