Monthly Archives: January 2013

कथा यात्रा भाग ७

न्यु योर्क वरिपरिको कथा।आफ्नै परिवेश,आफ्नै दुखेसो र आफ्नैहरुको कथा-कथा यात्रा भाग ७
सहदेव पौडेल
न्यु योर्क
……
समय बित्न कति नै पो लाग्दो रहेछ र !रुखका पातहरु हरिया भएको बेलामा न्यु योर्क ओर्लेका थिए बिन्दा र नन्दन र ओर्लेको ३ हप्तामै अआफ्नु कर्मको बाटो पछ्याउदै उनिहरु हिडी रहेछन र न्यु योर्कमा दौडने चौबिस घन्टे रेलगाडी जस्तो दौडी रहेछन|शहरमा मान्छेहरु निरन्तर त्यसरी नै दौडी रहेछन जस्तो हिजो दौडेका थिए तर पनि रुखका पातहरुले रंग फेरेका छन्,मन बिरानो जस्तो भएको छ|एकै राज्यमा भएर पनि फोनको भरमा माया प्रेमलाई जोगाउदै नन्दन र बिन्दा दुख सुख साटा साट गरी रहेछन|
यता निर्मलले आफ्नु मायालु जेनी संग बसो बास गर्न सुरु गरेको छ| त्यो मिठो सम्बन्धलाई उनीहरुले आज कोर्टमा गएर बैबाहिक जीबनमा परिणत गर्दै छ|यहि खुसीमा साथ् दिन नन्दन र बिन्दा कामबाट समय निकालेर न्यु योर्क शहर आइपुगेका छन्|बिहान १० बजे तिर कोर्टमा बिबाह दर्ता गरे पछी बिन्दा र नन्दनले जेनी र निर्मल दुबैलाई बधाई दिए|त्यस पछी दुवै जोडी फेरी भेटघाट गर्ने बाचा सहित छुट्टिए|

बिन्दा र नन्दन हड्सन नदीको किनारै किनार निकै बेर सम्म हिडी रहे|पर स्ट्याचु अफ लिबर्टी सधै झैँ स्वतन्त्र उभिरहेकी थिइन्|
तिन महिना सम्मको बिछोडको पीडालाई प्रेमले शान्त पार्दै थिए| दुबैलाई यो तिन महिनाको बसाई कतै जेलमा बसे जस्तो भो|दिनभरी आआफ्नु कामको दुख सुख आदान प्रदान गरे|काम गरेको तिन महिना भए पनि आफुले बल्ल तिन हप्ताको तलब मात्र बुझेको,छ सय दिन्छु भनेर सुरुमा भने पनि पछी घरमा बसेको ,यता उता खर्च काटेर चार सय मात्र दिएको र काम पनि रातीको मात्र भएकोले निकै गार्हो भएको दुखेसो पोख्यो नन्दनले|अब बाकी पैसा नउठे सम्म छाडेर हिड्न पनि नसक्ने र यसरी छुटिएर बसेर साध्य नहुने भन्दै अब यतै न्यु योर्क शहरमै फर्केर आउने र जे जस्तो काम पाउछ गर्ने भन्ने आफ्नु विचार सुनायो बिन्दालाई|जाडोको मौसममा अत्याधिक हिउँ पर्ने भएकोले बाहिर काम गर्न पनि निकै गार्हो हुने भएकोले पनि अब जाती सक्दो चाडो पैसा उठाएर हुन्छ की के गरेर हुन्छ अब संगै बस्ने आफ्नु योजना सुनायो नन्दनले|

20120623-222732 2

बिन्दाले भने त्यति आफ्नु दुखेसो सुनाईनन तर नन्दनले अब फर्केर संगै बस्ने भने पछी धेरै खुसी भने भईन्|आफुलाई साहुले पैसा समयमा दिए पनि काम भने बच्चा हेर्ने मात्र नभएर घरायसी सबै काम गर्नु पर्ने, बच्चाको होम वोर्क पनि गर्दिनु पर्ने आदि काम भएकोले निकै थाकिने र बच्चाको आमा बुबा दुवै आफ्नु काम देखि खुसी भएको कुरा सुनाइन्|तर यसरी छुट्टिएर बसेर राम्रो नगरेको, पैसा भन्ने बिस्तारै कमाइन्छ यसरी परदेशमा, एकै राज्यमा पनि छुट्टिएर बस्नु भनेको आफुले आफैलाई सजाय दिएको जस्तो भो त्यसैले हामी टाढाको काम छोडेर संगै जे जस्तो भेटिन्छ त्यहि गरौ भन्ने आफ्नु दुखेसो नन्दनलाई सुनाइन्|

यो तिन/चार महिनाको अबधिमा उनीहरुले शहरको बारेमा,कामको बारेमा धेरै कुरा बुझी सकेका छन्|अब आफुहरु जे गर्न पनि तयार भएको अनुभब भएको छ नन्दन र बिन्दालाई| दुख सुखको कुरा गर्दा गर्दै साँझ झिमिक्क परी हाल्यो|चाहेर पनि तिन महिना पछीको यो रात संगै बिताउन पाएनन् नन्दन र बिन्दाले|अझ कति सुख दुखको पोको फुकाउनु थियो होला त्यसै रह्यो|
साँझ फिर्ने बेलामा नन्दनले निर्मललाई फोन गर्यो र फेरी बधाई दियो|आफ्नु कामको अनुभब प्राय जसो निर्मललाई उसले सुनाइ राख्थ्यो र फेरी आफुहरु न्यु योर्क शहरमै फर्कने आफ्नु योजना सुनायो|पोर्ट अथुरिटि बस टर्मिनलमा छुटिने बेलामा बिन्दा यसपाली निकै रोईन|अंगालोमा निकै बेर नन्दनलाई बेरी राखिन| छुटिनु त छदै थियो ..अब चाडै यता कामको पैसा लिएर एक दुई महिना भित्र न्यु योर्कमा आफ्नु छुटै कोठा लिएर बस्ने बाचा गरेर आआफ्नु बसतिर लागे|

नन्दनलाई बेलुकी ८ बजे काममा पुग्नु नै थियो| बस पार्कमा ओर्ले पछी उ ट्याक्सी लिएर सिधै ग्यास स्टेसन पुग्यो|उसको मन आज अलि हलुका भएको थियो| साथीसंग अब साहु संग हिसाब किताब गरेर न्यु योर्क शहर नै फर्कने आफ्नु योजना सुनायो|साथी संग दुख सुखको गन्थन गर्दै काम गर्नु आफैमा एउटा रमाइलो पनि थियो तर आफ्नु मायालु संग छुट्टीएर बस्नुको पीडा कम्ति असह्य थियो|रातिको समयमा काम गर्नु, अनि फेरी आउदै गरेको हिउँ पर्ने मौषमको डर पनि बढ्दै गएको थियो|

यता बिन्दा पनि आठ बजे आफुले काम गर्ने घर पुगिन|उनलाई बसपार्क मै लिन उनको साहु आएका थिए|घर पुगेर आराम गर्दै नन्दनलाई आफु आइ पुगेको खबर सुनाईन र सानी बाबु संग खेल्दै टि.भी हेर्न लागिन|त्यति टिभी नहेर्ने बिन्दा आज भने आनन्द मानेर टिभी हेर्दै थिइन्|११ बज्यो च्यानल फोरमा एउटा ब्रेकिंग न्युज आयो| योंकरको प्रोस्पेक्ट स्ट्रीट नजिकै रहेको ग्यास स्टेसनमा गोलि चलेको र बन्दुक धारीले हानेको गोलि लागेर ग्यास स्टेसनमा ग्यास भर्दै गरेको अबस्थामा एक जनाको घटना स्थलमै मृत्यु भएको समाचार आयो|आत्तिदै उनले नन्दनलाई फोन गरिन तर नन्दनको फोन उठेन…निकै बेर गरिन अहं फोन उठ्दै उठेन|
…………..
बाकी भाग अर्को अंकमा

आज अमेरिकाको रास्ट्रपति बराक ओबामा दोश्रो कार्यकालको सपथ लिदै हुनुहुन्छ। करिब चार बर्ष जस्तो अगाडी पहिले पटक रास्ट्रपति निर्बाचित भए पछि मैले “ओबामा संग मेरो भेट” शिर्षकको यो लेख लेखेको थिए।यतिखेर म उहाको दोश्रो कार्यकालको सपथ हेर्दै यो लेख पुन:पढ्दै नपढ्नु भएकाहरुको लागि यहाँ “Share” गर्दै छु।

SAHADEVISION

ओबामासंगको मेरो भेट
सहदेब पौडेल

न्यूयोर्क

सन २००६ तिरकै कुरा हो ,अमेरिकाको राष्ट्रपति निर्वाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो वर्णको व्यक्ति निकै नै चर्चित थियो.टेलिभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोलि अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी राष्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो विदेशी साथीलाई सोधे.”यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ “?साथीले भन्यो “उ तिमी जस्तै हो”.मेरो साथीले बराक ओबामा “म जस्तै हो” भन्नुको अर्थ थियो युवा जोस जागर भएको ,
 
परिवर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको व्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन् ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका…

View original post 1,554 more words

ज्याक्सन हाइट्समा एकै छिन (Photo Blog)

ज्याक्सन हाइट्समा एकै छिन
सहदेव पौडेल
न्यु योर्क
ज्याक्सन हाइट्स (जसलाई आजभोली म नेपाल हाइट्स भन्ने गरेको छु)मा पुगे पछि समय बितेको पत्तै हुदैन।दिन प्रतिदिन बढ्दै गएको नेपाली रेस्टुरेन्ट र अन्य व्यवसायले वरिपरिका नेपालीहरुलाई झनै आफु तिर आकर्षित गर्दै छ यो “हाइट्स”। नुन चिया होस् वा मसला चिया,म म होस् कि ढिडो वा समे भाजी होस् कि थकाली थाली, ज्याक्सन हाइट्समा नेपाल संग सम्बन्धित हरेक कुराहरुले ” हाइट्स” लिदै छ ।

  प्रेम राजा महतको साथमा आङ्ग  छिरिङ्ग शेर्पा ,किशोर पन्थी र बिष्णु पौडेल IMG_0489

आफ्नु आइफोनमा मेरील्याण्ड राज्यका गभर्नर मार्टिन ओम’याली संगको फोटो देखाउदै महा बाणिज्य दुत प्रेमराजा महत।
IMG_0479

आईतबार एकै छिनको लागि भनेर म फेरी ज्याक्सन हाइट्स तिर लागे “Faces of Nepali New Yorker” (न्यु योर्कका नेपाली अनुहार)को लागि नेपाली अनुहार खोज्दै।भेट भो एभेरेष्ट टाइम्समा आङ्ग छिरिङ्ग शेर्पा र बिष्णु पौडेल र व्हाइट हिमालका किशोर पन्थी संग,साथमा हुनुहुदो रहेछ लोक गायक प्रेम राजा महत अथवा नेपाल सरकारको महा बाणिज्य दुत ।एकै छिन बसेर चिया कफी खाएर अगाडी बढे पछि भेट भो पप् गीतका राजा ओम बिक्रम बिष्ट ।साथमा हुनुहुन्थ्यो अर्का गायक द्वय राम श्रेष्ठ र हरिश माथेमा|

IMG_0657त्यसै बेलामा पुन:निर्माण हुदै गरेको शेर्पा किदुंगको नया भवन पनि अबलोकन गरियो।

IMG_0499

IMG_0520
त्यस पछि एक छिन फोटो सेसनको कार्यक्रम चल्यो|आङ्ग छिरिङ्ग शेर्पा र प्रेम राजा महत
IMG_0525

  प्रेम राजा महत रबिष्णु पौडेलIMG_0529
प्रेम राजा महत रकिशोर पन्थी IMG_0550

गायक द्वय  हरिश माथेमा रओमविक्रम बिष्ट IMG_0602

IMG_0607

IMG_0627
गायक राम श्रेष्ठ
 

IMG_0658
समुह फोटोमा कलाकार राज कपुर
IMG_0698

उहाहरु तिनै जनाको नाम प्रेम
IMG_0723

सुर्य थापा र आङ्ग छिरिङ्ग शेर्पा
त्यस पछि हामी “हाम्रो भिम्स क्याफे” मा आएर चिया पिउन लाग्यौ साथमा प्रेम दाई (प्रेम राजा महत) ले म म पनि खानै पर्छ भनेर माया देखाउनु भयो। चिया म म खाएर तल ओर्लियौ, अरु थप साथीहरु भेटिनु भो ,आइपुग्नु भो पत्रकार सुर्य थापा। फेरी एकछिन “Faces of Nepali New Yorker” (न्यु योर्कका नेपाली अनुहार) लिन थाले, बाटो पारीबाट बरिस्ठ अधिबक्ता खगेन्द्र क्षत्री मुसुक्क हास्दै आइपुग्नु भो। हामी सबै यतिखेर हामी सात आठ जना भै सकेका थियौ ,सडकको पेटीमै बसेर गफ गर्न थाल्यौ।
IMG_0737

बरिस्ठ अधिबक्ता खगेन्द्र छेत्री गायक प्रेम राजा महत

मलाई थाहा छ ,न्यु योर्कमा समय बिताउनु पर्यो भने ज्याक्सन हाइट्स जानु पर्छ ,एक पछि अर्को साथीभाई संग भेट गर्दा गर्दै रात पर्छ,अझै हिडीएन भने अरु आउछन जान्छन तर आफ्नु बसेको बस्यै भईन्छ।

IMG_0742

त्यसैले साथीहरु कुरा कानी मै अझै व्यस्त हुनुहुन्थ्यो म भने ल है फेरी भेटौला वा फोनमा कुरा कानी गरौला भन्दै आफ्नु बाटो लागे।

यसरि मेरो ज्याक्सन हाइट्स मा आइतबारको “एकै छिन” बित्यो।

NYC Subway TASBIRgraphy

Some TASBIRgraphy from NYC Subway.All taken by iPhone 4. Some photographs have Instagram filter and some has color correction.All photographs by Sahadev Poudel
NYC Subway is like art museum.
art
Some might consider like a library.
book
for some its good platform for business.
bussiness
Some people take it as a relax room.
drunk or tired
And for some its like bar.
drunk
NYC Subway is like a game room too.
gametime
Its concert hall for some musician.
music
I have to go to school after work ,let me take nap
nap
Senior Citizen
oldhand
Let’s wait and play
smartphone
Senior Citizen and the platform
waiting

NYC Subway Singer Singing a Song

Today,I met a talented lady inside a subway car.She said she is an actor and love doing karaoke.She saw camera in my hand and wanted to sing a song for me.She had a good voice and was reading “A Girl with Dragon Tattoo.”

There are lots of talented musicians and artists all over the NYC Subway and these are the few incomparable beauties of New York City.

><<<<>>><<><><><><<><><><>><><><><

I will be uploading video clips and pictures from around the New York City.I will share the story of city,life,people,NYC Subway,train,music ,audio,sound,color from Union Square to Central Park,Broadway to Times Square,Harlem to Queens,Jackson Heights to Flushing,Brooklyn to Manhattan,Queens to Staten Island,where ever I go I will bring something to share for everyone.
Be in touch for New York City-Everyday New Diary by Sahadev Poudel
visit http://www.nepaliradio.org
http://www.sahadevision.wordpress.com

New York City-Everyday New Diary

I will be uploading video clips and pictures from around the New York City.I will share the story of city,life,people,NYC Subway,train,music ,audio and sound from Union Square to Central Park,Broadway to Times Square,Harlem to Queens,Jackson Heights to Flushing,Brooklyn to Manhattan,Queens to Staten Island. Wherever I go I will bring something to share for everyone.
Be in touch for New York City-Everyday New Diary by Sahadev Poudel
visit http://www.nepaliradio.org
http://www.sahadevision.wordpress.com