Monthly Archives: March 2016

नेपालमा आएको अप्रत्यासित हावाहुरीको कारण यस्तो रहेछ( भिडियो सहित)

जुपिटर ग्रहमा ठोक्किन पुगेको UFO( Unidentified Flying Object)को कारणले गर्दा नेपालमा डरलाग्दो हावाहुरी आएको बताइएको छ।
(हेर्नुहोस् भिडियो)

जुपिटर ग्रह नेपालको ठ्याक्कै माथि पर्ने भएकोले UFO जुपिटरमा ठोकिए पछि त्यसबाट निस्केको

​ठुलो ​

हावाको बहाब र धुलोको कारणले नेपालमा डरलाग्दो हावाहुरी आएको हो।

​(अप्रील ​फुलको शुभकामना)

 

साबधान

साबधान

सडक चोकमा होस्

या चिया पसलमा,

च्याप्प समात्न सक्छन्,

चिने जाने झैँ

बारम्बार फोन गर्न सक्छन्,

आफ्नै सम्झेर

डोर बेल ङ्रिङ्ग ङ्रिङग बजाउन सक्छन्,

त्यस्तै परे झ्याल ढोका ठटाउन पनि सक्छन्

जब सम्म जालमा पार्न सक्दैनन्

तबसम्म अट्याक् गरी रहन सक्छन्!
सपनाको डोली उचाली,

डरहरुको खाता बोकेर,

सुटकेश भित्र बल्छि रुपी कागजात बोकेर ,

सुटेट बुटेट लामा लामा जिब्रा भएका शेष नाग झैँ

तपाँईको मेहनत पसिनाले जोगाएको दुई चार सयमा आँखा गाड्ने छन् ,

सुनाउने छन् मिठा मिठा सपनाका कुराहरू

र बिस्तारै देखाउनेछन् तपाईँको डरलाग्दो भविष्य,

जस्तो कि…..
“तपाँई बिती हाल्नु भो भने परिवारको बिचल्ली हुन्छ,

सडकमा जान्छन्….दुख पाउछन्,

क्रोनिक रोग लाग्न सक्छ,

बिरामी परिएला,

यस्तो बेलामा कसले गर्छ ख्याल ?

खै तपाईँको बचत?

भविष्यको लागि जोहो गर्नुहोस,

हामी तपाईँको भविष्य सुरक्षित बनाउने छौँ
बरु,

बरु तपाईँ पनि हाम्रै बिजनेसमा आउनुहोस
छोडिदिनुस त्यस्ता काम,

१०/१२ घण्टा किन खट्ने

बसी बसी गनौला दाम,

ग्रोसरी स्टोर , रेस्टुरेन्ट

बिउटी सलुनमा किन खोज्नु ज्याला,

फ़ाइन्नन्सियल फ्रीडम रोज्नुस,

फाईनान्सियल फ्रिडम!


ठुला ठुला होट्लमा जाऔंला,

भ्याकेसन मनाऔंला,

लौ हेर्नुस त मेरो हप्ता भरीको तलब

तपाईँले वर्ष भरि कमाउनु भएको भन्दा धेरै छ ,

किन गर्नु हुन्छ काम ?

आउनुहोस मिलेर कमाऔ

सपना बेचौं सपना

डर त्रास बेचौं
आsss छोडिदिनुस नैतिकताका प्रश्नहरू

पहिले आफ्नो आर्थिक क्रान्ति गरौँ।

यस्तै अनेक अनेक इमोसनल ब्याल्कमेल गर्दै

चाट्ने छन् तपाईँको रगत पसिना,

र अन्त्यमा माग्नेछन् औंठा छाँप!

तपाँईको भविष्यको यस्ता चिन्तक,

अर्थशास्त्रको ज्योतिषी झैँ ,

सुनाउने छन् सुनौला सुनकेस्राका कथाहरू,

र सुताउने छन् आफ्नै फाइदाको ओच्छ्यानमा!
एवं रितले एजेन्ट जी आज्ञा गर्दै जानुहुने छ,

तसर्थ,

हे अज्ञानी हो!

जीवन बिमाको रसमलाईले सारालाई भुलाई

ती नन्दी भृन्गीहरुले आफ्नो स्वार्थ अनुसार

लगाउने छन् जीवन बिमाको ईन्सुलिन,

र तपाईँ बाँचुन्जेल भन्नुहुने छ ऐय्या ऎय्या!!

****

जीवन बिमा सम्बन्धि जनचेतना बढाउने उदेश्यले लेखिएको कविता “साबधान”
कविता/स्वर/भिडियो:सहदेव पौडेल
संगीत: चेरीयोट अफ फायर

 

जाजरकोट

जाजरकोट

बादल माथीबाट हेर्दा
जाजरकोट शुभ विवाहको ज्वारीकोट जस्तै देखिन्छ।
तर जब पाइला टेकिन्छ जाजरकोटमा,
जाजरकोट जाजरकोट जस्तै देखिन्छ,
खडेरीले चिरा परे जस्तै,
चैतको हुरीले धुलाम्य भए जस्तै!

जनयुद्दमा भाचिएको ढाडको अझैं उपचार गरी रहेको जाजरकोट,
भरेको भातको जोहो गर्न,
रृणको भारी बोकेर,
दुखको भारी बोक्न भारत जाँदो रहेछ,
लालाबालाहरु बा फर्कने आशा खाएर बस्दा रहेछन्।
र दाँत झरेकी आमै सकी नसकी दुख टोक्दै,
एक मुठ्ठी सुख पिउने आशामा टोलाउदि  रहिछिन।

जाजरकोट दरबारकोट भन्दा कयौँ कोश टाढा छ ,
त्यसैले जाजरकोटको दुखको बासना सहरचोक सम्म आउदैन बरै,

के तिमी एक दिन,
मात्र एक दिन,
जाजरकोट लगाएर, जाजरकोट बोक्न सक्छौ?
खोलेर तिम्रो मुखुण्डो जस्तो कोट,
के आज एक दिन
जाजरकोट सुग्ध्न सक्छौ?

जाजरकोट भन्दैछ,
सिलाई दिए मात्रै पनि हुन्छ
च्यातिएका खेत,बारी र बाटाहरु,
अलिकति जागँर जाजरकोटमा खनाईदिए मात्रै पनि हुन्छ!
दुर्गम चोटमा अलिकति औषधीमुलो छर्किदिए मात्रै पनि पुग्छ ।
कठै,
जाजरकोटलाई जर्जरकोट नबनाईदिए मात्रै पनि हुन्छ।

कोही छ ?
चिरा परेको जाजरकोट सिलाउन सक्ने सूचिकार!

​*****
सहदेव पौडेल ​
बिबिसीको साझा सवालमा हालै प्रकाशित जाजरकोटको जीवन Life in Jajarkot कार्यक्रम हेरे पछि कोरेको कविता। कार्यक्रम यहाँ हेर्न सकिन्छ

Oculus-One more reason to go to the World Trade Center(Photos)

Is it wings? Is it bones? No its Oculus and Oculus’ visual pureness captures everyone’s attention. 
After 12 years, a new transit station has opened at the World Trade Center. I recently went there to take photos and feel the grandness.


First I lost—which was good. I tried to look around and take photos using my iPhone 5s.


Do you know how much it cost to build? $4 billion (public money).
Do you know who designed Oculus? Spanish architect Santiago Calatrava.


Do you know how to reach there? Take E train to World Trade Center station or R to Corltland Street Station or PATH Train


Walking around the World Trade Center, I always feel some kind of silence. Inside Oculus, there’s silence, there peace and there’s beauty.


Imgaes taken/edited and posted directly from iPhone 5s.

©Sahadevision