Monthly Archives: August 2014

“रुकमाङ्गद कटवालको आत्मकथा”को आवरण समीक्षा

“रुकमाङ्गद कटवालको आत्मकथा”को आवरण समीक्षा

सेनापति रुक्माङ्गद कटवालको आत्मकथा त पढेको छैन तर केही समीक्षा, र पत्र पत्रिकाका प्रकाशित केही अंश सरसती हेरियो।भन्छन् “Don’t judge a book by its cover” तर यहाँ म त्यसै गर्दै छु -पुस्तकको आवरण हेरेर यो पुस्तक कस्तो होला आफ्नू विचार राख्दै छु।

आवरणमा विभिन्न आभूषणहरुले सजिएका रुकमाङ्गद कटवालको ठुलो छड्के तस्बिर छ। तस्बिर छड्के हुनु को अर्थ हुन्छ उनी आफ्नू शरीरको केही भाग लुकाई रहेका छन्। मलाई लाग्छ यो पुस्तकमा पनि “आत्मकथा” छड्के रूपमा प्रस्तुत भएको हुन् सक्छ। पूर्ण चित्र नहुन सक्छ।कुनै व्यक्ति अझै सेनापति, लेखक, कलाकार वा राजनैतिक व्यक्तित्वका आत्मकथामा पाठकहरू पूर्णकथा  खोज्छन।

सुसजित आभूषणहरुले उनी आफ्नू उन्नति र सफलतामा गर्व गर्छन् भन्ने बुझिन्छ र पाठकहरूलाई “हेर म कति सुशोभित छु” भनेर गर्वका साथ देखाएको जस्तो लाग्छ । सम्भबत: यो पुस्तक पनि उनका सफलताका कथाहरूको आभूषणहरुले भरिएको हुन् सक्छ।

र अर्को महत्वपूर्ण कुरा के हो भने उनका आखाँहरुले हाम्रा आँखाहरू हेरी रहेका छैनन्। यसको अर्थ के हुन्छ भने उनी हामी सँग आँखामा आँखा जुधाएर (Eye Contact) आफ्नू कथा सुनाइ रहेका छैनन्। यसलाई म कसरि पनि बुझ्छु भने जब हामी आँखामा आँखा जुधाएर बोल्दैनौ त्यहाँ केही लुकेको छ। म यो तस्बिरमा रुकमाङ्गद कटवालको “आत्म विश्वास” को कमी देख्छु -तस्बिर गौढ़ छ, ओठहरु बन्द छन र भन्नु पर्ने कुराहरु मन भित्रै रहे जस्तो लाग्छ।

त्यसपछि उनको नाम “रुकमाङ्गद कटवाल” ठुलो अक्षरमा लेखिएको छ। यसको अर्थ उनी आफ्नू नाममा पनि निकै गर्व गर्छन् र पाठकको आँखामा उनको नाम परोस भन्ने चाहन्छन।

Gen Rukmangad Katawal
“रुकमाङ्गद कटवालको आत्मकथा”को आवरण

अन्तमा सानो अक्षरमा कालो पृष्ठ भूमिमा “आत्मकथा” लेखिएको छ। जसलाई म यो पुस्तक भरि “आत्मकथा” चाही सानो स्वरूपमा छ भन्ने बुझ्छु अर्थात् अँध्यारोको जुनकिरी जस्तै।

समग्रमा यो “आत्मकथा”मा रुकमाङ्गद कटवालको आफ्नू बुझाई, आफूले गरेको सफल काम कारबाही र आफूले पाएको सफलतालाई कथ्य रूपमा पस्केका हुन् सक्छन् भन्ने मेरो बुझाई छ।

संसारका धेरै व्यक्तित्वहरुको आत्मकथाको आवरण हेर्नुस ती पुस्तकको आवरणले नै धेरै कुरा व्यक्त गर्छ र पुस्तक पढ़ौ पढौ पार्छ।
मलाई लाग्छ कहिले काही “we have to judge a book by its cover”

यति भनी सके पछि के म रुकमाङ्गद कटवालको आत्मकथा पढ़ौला त्? अवश्य पढ्छु।

के तपाईँले यो आत्मकथा पढ्नु भो? कस्तो लाग्यो? प्रतिक्रियामा लेख्नु होला। मैले भनेको कुरामा असहमति हुनहुन्छ भने आफ्नू विचार पनि थप्नु होला।

सहदेव पौडेल
न्यु योर्क

आफ्नो भारी आफै बोक्

एकदिन म दु:ख र पिर-चिन्ताको भव्य भारी बोकेर स्वां स्वां गर्दै जीवनको उकालो चढ्दै  थिए । एउटा कोही अपरिचित आएर मलाई अनेक थरी प्रश्न गर्न थाले । कहिले पारिवारिक प्रश्न सोध्छन, कहिले मेरो भारी बोक्न सहयोग गर्छु भन्छन्, कहिले के गर्छस, के छ भविष्यको योजना भन्छन्। उनका अनेक थरी प्रश्नहरूको बोझले  म झनै थाकें। म उक्त अपरिचितलाई वास्ता नगरी त्यहाँ बाट टाढा आफ्नै कुटीको छहारीमा पुगेर आफूलाई जमिनमा समर्पण गरे  र अनायास मुखबाट निस्क्यो :

 “हे भगवान् दुखीको घरमा मात्र तेरो बास हुने भए मलाई अझै दु:ख दे”

यति मेरो सुस्केराले के भनेको थियो। भित्र कतैबाट आवाज निस्क्यो-

“अघि तेरो पछि लागेर सहयोग गर्छु, के गर्नु पर्छ भन भन्दा वास्तै गरिनस अहिले फेरी मेरै नाम लिएर  बोलाउछस! सरि, अब आफ्नो भारी आफै बोक्”
………………

By Sahadev Poudel

New York 

 

Boston Teej 2014

Nepali cultural festival Teej celebration in Boston. Photographs by Bimal Nepal

BIMAL | PHOTO

हिजो, अगस्त १२ मा बोस्टन का दिदि-बहिनिहरु एउटा रमाइलो तीज पार्टी मा सहभागी भए. बोस्टन को प्रशिद्ध नेपाली रेस्टुराँ हिमालयन बिस्ट्रो को आयोजन र प्रायोजन मा भएको यो भोज तथा नाच पार्टी मा बिशेषत: बोस्टन वरपरका नेपाली र हिमालयन लायेंस क्लुब अफ न्यु इंगलैंड संग सम्बन्धित करिब ४० परिवार का चेली हरु को सहभागिता थियो. फोटो: बिमल नेपाल/ www.BimalNepal.comnepal_140812-0022nepal_140812-0025nepal_140812-0030nepal_140812-0031nepal_140812-0032nepal_140812-0033nepal_140812-0036nepal_140812-0038nepal_140812-0040nepal_140812-0060nepal_140812-0062nepal_140812-0075nepal_140812-0076nepal_140812-0084nepal_140812-0085nepal_140812-0086nepal_140812-0087nepal_140812-0093nepal_140812-0098nepal_140812-0103nepal_140812-0124nepal_140812-0126nepal_140812-0128nepal_140812-0131nepal_140812-0132nepal_140812-0144nepal_140812-0145nepal_140812-0167nepal_140812-0169nepal_140812-0171nepal_140812-0172nepal_140812-0173nepal_140812-0175nepal_140812-0176nepal_140812-0179nepal_140812-0180nepal_140812-0182nepal_140812-0183nepal_140812-0186nepal_140812-0191nepal_140812-0192nepal_140812-0194nepal_140812-0196nepal_140812-0199nepal_140812-0201nepal_140812-0208nepal_140812-0215nepal_140812-0225nepal_140812-0228nepal_140812-0231nepal_140812-0239nepal_140812-0240nepal_140812-0243nepal_140812-0254nepal_140812-0256nepal_140812-0258nepal_140812-7918nepal_140812-7925nepal_140812-7930nepal_140812-7933nepal_140812-7939nepal_140812-7942nepal_140812-7944nepal_140812-7951nepal_140812-7962nepal_140812-7978nepal_140812-7983

View original post

गाईजात्रे प्रश्न उत्तर

मैले न्यूयोर्कको नेपाली समाजलाई प्रहार गरिएको व्यंग बाण न्युयोर्क बाट प्रकाशित हुने आजको विश्व सन्देशमा पढ्न सक्नु हुन्छ तर मैले मेरा फेकबुकका पाठकहरूलाई ध्यानमा राखेर यो गाईजात्रे प्रश्न उत्तर तयार पारेको छु। यो प्रश्न उत्तर कसैको जीवनमा मेल खान गएमा त्यो संयोग मात्र हुने छ । यो प्रश्न उत्तरले कसैलाई चित्त दुखेमा हिजो बाधेको धागो खोलेर झुण्डिए पनि हुन्छ।

यदि यो प्रश्न उत्तर तपाई बसेको समाज, सहर र राज्यमा मिल्न गएमा यसलाई कपी पेस्ट गरेर आफ्नु नाममा प्रकाशित गरे हुन्छ। तर अहिलेलाई भने आउनुहोस न्यु योर्क बाट तयार पारिएको यो गाइजात्रे प्रश्न उत्तर पढ़ौ र जे जे मन लाग्छ गरौँ।

गाईजात्रे प्रश्न उत्तर

श्रीमती र श्रीमान पालैपालो संस्थाको अदक्षे र उपादेक्ष हुने कहाँ छन्?
न्यूयोर्कमा

NRN को पुरा रूप के हो?
New Rich Nepali

कुनै पनि कार्यक्रममा दर्शकनै नआउने कुन ठाँउमा हो?
न्यूयोर्कमा

बारम्बार प्रयोग गरिएको खादा लगाएर भ्यागुते सम्मान दिने र लिनेहरु कहाँ बस्छन?
न्यूयोर्कमा

समाचार भन्दा सेन्सेसन फैलाउने पत्र पत्रिका र वेबसाईट कहाँबाट प्रकाशन हुन्छ?
न्यूयोर्कबाट

बिहान बेलुकी ट्यक्सी चलाएर फुर्सदमा नेपाली हान सम्पर्क समितिबाट राजनीतिको राग अलाप्ने र आफूलाई समाजसेवीको उपमा दिन रुचाउनेहरु कहाँ बस्छन?
न्यूयोर्कमा

नेपालमा पोलिटीकल स्थिति राम्रो भएकोले कुन ठाँउको कुन पेशाकर्मीलाई पेट पाल्न धौ धौ भएको छ?
न्यूयोर्कका लायरहरु

पत्र पत्रिका वा वेबसाईटमा प्रकाशित समाचारमा आफ्नो फोटो वा नाम छुट्यो भनेर पत्रकार धम्काउने वरिष्ठ हानीकारहरु कहाँ बस्छन?
न्युयोर्कमा

नेपालीले नेपालीलाई ठग्ने, सके खाल्डोमा हाल्ने वा खुट्टा तान्ने भ्यागुतेहरु कहाँ बस्छन?
न्यूयोर्कमा

रक्तदान गरेर रक्तदान गरेको सर्टिफ़िकेट बोकेर खिसिक्क हासेर फ़ेसबुकमा फोटो टास्न कुन ठाँउका नेपालीहरू खप्पिस छन्?
न्यूयोर्कका

यो समाचार होइन सेन्सेसन हो

गाईजात्रे स्थानीय समाचार

यो समाचार होइन सेन्सेसन हो

– सहदेव पौडेल

यो समाचार र समाचारका सबै पात्रहरु काल्पनिक हुन् । यो समाचारले कसैको चित्त दुखेमा डाडुमा पानी तताएर डुबे पनि हुन्छ । आउनुहोस् न्युयोर्क नेपाली समुदायको यो साताको मुख्य समाचारको सुरुवात गरौं सीताराम स्वार्थीको स्वास्नीको जन्मदिनको समाचारबाटः

नेपाली समाजका समाजसेवी सीताराम स्वार्थीले आफ्नो स्वास्नीको जन्मदिनको उपलक्ष्यमा एउटा भव्य जन्मदिनको कार्यक्रम स्थानीय ज्याक्सन हाइट्सको रेस्टुरेन्टमा आयोजना गरे । कार्यक्रमका प्रमुख अतिथिहरूमा राजदूत, नेतादुतलगायत नेपाली समाज न्युयोर्कका सबै समाजसेवीको उपस्थिति थियो । कार्यक्रममा सबैलाई आशन ग्रहण गराउनुका साथै बारम्बार प्रयोग गरिएको खादा लगाएर नेपाली समाजमा माखो नमार्ने समाजसेवीहरुलाई सम्मान पनि गरिएको थियो ।

सबै दर्शक र सबै आयोजक

न्युयोर्कको एक संस्थाले आयोजना गरेको कार्यक्रममा २० जना दर्शकहरुको बाक्लो उपस्थिति थियो । अत्यन्तै सफलताको साथ सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैले नेपालको राजनीतिबारेमा आआप्mनो विचार राख्दै नेताहरूको आलोचना गर्दै देश बिगारे भनेर आरोप लगाएका थिए । कार्यक्रममा करिब २० जना जतिको सहभागिता थियो तर अचम्मलाग्दो कुरा के भने ती सबै वक्ताहरु कार्यक्रमका आयोजकहरु हुन् । कार्यक्रमका एक आयोजकले यो पंक्तिकारसँग अब न्युयोर्कमा हुने नेपाली कार्यक्रममा दर्शक आउन छाडेको बताए । बढ्दै गएको अव्यवस्थित कार्यक्रम, सबैलाई आशन ग्रहण गर्ने, कार्यक्रम समयमा सुरु नहुने अनि कुनै पनि नौलो कुरो नहुने र एउटै कुरो सधैं दोहोरिने हुँदा विभिन्न कार्यक्रमहरूमा दर्शक घटेको बताए ।

शीर्षक ठूला समाचार शून्य

समाजमा सनसनी फैलाउने सजिलो माध्ययम बनेको छ सञ्चार । पत्रपत्रिका होस् वा अनलाइन, भ्रामक शीर्षक राखेर कुनै समय काठमाडौंमा सुनिने सन्ध्याकालीन समाचारको झझल्को दिन थालेका छन् । समाचारभन्दा सनसनी फैलाएर समाचारलाई आफ्नो विषय बनाएर पत्रुकारको राम्रो उदाहरण दिएका छन् । जस्तो हालै प्रकाशित केही समाचारहरु यस्तो छः

श्रीमतीले पिटे श्रीमान् ’

न्युयोर्कको नेपाली समुदायमा समरको रमाइलोमा घुम्न गएका श्रीमान्–श्रीमतीले रमाइलो गर्दै श्रीमतीले श्रीमान्को गालामा हात राखेको फोटो फेसबुकमा राखेका थिए तर यहाँको एउटा पत्रिकाले श्रीमतीले पिटे श्रीमान् ! शीर्षकमा समाचार राखेर आफ्नो ध्यान तानेको थियो ।

अमेरिकामा नेपाली भोकभोकै ’

त्यसै गरी तीजको ब्रत बसिरहेका नेपाली दिदीबहिनीहरुको समाचारलाई अर्को एउटा पत्रिकाले ‘अमेरिकामा नेपाली भोकभोकै ‘शीर्षक राखेर अर्को सनसनी फैलाएको थियो ।
यस्ता थुप्रै समाचार शीर्षक राखेर नेपाली सञ्चारमाध्यमले नेपाली समुदायलाई भ्रम फैलाउन सफल भएका छन् ।

जाती पार्टी हाइट्स

भर्खरै न्यूयोर्कको ज्याक्सन हाइट्सबाट प्राप्त समाचारअनुसार त्यहाँ रहेका केही नातिपाति, राजनीतिक, जनजाति सङ्घसंस्थाहरुले ज्याक्सन हाइट्सको नाम बदलेर जाती पार्टी हाइट्स राख्ने भएका छन् ।

नेपाल वे

नेपालीहरूको बढ्दो आवादीलाई ध्यानमा राख्दै न्यूयोर्कका डेमोक्रेटिक मेयर विल दे बसियोले न्युयोर्क, कुइन्सका केही सडकहरुको नाम नेपालीकरण गर्ने भएका छन् । जसअनुसार ज्याक्सन हाइट्सवरपरका सडकहरुको नाम यस प्रकार हुनेछन्ः

हाल कल्पना चावला वे नामको सडक अबदेखि नेपाली वे हुनेछ । त्यसैगरी 72nd, 73rd, 74th, 75th, 76th सडकको नाम क्रमशः आदिवासी वे, बाहुन–क्षेत्री वे, जनसम्पर्क वे, प्रवासी मञ्च वे र राजावादी वे रहने भएको छ । त्यसैगरी नेपालीहरूको बाक्लो बस्ती रहेको रिजउड क्षेत्रको नाम ‘नेपाल जुट’ हुने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस्तो राम्रो अभियानमा कसले न्युयोर्क सिटीको कार्यालयको ध्यानाकर्षण गरायो भन्ने सबैतिर खुल्दुली बढेको छ । तर, यता न्युयोर्क सिटिका मेयरले नेपालका सबै जातिको नाममा सडकको नाम नजुराएकोमा केही नेपालीहरू रुष्ट भएका छन् । उनीहरूले मेयरको कार्यालय सिटी हल घेराउको कार्यक्रम गर्ने शाह थरका एक नेपालीले नाम नबताउने शर्तमा हामीलाई बताएका छन् ।

उक्त अभियानलाई न्यूयोर्कमा क्रियाशील ५० वटा संघसंस्थाले साथ दिने र थप नामकरण नगरे नेपाली ट्याक्सीचालक समूहले यातायात बन्द गर्ने भएका छन् । उता खुसी भएकाहरुले भने आआफ्नो क्षेत्रमा विजय जुलुस निकाल्ने तयारी गरेका छन् ।

न्यूयोर्कमा नेपाली साहित्य

न्यूयोर्कमा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थामा लेखनको विषयमा नभई पदको विषयमा झैझगडा भएकोले नेपाली साहित्य अन्तै पुगेको हो । लेखनमा भर्खरै पाइला चालेका वरिष्ठ साहित्यकारहरुले संस्थालाई पारिवारिक खुत्रुकेजस्तो बनाएर कहिले श्रीमान् र कहिले श्रीमती मिलेर संस्था चलाएकोले अमेरिकामा नेपाली साहित्यको विकास भैरहेको जानकारहरु बताउँछन् । साथै साहित्य लेखनमा भन्दा बारम्बार प्रयोग गरिएको खादा लगाउने होडबाजीले धेरैले लेख्न बिर्सेको र लेखे पनि सधैं हिमाल, देश, फूल र राजनेतालाई गाली गर्ने कविता लेखेर अन्तर्राष्ट्रिय साहित्य सृजना गरेका छन् ।

समाजसेवी नभनेकोमा रिस विज्ञप्ति

आफूलाई समाजसेवी नभनेको र मञ्चमा खादा नओडाएकाले एक नेपालीले गम्भीर आपत्ती जनाएका छन् । उनले फेसबुकमा रिस विज्ञप्ति सार्वजनिक गर्दै आप्mनो अपमान भएको र यसको खबर उनले तुरुन्तै नेपाल सरकार र आफू आबद्ध राजनीतिक पार्टीलाई गराएको बताएका छन् । तपाईं कस्तो समाज सेवामा आबद्ध हुनुहुन्छ भनेर सोध्दा उनले आफूले फेसबुकमार्फत हरेक दिन देशको चिन्ता व्यक्त गर्ने गरेको र समाजका प्रायः सबैलाई गाली गर्ने गरेर समाजसेवा गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भ्यागुते साहित्य समास

बुढो भ्यागुतोबाट सुरु भएको यो समासले सिकारु लेखकहरुलाई वरिष्ठ बनाउने, रमाइलो गाईजात्रे साहित्य कार्यक्रममा भ्यागुते साहित्यकारहरुलाई एउटा खाल्डोमा लेराउने, नेपालका भ्यागुते साहित्यकारलाई अन्तर्राष्ट्रिय साहित्य सम्मान गर्ने र यताका भ्यागुते साहित्यकारहरुलाई नेपालमा भएका भ्यागुते साहित्यकारहरुले बोलाएर राष्ट्रिय सम्मान गर्ने र वर्षभरि विभिन्न भाइभरौटे र कुरौटेलाई अमेरिका बोलाउने र नेपाली साहित्यलाई भ्यागुते शैलीमा विकास गराउने उद्देश्यले यो समासको स्थापना भएको हो ।

यो समासले नेपालमा सम्मान पाउन नसकेका भ्यागुते साहित्यकारहरुलाई उनीहरुकै खर्चपर्च, उनीहरुले नै बोकी आएको खादापादा र पुरस्कार सम्मान यहाँका धुपौरेहरुबाट लिएर अनलाइनका भेडे वेबसाइटमा फोटो र गुनगान छापेर फेसबुकमार्फत सबैलाई जानकारी दिने समासको अर्को एउटा महत्वपूर्ण कार्यक्रम पनि छ । यो सम्मान आलोपालो आफ्नो परिवार, साथीभाइ श्रीमान्श्रीमतीलाई मात्र दिइनेछ ।

इच्छुक भ्यागुते साहित्यकारहरुले तुरुन्तै आजीवन भ्यागुते सदस्यता लिए तुरुन्तै भ्यागुते सम्मानले आलाङ्कृत गरिने छ र भोलिदेखि नै सबै अनलाइनलाई वरिष्ठ लेख्न र कार्यक्रममा प्रमुख भ्यागुते अतिथि बनाउन पहल गरिनेछ ।

अन्तर्राष्ट्रिय फट्याङ्ग्रे नलेखक सस

अन्तर्राष्ट्रिय भ्यागुते साहित्य समासको प्रगति देख्न नसकेर केही फट्याङ्ग्रा लेखक र नलेखकको संयुक्त लगानीमा स्थापना भएको अन्तर्राष्ट्रिय फट्याङ्ग्रा नलेखक ससले समग्रमा भ्यागुते साहित्य समासको भ्यागुते कामको कपि र पेस्ट गर्नेछ । फट्याङ्ग्रा ससका कार्यकर्ता अलि चल्तापुर्जा भएकोले धेरैभन्दा धेरै प्रचारप्रसार गरेर, फेसबुकमा आफ्नो साहित्य लेखन प्रकाशन गरेर कसरी हुन्छ लाइक धेरै लिने प्रमुख उद्देश्य रहेको छ ।

यो ससको सदस्यता लिन फेसबुके लेखक भए पनि हुने वा अरुले लेखेको कपि पेस्ट गर्न जान्न सक्ने हुनु पर्नेछ ।

नेपाली संस्था परिचय

न्यु रिच नेपाली (एनआरएन)

अमेरिकामा बर्सेनी न्यु रिच नेपाली (एनआरएन) हरू बढिरहेका छन् । उनीहरूले हालै न्यु रिच नेपाली (एनआरएन) संस्था पनि जन्माएका छन् । नेपालमा विभिन्न राजनीति गर्दागर्दै अमेरिका आइपुगेका धेरैले आप्mनू राजनीति यात्रालाई फेसबुकमा निरन्तरता दिएका छन् भने कतिले नेपालबाट अमेरिका आउने नेतालाई स्वागत गर्दै बिताएका छन् । तिनै हर्ताकर्ताले झैझगडा गर्दै बनाएको न्यु रिच नेपाली (एनआरएन) संस्थामार्फत समाजसेवी बन्न र विभिन्न कार्यक्रममा खादा ओढ्न एनआरएनको प्रयोग गरिने एक न्यु रिच नेपालीका राजनीतिक कार्यकर्ताले बताएका छन् ।
+++++++++++++++++
यो सामग्री न्यु योर्क बाट प्रकाशित हुने साप्ताहिक पत्रिका विश्व सन्देश र यसको वेबपेज www.vishwanews.com मा प्रकाशित भैसकेको छ।