Monthly Archives: March 2013

The Journey of Creation-Srijanaka Yatraharu (Videos)

मार्च महिनाको सृजनाका यात्राहरुमा सहभागी हुनुहुने सम्पूर्ण सर्जकहरुलाई धेरै धेरै धन्यवाद। गायक हरिश माथेमा आफ्नू स्वास्थ्य अनुकूल नहुदा नहुदै पनि कार्यक्रममा आउनु भयो। हामी आभारी छौ। गायिका अनिता सुब्बा ,लोक गायक बिमल डाँगीले र गायक सुनिल बुढाथोकीले कार्यक्रमलाई सांगीतिक बनाइदिनु भयो। हामी आभारी छौँ।
भर्जिनिया बाट आइपुग्नु भएका कवि वसन्त श्रेष्ठलाई पनि धेरै धन्यवाद। उपस्थित सर्जकहरु विनोद रोका,ज्योति पौडेल,परिता राजभण्डारी,मनु लोहरुंग राई, अशोक राई,मणी बांग्देल,नगेन्द्र अठराइली, र विष्णु पौडेल


कार्यक्रम स्थल उपलब्ध गराइदिनु भएकोमा गायक रोशन गुरुङलाई धन्यवाद। साथै मलिंगोका रवि गुरुङलाई पनि धेरै धेरै धन्यवाद। पुर्ब जिल्ला न्यायधिश नबराज उपाध्याय कार्यक्रम श्रवण गर्न आउनु भएकोमा धेरै धन्यवाद
उपस्थित सम्पूर्ण प्रति नमन!

सृजनाका यात्राहरुको अप्रील महिनाको कार्यक्रम अप्रिल ७ ,आइतबार मालिंगो रेस्टुरेन्टमा २ बजे देखि ४ बजे सम्म हुँदै छ।आउदो महिनाको कार्यक्रममा पत्रकार एवं लेखक निक हरस्चन (Nick Hirshon) आफ्नू नयाँ पुस्तक Images of America-Forest Hills को बारेमा कुराकानी गर्न आउदै हुनुहुन्छ। र नेपाली सर्जकहरुले अङ्ग्रेजीमा आफ्नू रचनाहरु सुनाउने कार्यक्रम छ।