सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम सम्पन्न

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम संम्पन्न भएको छ|यो महिना आंग जान्ग्बू शेर्पाको एकल प्रस्तुति को साथमा अन्य १० सर्जकहरुले आआफ्नो रचनाहरु वाचन गर्नु भयो|रचना वाचन गर्नु हुनेहरुमा ज्योति पौडेल,शकुन ज्ञवाली,नर बहादुर दाहाल,सहदेव पौडेल,बिनोद रोका,पुनम काफ्ले,छिरिंग तोप्के,बिरेन्द्र लाबुंग (लिम्बु) र देबेन्द्र सम्बाहाम्फे हुनुहुन्थ्यो|
कबि,लेखक एबं चलचित्र कर्मी गगन बिरहीले यो महिनाको बिशेष कबि आंग जान्ग्बू शेर्पालाई खादा लागेर स्वागत गर्नु भएको थियो भने रंगकर्मी एब संगीत नाट्य एकेडेमीका प्राज्ञ हरिबहादुर थापाले कबि शेर्पालाई लेटर अफ एप्रिसियसन दिनु भएको थियो|
कार्यक्रमको संचालन बिनोद रोका र सहदेव पौडेलले गर्नु भएको थियो|

Leave a comment