Collection of AI Generated Photo Arts Prompted by Sahadev Powered by DALL E

Photo Arts created by AI. Prompt provided by Sahadev Poudel.

Santa Going to the Space
Lord Buddha & Santa walking around the city of Temples.
A Photographer wandering at the White Sand
Communal Tea Party
Santa is eating MoMo in front of snowy temple.
Buddha & Santa addressing the crowd.
Buddha and devotees.
NepaLisa
Jatra in Kathmandu
City of Goddess
Forgotten City of Nepal
Boudhanath
Waiting for Godot
A village girl
Another village girl
A girl in the river
Brining back to life…old Authors and writes from history.
A happy bride
A Parrot

मेरो पुस्तकालय

एक दिन बाटो बिराएर अलमल पर्नु भएको एक व्यक्ति पुस्तकालयमा आउनु भयो र सोध्नु भयो “म पुग्नु पर्ने यो ठाउँमा हो तर म सँग नक्सा हेर्ने फोन पनि छैन। म हराएँ। कृपया मलाई मद्दत गर्नुहोस्।” मैले उहाँलाई पुग्नु पर्ने ठाउँको ठेगाना राखेर नक्सा प्रिन्ट गरेर त्यो स्थानमा कसरि पुग्न सकिन्छ भनेर जानकारी दिए। उहाँ धन्यवाद भन्दै आफ्नो गन्तब्य तिर लाग्नु भयो। वास्तबमा, पुस्तकालय “बाटो” देखाउने यस्तै एउटा ठाउँ हो,जसले हामीलाई सहि ठाउँमा पुर्याउने “ठेगाना” पनि उपलब्ध गराउन सक्छ र पुस्तकालय यस्तो ठाउँ पनि हो जहाँ पुगेर फर्के पछि हामी केहि न केहि बोकेरै फर्कका हुन्छौं।

हिजो आजका पुस्तकालयहरुमा पुस्तकहरु मात्रै हुंदैनन्। पुस्तकालयलाइ पूर्ण गरेको हुन्छ, अनेक सेवा र सुबिधाहरुले।पुस्तकालयमा पासपोर्ट बन्छ, नोटरी गरिन्छ, ट्याक्सको फारम भर्न सहयोग गरिन्छ। कामको खोजीमा हुनुहुन्छ र बायोडाटा, रिजुमी, कभर लेटर लेख्न सहयोग पनि पाइन्छ।विध्यार्थीहरुका लागि टिउटर सुबिधा पनि उपलब्ध हुन्छ पुस्तकालयमा।

समुदायमा के हुदै छ भन्ने थाहा पाउन पुस्तकालयको बुलेटिन बोर्डमा हेरे पुग्छ र तपाईको समुदाय कस्तो छ भन्ने बुझ्न पनि पुस्तकालय पुगे हुन्छ।पुस्तकालयमा साना साना केटा-केटीहरुको लागि दैनिक कथा वाचन हुन्छ। पुस्तक चर्चाको लागि थरि थरि उमेर समुहका बुक क्लब हुन्छ। कला, साहित्यका कार्यक्रमहरु पनि भै’रहेका हुन्छन।

कागज पत्र प्रिन्ट गर्नु पर्यो , घरमा इन्टरनेटले वा कम्प्युटरले काम गरेन, वा घरमा बसेर काम गर्दा गर्दा बोर लाग्यो भने पनि जाने उपयुक्त ठाउ हो पुस्तकालय। बाहिर हिँडेको बेलामा पानी पर्यो भने ओत लाग्ने ठाउँ बन्न सक्छ पुस्तकालय। जाडो भयो? पुस्तकालय न्यानो ठाउँ बन्न सक्छ, गर्मी छ, पुस्तकालय शितल स्थान बन्न सक्छ। आज कता जाऔं जस्तो लागिरहेको बेलामा जाने ठाउँ हो पुस्तकालय अथवा आज मलाई कतै जान मन छैन भनेर पनि जाने ठाउँ हो पुस्तकालय।

मेरो पुस्तकालयमा त स्टेट पार्कमा घुम्न जानको लागि पर्किग पास पनि लिन मिल्छ। हाइकिङ्गमा जानको लागि अनेक सर समानले भरिएको हाइकिङ्ग ब्याग पनि लिन मिल्छ। अनेक अनेक रोबोटहरु घरमा लगेर खेल्न मिल्छ। लुगा सिउने मेशिन घरमा लगेर सिलाइ बुनाइ सिक्न सकिन्छ। मेरो पुस्तकालयमा त मेकर स्पेस, मेकर ल्याब भनेर बनाएको एउटा ठुलो कोठामा त थ्री डी प्रिन्ट, बिज्ञान, प्रबिधि, इञ्जिनियरिङ्ग लगायतका सामान देखि बिबिध विषयका ज्ञान गुनका कार्यक्रम पनि हुन्छ। कम्युटरका कोडिंग देखि रोबोट कसरि बनाउने भन्ने पनि सिकाउछ। अंग्रेजी बोल्न, संगीत सिक्न, रङकला,नाटक, कविताका कार्यशाला, सिलाई बुनाई सिक्न देखि साना नानीहरु देखि हजुर बा-आमा सम्मको लागि अनेक अनेक रमाईला कार्यक्रमहरुले पुस्तकालय भरिएको हुन्छ।

अरु के हुन्छ होला त पुस्तकालयमा? बाइना कुलर,थर्मल क्यामेरा, सांगीतिक यन्त्र युकुलुलु, घरको मर्मत सुधार गर्न चाहिने सरसामानको किट, थरि थरि का खेल, पजल, केटा केटिलाइ हुने शिक्षा मुलक आईप्याड। यी त भए पुस्तकालय भित्र उपलब्ध हुने सर सामानहरु। पुस्तकालयको सदस्यता लिई सके पछि त अनलाइनमा अझै के के हो हेर्न, सुन्न, पढ्न र सिक्न मिल्ने सामग्रीहरु पनि पाइन्छ। यी सबै नि:शुल्क पाइन्छ भन्ने सुन्दा सुरुमा मलाई पत्यारै लागेको थिएन।

त्यति मात्रै हो र? पुस्तकालयमा नि:शुल्क कार्यक्रमहरु गर्न सकिन्छ। अथवा भै रहेका कार्यक्रमहरुमा नि:शुल्क सहभागी पनि बन्न सकिन्छ। भर्खरै यो देशमा आइपुग्नु भएका आप्रवाशीहरु सोध्नु हुन्छ? लाइब्रेरीको सदस्यता लिन कति पैसा तिर्नु पर्छ? पुस्तकालयको सदस्यता लिन कति पनि पैसा तिर्नु पर्दैन,त्यति मात्रै हो र , कम्तिमा पनि ५० थान पुस्तकहरु एक पटकमा घरमा लान सकिन्छ यो पनि २१ दिन सम्मको लागि। धेरै पुस्तकालयहरुले त् हिजो आज पुस्तक ढिलो फिर्ता गरेकोमा लिने जरिवाना पनि हटाएका छन्।नयाँ नयाँ पुस्तकहरु देखि निकै पुराना पुस्तकहरु सजिलै भेटिन्छ पुस्तकालयमा। तपाईंले खोजेको पुस्तक यदि तपाईंको पुस्तकालयमा छैन भने पनि अरु पुस्तकालयहरु बाट खोजेर भए पनि लेराइदिन्छन्।तपाईं पुस्तकालय जान सक्न्नु हुन्न भने पुस्तकालय तपाईकोमा पनि आउन सक्छ। तपाईं बस्नु भएको ठाउँ पुस्तकालय बाट टाढा छ भने पनि पुस्तकालय तपाईंको घरमा आउन सक्छ। सामुदायिक केन्द्रमा होस् वा जेल भित्र वा कुनै रमाइलो सडक महोत्सबमा होस् पुस्तकालयको एउटा अंश लामो टेबुल राखेर भए पनि तपाईलाइ भेट्न पर्खिरहेको हुन्छ।

अमेरिकामा पब्लिक लाइब्रेरीलाई समुदायको ढुकढुकी मानिन्छ । अमेरिकन लाइब्रेरी एसोसियसनको पछिल्लो डाटा अनुसार अमेरिकामा १६,५४९ वटा पब्लिक पुस्तकालयहरु छन्। स्कुल र अन्य एकेडेमिक समेत जोडेर हेर्ने हो भने त् अमेरिकामा १,१७,३४१ वटा पुस्तकालयहरु छन्। पब्लिक लाइब्रेरिजको २०१८को सर्भे अनुसार अनुसार अमेरिकनहरु १ .२८ बिलियन पटक पुस्तकालय पुगेका छन् भने १२१. ९ मिलियनहरुले ५. ६८ मिलियन कार्यक्रमहरुमा सहभागिता जनाएका छन्।

प्रबिधिले जस्तो सुकै फड्को मारे पनि पुस्तकालय प्रबिधि संगै परिष्कृत हुँदै समुदायको सेवामा खटिरहेको छ। पुस्तकालय दिन प्रतिदिन कसरि हुन्छ समुदायलाइ उत्कृष्ट सेवा पुर्याउन सोचिरहेको हुन्छ। अल्बर्ट आइन्स्टाइनले त्यसै भनेका होइनन “तपाइँले थाहा पाउनै पर्ने एउटा मात्रै चिज हो, तपाइँको पुस्तकालयको ठेगाना।” तपाइँलाई आफ्नो समुदायको पुस्तकालय कहाँ छ भन्ने थाहा छ भने तपाई हराउनु भएको छ पुस्तकालयले पुग्नु भने ज्ञानको “ठेगाना” सजिलै उपलब्ध गराउन सक्छ।

सुक्यो होला हिलो मैलो…दशैंको शुभकामना सहित(भिडियो)

दश बर्ष अघि दशैँ को समयमा देश फर्कन नपाए पछि मनमा एउटा कविता फुरेको थियो ” सुक्यो होला हिलो मैले झुल्यो होला धान बाली …. ” १० बर्ष पछि गायक हरी लामिछानेले मेरो त्यहि कविता लाई गीतको रुपमा भिडियो सहित तयार परेका छन् । गीतको भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् ।
पर… देश तिर हुनेहरुलाई घरदेश फर्कन अहिलेको समय परिस्थिति त्यति सहज छैन। घरदेश बाट टाढै बसेर पुराना दशैँ सम्झनु को कुनै बिकल्प छैन। मैले गीतमा लेखे जस्तै ” परदेशमा छौँ हामी निधार नहोस् हाम्रो खाली, जाउला नि नेपाल अर्को पाली”
शुभकामना सहित सुनौँ शुभकामना सहित साथीहरुलाई सुनाऔं सुक्यो होला हिलो मैलो

शुभकामना सहित हेर्नुहोला र आआफ्नो टाईमलाईनमा शेयर गर्नुहोला है!
https://youtu.be/KnL_k_hIfkI

#SukyoHola #DashainSong

‘यात्रा रहेछ जिन्दगी’

यात्रा रहेछ जिन्दगी

सहदेव पौडेल

भन्छन् जिन्दगी एक यात्रा हो र हामी एक यात्री। हिड्दै जांदा को को भेटिन्छ, कसरी हामी सहयात्री बन्छौ र एउटा अबिष्मरणिय यात्राको रचना गर्छौं। यो एउटा त्यस्तै यात्राको कथा हो। यो कथा हालै टर्किश एयरलाईन्सबाट काठमाण्डू हुंदै अमेरिका आउने क्रममा परिचय भएका साथीहरुको हो।

अमेरिका जाने डिभी परेपछि खुशी नहुने परिवार को होला र! त्यसमा पनि छोरा छोरीको भबिष्य जोडिए पछि त खुशी झन् दोब्बर हुने नै भयो। लकडाउनको समय छ। नियमित उडानहरु बन्द छ। अमेरिकाको पनि दुई तिनवटा एयरपोर्ट मात्र खुलेको छ। टिकटको मुल्यले अन्तरिक्ष छोएको छ। भिसाको अबधि सकिनु अघि नै उड्नु छ तर कसरी? आफु पुग्ने सहरको एयरपोर्ट बन्द छ। ओहो सम्झंदै अत्यास लाग्दो छ। यहि चिन्तामा हुनुहुन्छ बस्नेत परिवार!

भर्खरै बिए पास गरेर बसेकी आफ्नी छोरीलाई डिभी परेपछि अर्याल बा पनि खुशी हुनु भयो। तर छोरी यस्तो अबस्थामा कसरी एक्लै अमेरिका जान सक्छे त? यात्रामा चिनजानको कोही छैनन्। न्युयोर्क नै पुगे पनि त्यहाॅंबाट छोरी कसरी भर्जिनिया जान्छे होला? चिन्ताको भारी निक्कै गहरुंगो छ।

परिवार संग छुट्टी मनाउन नेपाल पुगेका राई दाईलाई पनि आफ्नो यता अमेरिकाको घर ब्यबहार सम्हाल्न अमेरिका फर्कनु नै छ। ईलाममा बसिरहेका राई दाईले एक दिन अघि टिकट पक्का गरेर आफ्नो सानु छोरा सहित रातारात काठमाण्डू आई पुगे। सबारी पास लिन भोग्नु परेको दुख र बल्ल बल्ल अमेरिका फर्कन पाउनुको मिश्रित भाव राई दाईमा देख्न सकिन्थ्यो।जहाज मध्य आकाशमा उडीरहेको बेलामा उहाॅंलाई चीन्ता छ न्युयोर्कबाट टेन्नेशी कसरी पुग्ने होला।

रिजाल भाई बिवाह गर्नै भनेर फेब्रुवरीमा नेपाल गएका थिए। लकडाउनले गर्दा समयमा फर्कन पाएनन्। ग्रीनकार्डमा ६ महिना भन्दा बढि नेपाल बस्दा समस्या आउने भएकोले कसरी हुन्छ फर्कन पाए हुन्थ्यो भनेर रिजाल भाई चिन्तित थिए। एकै दिन अगाडी टिकट पक्का भए पछि उनी पनि भर्खरै बिवाह बन्धनमा बाधिएकी जीवन संगीनीलाई छाडेर कर्मथलो लागे।

६ महिनाको नेपाल बसाई पछि, दुई बर्षको छोरालाई परिवारकै साथमा छाडेर चितवनबाट करुणा पनि मन दर्हो बनाएर कर्मथलो उडिन्।

म पनि ४ महिना देखि नेपालको लकडाउनमा फसेको थिएं। यता घर ब्यबहार सम्हाल्न आउनै पर्नै भयो र आफ्ना दुई साना छोराहरु र श्रीमतीलाई नेपालमै छाडेर अमेरिका आउंदै थिंए।

टिकट सामन्य बेलाको भन्दा डब्बल तेब्बर थियो। चार्टर फ्लाईटको नाम दिएर करिब तीनहजार डलरबाट सुरु भएको टिकट हामी फर्कने बेलामा १७०० डलरमा आई पुगेको थियो। महंगै टिकट भए पनि फर्कनै पर्ने जानै पर्नै बाध्यताले हामी सबैलाई बाधेको थियो।

लकडाउनको समयमा अमेरिका त्यो पनि कोरोनाले आक्रान्त पारेको बेलामा रहरले को आउछ होला र! सबै सॅंग एउटा बाध्यात्मक परिस्थिती थियो। त्यसैले धेरै यात्रुहरुको अन्तिम गन्तब्य न्युयोर्क नभए पनि जसरी हुन्छ अमेरिका आई पुगे पछि बाकी हेर्दै जाऔंला र जसरी पनि आफ्नो गन्तब्यमा पुगिएला भन्ने आशा गरेर हामी सबै उड्यौं।

एक छोरा, एक छोरी, श्रीमती र आफु न्युयोर्कबाट कसरी भर्जिनिया पुग्ने होला भन्ने चिन्तामा जलिरहॅंदा बस्नेत परिवार परिवार सॅंग परिचय भयो। पहिलो पटकको यात्रा, चिनजानको कोही छैन! न्युयोर्क कहाॅं हो? भर्जिनिया कहाॅं हो? कसरी यात्रा गर्ने अत्तो पत्तो केही थिएन। संयोगले परिचय भयो र म पनि भर्जिनिया नै जाने थाहा पाए पछि, उहाॅंहरुको डर, चिन्ताको भारी हलुको भयो र आनन्दको स्वाश फेर्नु भयो।

त्यसैगरि अर्याल बा पनि एयर पोर्टमा असिन पसिन सहित आफ्नी छोरीको लागि भर्जिनिया सम्म जाने साथी खोज्दै हुनुहुन्थ्यो। म पनि भर्जिनिया जाने थाहा पाए पछि ‘देवता’ नै भेटिए झै खुशी हुनु भयो। र छोरी पनि आफ्नो यात्रा सहज हुने भएकोले खुशी भईन्।

काठमाण्डू बाहिरका हामी धेरै सवारी पास लिएर मात्रै काठमाण्डू जान सक्थ्यौं। सवारी पासको नाममा हरेक जिल्ला प्रशाशन कार्यलयले सबैलाई दुख दिएको थियो।राई दाई भन्नु हुन्थ्यो अमेरिका जाने टिकट छ, तर ईलामबाट काठमाण्डू जाने सवारी अनुमति छैन। मेरा कति साथीहरु त १५/१६ हजार तिरेर एम्बुलेन्समै भएपनि काठमाण्डू आउने तयारीमा हुनुहुन्थ्यो।

हामी सबै आ-आफ्नो कथा ब्यथा बोकेर अन्त्यमा जहाज भित्र पस्यौं। आफ्नो सिट वरपरका साथीहरु सॅग परिचय गर्दै जादा थाहा भयो, राई दाईलाई टेन्नेशी पुग्नु रहेछ। ईलामबाट हिड्दा देखिको चिन्ताले छोडेको थिएन अब कसरी टेन्नेशी पुग्ने चिन्ता थपियो। त्यस्तै चिन्ता थियो बोस्टन पुग्नु पर्ने लक्ष्मीलाई, न्यु ह्याम्पसायर पुग्नु पर्ने केसी परिवार र ओहायो पुग्नु पर्ने जय लाई। अनि न्युयोर्कनै अन्तिम गन्तब्य भएकाहरुलाई भने आफ्नो भन्दा हाम्रो चिन्ता थियो। सायद सहयात्री हुनु भनेकै यहि त त होनी!

प्लेन यात्रा त्यति सुखमय नभए पनि हामी न्युयोर्क ओर्लन पाउदां भने खुशी नै थियौं। कसैको श्रीमान मेरील्याण्ड, भर्जिनियाबाट ड्राईभ गरेर आफ्नो परिवार लिन एयर पोर्ट आएका थिए। टाढाका राज्यहरुमा जानु पर्नेहरु डोमेस्टिक जहाजको चाजोपाजो मिलाउन लागे। न्युयोर्कका साथीहरु खुशीहुदै आफ्नो गन्तब्य तिर लागे। अनि हामी भर्जिनिया पुग्नु पर्नेहरु गाडीको तयारीमा लाग्यौं। संयोगले साथीहरुको सहयोगले एक नेपाली मित्र संग परिचय भयो र उनले हामीलाई आफ्नो कारमा राखेर भर्जिनिया लेराई दिनु भयो। मैले सबैलाई आ-आफ्नो गन्तब्यमा पुर्याई दिए। सबै जना धेरै खुशी हुनु भयो म पनि चार महिना पछि आफ्नो कर्मघर फर्कन पाएकोमा खुशी भए।

यदि कोरोनाको डरले हवाई यात्रा अबरुद्ध नभएको भए सबै यात्रुहरु आफ्नो सहर नजिकैको एयरपोर्टमा कति आनन्दले खुशी हुदै अमेरिका आउथे होलान्! कल्पना गरे भन्दा पनि बढि भाडा, टर्किश एयरलाईन्सको तल्लो स्तरको सेवा, लामो र भोको यात्रा एउटा नमिठो सम्झना भएर बसिरहने छ।नेपाल सरकारले चार्टर फ्लाईटको नाममा अप्ठ्यारोमा परेका यात्रुहरुलाई चुस्नु हुदैन। यस्तो बेलामा त सरकार सहयोगी पो बन्नु पर्छ तर सरकार आफ्नै जनताको दुख चुसेर ब्यापार गर्दैछ।

अहिले सम्म त सबै साथीहरु आ-आफ्नो गन्तब्यमा पुगेर आराम गर्दै हुनुहुन्छ होला। कोही सेल्फ क्वारेन्टिनमा हुनुहोला, कोही महिनौं पछिको घरको सरसफाईमा ब्यस्त हुनुहोला, पहिलो पटक अमेरिका आउनेहरु आफ्ना आफन्त सॅंग नेपालको दुख सुख बाड्दै हुनुहोला। म पनि एक्लै आराम गर्दै गायक राम कृष्ण ढकालको “ यात्रा रहेछ जिन्दगी…..” गुनगुनाउदै छु र आशा गर्छु आगामी यात्रा सबैको सुखमय हुनेछ।

फेरी भेटौंला।

###

चार्टर प्लेनमा अमेरिका फर्कदै गर्दा

तिन हप्ताको लागि नेपाल गएको कोरोनाको कारणले लकडाउनमा फसिएला चार महिना सम्म नेपाल बस्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिईन। यति लामो बसाईले गर्दा यता अमेरिकामा मेरो घर ब्यबहार महिनौं देखि नकाटेको घास झै गंजागोल भएको थियो।लकडाउनले ९० दिन काटे पनि नेपाल सरकारले अन्तराष्ट्रिय नियमित उडान खोल्ने अत्तो पत्तो नभए पछि जसरी भए पनि अमेरिका उड्ने निधोमा पुगें। चार्टर फ्लाईटमा अमेरिका फर्कदा टिकट मंहगै पर्नै भएपनि बल्ल बल्ल बिभिन्न अन्योलताको बिचमा टर्किश एयरलाईन्सको फ्लाईट पक्का भएपछि ढुक्क भए।

ट्राभल एजेन्ट्सको प्रारम्भिक रुपमा भने अनुसार दिउॅंसो चार बजे उड्ने, ईस्तानबुलमा छोटो ३/४ घण्टाको ट्रान्जिट र त्यसपछि न्युयोर्क। यात्रा सहज नै होला भन्ने अनुमान गरियो त्यसमाथि मंहगो १६/१७ सय डलरको टिकट। मैले भन्दा पनि महॅंगो २५ सय देखि तिन हजार सम्म तिरेर मेरा थुप्रै साथीहरु अमेरिका आएका थिए।

हामी एक बजे नै एयरपोर्ट पुग्यौं। सामान्य समयको जस्तै एयरपोर्ट भित्र छिर्ने ढोकामा अब्यबस्थित भीड थियो। भित्र छिर्दा छिर्दै सामान्य ज्वरो नापे पछि लगेज बोकेर हामी चेक ईन गर्न गयौ। चेक ईन पनि सजिलै भयो। त्यसपछि ईमिग्रेशनमा डिपार्टचरको छाप हानियो। नेपाल सरकारले भिसामा नेपाल बसेका पर्यटकहरुको भिसाको म्याद सकिए पनि कुनै थप शुल्क र जरिवाना मिनाह गरेको रहेछ। मन मनै नेपाल सरकारलाई धन्यवाद दिए र दुईहात जोडेर ईमिग्रेसन अफिसर सॅंग बिदा लिएर जहाज उड्ने प्रतिक्षामा बसें।

चार बजे उड्ने जहाज केही समय अघि मात्रै बोकेर लेराएको यात्रुहरु ओरालेर सरसफाईमा ब्यस्त थियो। फोहरको पोका बोकेर गाडीहरु यता उता दौडीरहेको थियो। जहाज उड्न ढिला भैसकेकोले हामीहरु तनाबमा थियौं। करिब ४:४५ मा बोर्डिङ सुरु भयो र ५:२० मा जहाजले जमिन छाड्यो।

जहाजमा भीड सामान्य बेलाको जस्तै थियो। भित्र कुनै सामाजिक दुरी कायम थिएन तर धेरैको मुखमा मास्क र हातमा पञ्जा थियो। म आफ्नो सीटमा बस्नै लाग्दा मेरै अगाडीको भागमा पहिलेको यात्रुले प्रयोग गरेको टिस्युहरु थियो भने खाना खाने ट्रे खोलेर हेर्दा त्यसमा फोहरको दागहरु थियो। मैले एयर होस्टेजलाई भने पछि एक छिनमा आएर सफा गरिदिईन्।

सामन्यतया जहाज उडेको केही समयमा पेय पदार्थ, खाजा, स्न्याक्स दिईन्छ तर हामीलाई निकै बेर पछि खैरो कागजको ब्यागमा लामो पाउरोटीमा सेतो चीज पदार्थ र फ्रोजन गोलभेंडा राखेको फ्रोजन स्यान्डवीच र जुस लेराएर दिईयो। यो पहिलो स्न्याक्स होला यस पछि तातो खाना आउला भनेर खाइयो। तर दोश्रो पटक पनि हामीलाइ यहि स्याण्डवीच जबरजस्ती खुवाईयो र भने अर्को कुनै अप्सन छैन। तातो पानी, चिया, कफी केही पनि छैन भने। मन खिन्न बनाउदै टर्किश एयरलाईन्सलाई गाली गर्दै भोकको झोकमा त्यहि पनि खाईयो। केही साथीहरु संग चाउचाउ, बिस्कुट, चीप्स थियो। हामीले बाडेर खायौं। चाउचाउ दालमोठको बास्नाले गर्दा नाईट बस चढेको याद आयो र लाग्यो कतै हामी पनि नाइट बस चढेर न्युयोर्क त गई रहेको छैनौ!

त्यसपछि हामी ईस्तानबुलमा ओर्लियौं। सुरुमा टिकट काट्दा एजेन्ट्सले ३/४ घण्टाको ट्रान्जिट भने पनि हामी ७/८ घण्टाको ट्रान्जिटमा फस्यौं। ईस्तानबुलको बिहान ६ बजेको समयमा हामी न्युयोर्क उड्यौ र आशा गर्यौ यो फ्लाईटमा हामीलाई बिशेष ख्याल गरिने छ, खाना पनि मिठो हुने छ र जहाज पनि सफा हुने छ। तर आशा क्रमस: निराशामा बदलियो। काठमाण्डूबाट उड्दा जस्तो थियो यो जहाज पनि उस्तै फोहर थियो, खानाको नाममा त्यहि बासी स्याण्डवीच थियो। फरक के थियो भने पहिलो पटकको स्याण्डवीच रातो राम्रो बाकशमा मिलाएर राखिएको थियो। बाकस हेर्दा त पक्कै केही नयाॅं खाने कुरा होला भन्ने लागेको थियो तर त्यही बासी स्याण्डवीच देख्दा हामी खिन्न भयौं। फेरी दुईपटक त्यहि बासी स्याण्डवीच खाएर हामी न्युयोर्क ओर्लियौं। राम्रो खाना र चिया कफी केही खान नपाउदा हामी सबै भोका थियौं तर पनि न्युयोर्कमा ओर्लन पाउंदा भने खुशी भयौं।

न्युयोर्कमा ओर्ले पनि हाम्रो यात्रा सकिएको थिएन। यात्रुहरु कसैलाई टेन्नेसी, कसैलाई बोस्टन, भर्जिनिया, रोचेस्टर, मेरील्याण्ड, न्यू ह्याम्पसायर, पेन्सेलभेनिया, देखि लस एन्जलस सम्म पुग्नु पर्ने थियो। आफ्नो गन्तब्यमा कसरी पुग्ने होला। सबै साथीहरुमा एउटा अन्योलता थियो।

एउटा अन्योलताको बिचमा सुरु भएको हाम्रो यात्रा अन्योलतामा नै अन्त्य भयो। यति महंगो टिकट काटेर कोरोनाको बहानामा चार्टर फ्लाईटको नाममा सोझा साझा र अप्ठ्यारामा परेका यात्रुहरुलाई नेपाल सरकार, ट्राभल एजेन्ट्स,एयर लाईन्स र अरु केही लुटेराहरु मिलेर लुट्नु सम्म लुटे। मंहगो टिकट, टर्किश एयरलाईन्सको गुणस्तर हीन र कर्कश लाग्दो सेवाले यसपटकको हवाई जहाज यात्रा बिर्सनै नसकिने सम्झना भएर रहि रहने छ।

टर्किश एयरबाट अमेरिका फर्किंदाको कर्कश लाग्दो यात्रा (भिडियो यात्रा)

करिब चार महिना नेपाल बसाई पछि म जून २४ मा टर्किश एयरलाईन्सको चार्टर फ्लाईटबाट $१६०० को टिकट काटेर (काठमाण्डू- ईस्तानबुल- न्युयोर्क) म अमेरिका फर्केको छु। करिब $३००० डलरबाट सुरु भएको चार्टर फलाईटको टिकट पछिल्लो समयमा $१५०० सम्म झरेको थियो। नियमित उडानको टुङ्गो नभए पछि महॅंगै भए पनि अरु यात्रुहरु जस्तै म पनि बाध्य भएर चार्टर फ्लाईटमा आएको हुॅं।

सामान्यतया काठमाण्डू एयरपोर्टबाट बोर्डिङ्पास लिएपछि बस चढेर जहाज तिर लगिन्थ्यो तर यसपटक बोर्डिङ् गेट देखि जहाज सम्मको छोटो दुरी हिडेरै प्लेन तिर अगाडी बढ्यौ ४:४५ तिर।

प्लेन भित्र कुनै सोसियल डिस्टेन्सिङ थिएन, सिट छाडेर यात्रु राखिने भन्ने सुनिए पनि हरेक सिटमा यात्रुहरु थिए। कोरोनाको महामारीको क्रममा जहाजले सफा सुग्घरमा बिशेष ध्यान दिएको सुनिएको थियो तर मेरै सिट अगाडी टिभीको मुनीको भागमा पहिलेको यात्रीहरुले प्रयोग गरेको टिस्युहरु थियो। मैले एयर होस्टेसलाई देखाए पछि एक छिन पछि आएर निकालेर गईन।सिट वरपर, ट्रेहरुमा पनि फोहर दाग देखिन्थ्यो।

काठमाण्डूबाट दिउॅंसो ४ बजे उड्ने भनेको प्लेन करिब

५:२० मा उडेको थियो!

जहाजमा निकै भीड थियो। कसैको डिभी परेर भिसा सकिनै लागेको थियो भने कसैको कामको छुट्टी, कसैको नगै नहुने बिभिन्न समस्याका यात्रुहरु थिए।

जहाज न्युयोर्क जाने भए पनि जहाज भित्रका यात्रुहरु क्यालिफोर्निया, टेनेसी, न्यु ह्यामसायर, मेरील्याण्ड, भर्जिनिया, रोचेस्टर, बोस्टन आदि ठाउॅंहरुमा पुग्नु पर्ने थियो।

सामन्यतया काठमाण्डू देखि दोहा होस् वा स्तानबुल उक्त समयमा यात्रुहरुलाई पेय पदार्थ, स्न्याक्स र खाना उपलब्ध गराईन्छ तर टर्किश एयरलाईन्सले कोरोनाको बहानामा पेय पदार्थ त परैको कुरा बिरामी बुढी आमाले तातो पानी माग्दा पनि तं संग भाडो छ भने दे म ल्याउछु, हामी संग कप छैन भनेर एयर होस्टेसले भनिन्।

अनि खाना स्बरुप खैरो कागजको ब्यागमा लामो पाउरोटीमा नुनिलो सेतो चिज र गोलभेडा हालेको स्यान्डविच, जुसको प्याकेट र सानो गुलियो पाउरोटी ल्याएर दिए। भोक लागेको बेलामा त खाईयो र लाग्यो यो स्न्याक्स होला, एक छिनमा तातो खाना लेराउला भन्ने आशा गरियो तर उस्तै स्यान्डविच लेराएर “खाए खा नखाए घिच” भने जसरी ल्याएर राखिदियो।मेरै अगाडी एक बाको त खाली लामो सादा पाउरोटी मात्रै थियो। त्यो पनि बल्ल बल्ल खाईयो।

चाउचाउ, दालमोठ र बिस्कुट बोकेका साथीहरुले भने आफुसंग भएको खानेकुरा बाडेर खाएको पनि देखियो।

https://twitter.com/sahadevision/status/1275950506469322752?s=21

त्यसपछि हामी इस्तानबुलमा ओर्लियौ। सुरुमा टिकट किन्दा एजेन्टसले ३ घन्टाको ट्रान्जिट भनेकोमा एयरपोर्टमा ओर्लदा करिब ७/८ घन्टाको ट्रान्जिट रहेछ।

ट्रान्जिटको क्रममा ह्विल चेयर प्रयोग गर्ने आमा-बाहरुलाई ह्विल चेयर चढ्न सहयोग गर्ने ईस्तानबुलका कर्मचारीहरुले $१० टिप्स भनेर ठाडै मागेका थिए।

ईस्तानईस्तानबुलमा कफी खाएर बिहान ६ बजे हामी न्युयोर्कको लागि जहाज चढ्यौं। काठमाण्डूबाट चढेको जहाज र यो जहाजमा खासै केही फरक पाईएन। उस्तै फोहर, उस्तै खाना र उस्तै ब्यबहार। यसमा पनि हामीले आफुसॅंग भएको चाउचाउ,बिस्कुट, दालमोठ,चकलेट बाढेर खायौं।

चार्टर फ्लाईटमा महंगो भाडा तिरेर आउदा तल्लो स्तरको सेबा दिएको देख्दा सबै यात्रुहरु दुखी देखिन्थे। कोरोनाको बहानामा चार्टर फ्लाईटमा चर्को भाडा लिएर दुख अप्ठ्यारोमा परेकालाई टर्किश एयरलाईन्सले कर्कश लाग्दो सेवा दियो। संबन्धित निकायलाई टर्किश एयनलाईन्स सम्म यो कुरा पुर्याउन र चार्टर फ्लाईटको नाममा लुट्ने काम बन्द गर्न म बिनम्र अनुरोध गर्दछु।

Open the Door!

Open the Door

By Sahadev Poudel

Hello Sir!

Please open the door!

I been waiting for years and years,

Carrying the heavy luggage of anxiety and fear,

From hill to desert,

From mountain to ocean,

Crossing all the barriers.

I been counting the stars for years

Watering your garden with my sweats

Planting my youth energy and fate

I drenched with night dew

I hit with a rainstorm

Burnt in the hot sun

Shrunk in the snow

For warm dream to come true

Please open the door!

I am not rebel or abductor

I am just an alien, a peaceful creature

I have arrived here with disquiet of nation

Taking the loan of home,

Without hurting you

I have collected happiness at my own

Following your ideology

I have forgotten my ideology

Rambling in your yards for years

I am becoming a stranger

Hello Sir!

For the respect of human being

Please open the door!